५ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दुबईमा भिजिट भिसामा गएर काम गरे ३ महिना जेल र १० हजार दिराम जरिवाना

७ माघ २०७८, शुक्रबार १०:३२

माघ ७, काठमाडौँ | पछिल्लो समय यूएईले भिजिट भिसा त्यहाँ पुगेका विदेशी नागरिकहरूलाई काम गर्न नपाउने नयाँ नियम ल्याएको छ । अन्य देशबाट भिजिट भिसामा त्यहाँ पुगेका विदेशी नागरिकहरूले काम गरेको भेटिएमा ३ महिना जेल र १० हजार दिराम जरिवाना हुने भएको छ।

यूएईमा विदेशी नागरिकहरूले विना ‘वर्क परमिट’ काम गर्ने पाउने छैनन् । विना ‘वर्क परमिट’ काम गर्नु यहाँको श्रम कानुनको गम्भीर उल्लङ्घन हो दुबई पब्लिक प्रोसिक्युसनलाई उद्धृत गर्दै गल्फ न्यूजले लेखेको छ ।

यदि कामको अनुमति नलिई विदेशी नागरिकहरूले काम गरेको भेटिएमा ३ महिना जेल र १० हजार दिराम जरिवाना हुनेछ । यसबाहेक अदालतले देश निकालाको आदेश पनि दिन सक्ने जनाएको छ ।

यूएईमा भिजिट भिसामा प्रवेश गरेर काम गर्न चाहने प्रत्येक विदेशीले सम्बन्धित निकायबाट अनिवार्य अनुमति लिनुपर्नेछ। निजी क्षेत्रका लागि वर्क अनुमति मानव संसाधन र एमिरेटाइजेसन मन्त्रालयले जारी गर्ने बताइएको छ।यसैगरी, सार्वजनिक क्षेत्र सरकारी मानव संसाधनका लागि संघीय प्राधिकरणले जिम्मेवारी लिएको उल्लेख गरिएको छ। पछिल्लो समय आकर्षक रोजगारीको प्रलोभनमा पारेर नेपालमा विभिन्न दलालमार्फत दुबई पुगेर अलपत्र पर्ने नेपाली युवाहरुको संख्या ठूलो रहेको छ ।

यसघि नै अबुधाबीस्थित नेपाली दूतावासले पनि भिजिट भिसामा आएका नेपालीहरू अलपत्र पर्ने क्रम बढेको जनाउँदै भिजिट भिसामा कामका लागि नआउन आग्रह गरेको थियो ।

भिजिट भिसामा आएर काम नपाएमा वा भनेनुसारको नभए सम्बन्धित कम्पनी वा अन्य जिम्मेवार निकायलाई कारबाही गर्न समेत नसकिने दूतावासले जनाएको छ ।

भिजिट भिसामा ल्याउनेहरूले ठगी गर्ने, ल्याएर अलपत्र छाड्ने, नेपाल सरकारले रोजगारीका लागि प्रतिबन्ध लगाएका मुलुकहरूमा लैजाने तथा मानव तस्करहरूको सञ्जालमा समेत पार्न सक्ने दूतावासले जनाएको छ ।

यसअघि दूतावासले भिजिट भिसामा आएर अलपत्र परेकाहरुलाई सहयोग गर्न नसक्ने बताइसकेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाललाई डिजिटल मार्गमा अगाडि बढाउने गरी काम गरिरहेका छौँ: मन्त्री खरेल सिंहदरबार धाइरहेका सहिदका बुबा भन्नुहुन्छः छोराको बलिदान खेर नजाओस् नेकपालाई बहुमत दिनुस्, जनअपेक्षा पूरा गर्छौँ ः सहसंयोजक नेपाल युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी निर्वाचनमा होमिने जनता र राजनीतिक दलको चाहना छः संयोजक दाहाल मुलुकलाई राजनीतिक निकास दिन एमाले अझ क्रियाशील हुने अपेक्षा रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु रवि लामिछानेले देश निर्माणका लागि जुनसुकै त्याग गर्न तयार रहेको बताए मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान समयमा काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता तोडिन्छः मन्त्री घिसिङ पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा पूर्वराष्ट्रपति भण्डारीद्वारा एमाले नेतृत्वलाई बधाइ जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो गरोस् राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने