२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

लम्जुङ्ग - LMG

मध्यमस्र्याङ्दीमा विद्युत् उत्पादन घट्यो

७ माघ २०७८, शुक्रबार ०८:२७

माघ ७, लमजुङ | जलविद्युत् आयोजनाको ‘हब’ बन्दै गरेको लमजुङमा रहेको ७० मेगावाट क्षमताको मध्यमस्र्याङ्दी जलविद्युत् आयोजनाको बिजुली उत्पादन घट्न थालेको छ । 

हिउ नपग्लिएका कारण मस्र्याङ्दी नदीमा पानीको बहाव  कम भएको छ । योसँगै विद्युत् उत्पादन कम हुँदै जान थालेको छ । हालसम्म ३० मेगावाट बिजुली उत्पादन घटेको आयोजनाका प्रमुख पवन बस्नेतले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “पुस लागेसँगै आयोजनाको विद्युत् घट्दै हाल ३८ देखि ४० मेगावाटसम्म बिजुली उत्पादन हुने गरेको छ । चैत अन्तिमसम्म उत्पादन घट्दै जान्छ, वैशाख लागेपछि मात्र उत्पादन बढ्ने देखिन्छ ।”   

बँेसीशहर नगरपालिका–१ दलालस्थित जिल्लाकै पहिलो तथा ठूलो ७० मेगावाट क्षमताको उक्त आयोजनामा विगतका वर्षमा विद्युत् उत्पादन घटेर २६ मेगावाटसम्म पुग्ने गरेको थियो । सन् २००० मा निर्माण सुरु भई सन् २००८ मा सम्पन्न भएसँगै आयोजनाबाट विद्युत् उत्पादन गरिएको हो । कूल रु २७ अर्ब २० करोडको लागतमा आयोजना निर्माण भएको हो ।  

जिल्लाका अन्य जलविद्युत् आयोजनामा समेत पानीको बहाव कम हुँदा विद्युत् उत्पादन घट्न थालेको छ । पाँच मेगावाटको सिउरी, चार दशमलव चार मेगावाटको राँधी, तीन मेगावाटको मिदिम करापु र दुई मेगावाटको छ्याङ्दीलगायत  आयोजनामा बिजुली उत्पादन कम हुादै गएको छ ।  

मस्र्याङ्दी गाउँपालिका–६ र ७ स्थित ५० मेवागाट क्षमताको माथिल्लो मस्र्याङ्दी ‘ए’ जलविद्युत् आयोजनामा भने गत असारमा गएको बाढी पहिराले बाँधस्थलमा क्षति पुर्याएपछि विद्युत् उत्पादन बन्द छ । आयोजनाका दुईवटै टर्वाइन फेर्ने, अन्य संरचना निर्माणलगायत कार्य जारी रहेको आयोजनाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य