२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तनहुँ - TNH

शुक्लागण्डकीमा अत्यावश्यकबाहेकका सेवा बन्द

७ माघ २०७८, शुक्रबार ०६:५५

माघ ७, दमौली | कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि तनहुँको शुक्लागण्डकी नगरपालिकाले अत्यावश्यकबाहेकका सेवा बन्द गर्ने निर्णय गरेको छ । नगरपालिकास्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बिहीबार बसेको बैठकको निर्णयअनुसार नगरपालिकाबाट हुने अत्यावश्यकबाहेकका सेवा अर्को निर्णय नभएसम्मका लागि बन्द गरिएको छ । 

कार्यालयमा कार्यरत १६  विभिन्न तहका कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएकाले कार्यालयको सेवा बन्द गर्ने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत लीलाबल्लभ न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार नगरपालिकामा तत्काल उपलब्ध कर्मचारीबाट आलोपालो प्रणालीमार्फत अत्यावश्यक सेवा प्रदान गरिनेछ ।

नगरपालिकाअन्तर्गतका वडा कार्यालय, सेवा केन्द्र र इकाइमा जनस्वास्थ्यका मापदण्ड पालना गरी सेवा प्रवाह सञ्चालन रहने उहाँले बताउनुभयो । जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको निर्णयअनुसार माघ ७ गतेदेखि सरकारी कार्यालयबाट प्राप्त हुने सेवा लिन जाँदा अनिवार्यरुपमा खोप कार्ड देखाउने व्यवस्था भएबमोजिम नगरपालिका र अन्तर्गतका वडा कार्यालय, सेवा केन्द्र र सेवा इकाइबाट सेवा लिन आउँदा अनिवार्य खोप कार्ड साथमै लिइ आउन नगरपालिकाले अनुरोध गरेको छ । 

शुक्लागण्डकी नगरपालिकाभित्र खोप नलगाएका व्यक्तिको खोज तथा पहिचान एवं खोप व्यवस्थापन गर्न सम्बन्धित वडा कार्यालय, टोल विकास संस्था महिला स्वयंसेविकासँग समन्वय गरी लगत तयार गर्न स्वास्थ्य शाखालाई निर्देशन दिइएको छ । 

नगरपालिकाले एन्टिजेन परीक्षणको नतिजा नेगेटिभ आएका व्यक्तिको पीसीआर परीक्षण प्रत्येक हप्ताको सोमबार खैरेनीटार स्वास्थ्यचौकीबाट सञ्चालन गर्ने र कोभिड–१९ को लक्षण भएका व्यक्तिको निःशुल्क एन्टिजेन परीक्षण प्रत्येक दिन खैरेनीटार स्वास्थ्यचौकीबाट सञ्चालन गर्ने निर्णय गरेको छ । 

कोभिडबाट सङ्क्रमितलाई स्वास्थ्यमा जटिलता देखिएमा थप उपचारको व्यवस्थापनका लागि जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्र तथा प्रादेशिक कोभिड अस्पतालसँग समन्वय तथा सहकार्य गर्ने, होम क्वारेन्टिन र होम आइसोलेसनमा रहेका व्यक्तिको स्वास्थ्य निगरानी तथा निजको स्वास्थ्यको अवस्थाका सम्बन्धमा रिपोर्टिङ तथा अनुगमन गर्न नगरपालिकाका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी सम्मिलित दु्रत प्रतिकार्य समूह गठन गरिएको छ । 

यसैगरी नगरपालिकाले वडा नं ४ मा रहेको खैरेनीटार स्वास्थ्यचौकीको दोस्रो तल्लामा पाँच शय्याको अस्थायी कोभिड अस्पताल सञ्चालन गर्ने निर्णय गरेको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान