२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

खोप कार्ड हरायो अब के गर्ने ?

२०७८, ७ माघ शुक्रबार ०९:३८

माघ ७, काठमाडौँ | सरकारले शुक्रबारदेखि सार्वजनिक स्थानमा जाँदा कोरोनाविरुद्धको खोप लगाएको प्रमाणस्वरुप खोप कार्ड अनिवार्य देखाउनुपर्ने व्यवस्था गरेको छ । सबै मन्त्रालयसहित सरकारी कार्यालय र सार्वजनिक स्थानमा छिर्न अनिवार्य खोप कार्ड देखाउनुपर्ने व्यवस्था गरिएपनि कार्ड हराएकाहरु भने समस्यामा परेका छन् ।

पुनः खोप कार्ड बनाउने प्रक्रिया अस्पष्ट र झन्झटिलो हुँदा कार्ड हराएकाहरुले मर्कामा परेको गुनासो गरेका छन् । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको खोप कार्ड हराएमा कसरी प्रतिलिपि लिने ? भन्ने बारेमा सूचना जारी गरेको थियो । जसमा दुवै डोज खोप लगाएकाले दोस्रो मात्रा लगाएको खोप केन्द्र र स्वास्थ्य संस्था भएको पालिकाको स्वास्थ्य शाखामा गएर लिन सकिने उल्लेख गरेको छ । त्यस्तै, जोन्सन एण्ड जोन्सन खोप लगाएकाहरुले सोही केन्द्र वा खोप लगाएको स्वास्थ्य संस्था भएको पालिकाको स्वास्थ्य शाखाबाट प्रतिलिपि लिन सकिने मन्त्रालयको सूचनामा उल्लेख थियो । तर मन्त्रालयले भनेअनुसार खोप कार्डको प्रतिलिपि बनाउन नसकिएको गुनासो आउने गरेको छ ।

काठमाडौं चावहिलका ६२ वर्षीय कविप्रसाद प्याकुरेलले पहिलो डोज त्यहींको स्थानीय विद्यालयमा लगाए । दोस्रो डोज चावहिलकै ओम अस्पतालमा लगाए । दुवै डोज खोप लगाएपछि उनको कार्ड हरायो । अहिले सार्वजनिक स्थानमा खोप कार्ड अनिवार्य गरेपछि कार्डको प्रतिलिपि लिन खोज्दा सरकारी कार्यालयले अर्काे कार्यालयलाई देखाएर पन्छिने कोशिश मात्रै गरिरहेका छन् ।

प्याकुरेल भन्छन्, ‘स्वास्थ्य मन्त्रालयले दोस्रो डोज खोप लगाएको केन्द्रबाट लिन सकिने भन्यो, त्यही अनुसार म ओम अस्पताल गएँ । मसँग खोप लगाएको मिति लगायत सबै विवरण थाहा छ, तर अब कसरी कार्ड पाउने ?’ प्याकुरेलका अनुसार ओम अस्पतालले विवरण छैन भनेर वडा कार्यालयमा जान सुझाव दियो, वडा कार्यालयले जिल्ला स्वास्थ्य कार्यालय टेकुमा जान भन्यो । स्वास्थ्य कार्यालयले आफूसँग रेकर्ड नभएको भन्दै फेरि दोस्रो डोज खोप लगाएको केन्द्रमा गएर विवरण लिन सुझाव दिएपछि उनी अन्ततः हार मानेर बसेका छन् ।

त्यस्तै, इटहरीका ३७ वर्षीय प्रेम रिजालले पनि काठमाडौंको मीनभवनस्थित सिभिल अस्पतालमा पहिलो डोज र प्रसूतिगृहमा दोस्रो डोज खोप लगाए । दुई डोज खोप लगाएपछि उनको पनि खोप कार्ड हरायो । अहिले कार्ड अनिवार्य गरेपछि उनी नयाँ कार्ड बनाउने चक्करमा हिँड्न थालेका छन् । तर उनले पनि प्याकुरेलको जस्तै कार्डको प्रतिलिपि बनाउन सकेनन् ।

जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंमा अहिले दैनिक दजनौं खोप कार्ड हराएकाहरु कार्डको प्रतिलिपि बनाउन आउने गरेका छन् । तर आफूसँग सबै खोपकर्ताको तथ्यांक नभएकाले सबैलाई कार्ड बनाइदिन सम्भव नभएको कार्यालयका अधिकारीहरु बताउँछन् । कार्यालय प्रमुख शम्भु काफ्लेले पहिले खोप लगाएको प्रमाण नभई प्रतिलिपि बनाइदिन नमिल्ने भएकाले धेरैलाई खाली हात पठाउनु परेको बताउँछन् । अनलाइनखबरसँगको कुराकानीमा उनले भने, ‘दैनिक दर्जनौं कार्ड बनाइदिन भन्दै आउँछन्, हामीसँग सिभिल, टेकु, वीर लगायत केही सरकारी अस्पतालमा खोप लगाउनेको मात्रै विवरण छ, त्यो विवरण पुस्तिकामा उहाँहरुलाई नाम खोज्न भन्छौं, भेटियो भने बनाइदिन्छौं अन्यथा त्यसै फर्कनुपर्ने बाध्यता छ ।’ तर दोस्रो डोज अन्य अस्पताल वा अरु खोप केन्द्रमा लगाएकाहरुको भने प्रतिलिपि दिन नसकिएको उनी बताउँछन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन