२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

बागलुङका पाँच नाकामा स्वास्थ्य सहायता कक्ष

७ माघ २०७८, शुक्रबार ०७:३०

माघ ७, गलकोट | कोरोनाको तेस्रो लहरको सङ्क्रमण तीव्ररुपमा फैलिएको बागलुङमा स्वास्थ्य सुरक्षा अपनाउन थालिएको छ । कोरोनाका कारण घर फर्कनेको विवरण तयार गर्ने र स्वास्थ्य परीक्षण गर्नका लागि जिल्ला प्रवेश गर्ने पाँच नाकामा स्वास्थ्य सहायता कक्ष राखिएको छ ।  

कोरोनाको पहिलो र दोस्रो लहरमा समेत स्थापना गरेको स्वास्थ्य सहायता कक्षलाई पुनः सक्रिय पारिएको हो । जिल्लाको सीमा नाकामा कडाइ गरिएको छ । अन्तरजिल्ला आवतजावत खुल्ला भएको, छिमेकी मित्रराष्ट्र भारत तथा तेस्रो मुलुकबाट र देशका मुख्य सहरबाट जिल्लाभित्र प्रवेश गर्ने व्यक्तिको सङ्ख्यामा वृद्धि भएको अवस्थामा नाकामा स्वास्थ्य सहायता कक्ष स्थापनाका साथै कडाइ गर्न सुरक्षा निकायलाई निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी रेशम ढकालले जानकारी दिनुभयो । 

बागलुङ नगरपालिका–१ मालढुङ्गा, बडिगाडको खर्बाङ, जैमिनीको छिस्ती, बरेङ र निसीको भलकोट नाकामा स्थानीय तहको समन्वयमा स्वास्थ्य परीक्षण र विवरण सङ्कलन गर्न लागिएको छ । जिल्लामा अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या २५० पुगेको स्वास्थ्य कार्यालयका कोरोना स्रोत व्यक्ति देवप्रकाश घिमिरेले जानकारी दिनुभयो ।

पछिल्ला पाँच दिनमा सङ्क्रमितको सङ्ख्या १४ बाट बढेर २५० पुगेको छ । ‘अहिले तपाईको मास्क खोई ?’ अभियानलगायत चेतनामूलक कार्यक्रम गर्न थालिएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली