२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

आगो तापेर सुत्दा निसासिएर शिशुको मृत्यु

९ माघ २०७८, आईतवार ०८:१३

माघ ९, भक्तपुर | कोठाभित्र आगो तापेर सुत्दा यहाँ आज एक शिशुको मृत्यु भएको छ भने दुई जना अचेत भएका छन् । 

सूर्यविनायक नगरपालिका–४ दधिकोट गाम्चास्थित भावना थापाको जस्ताले छाएको घरमा डेरा गरी बस्दै आएका रामेछापको मन्थली नगरपालिका घर भएका ३० वर्षीय अभिषेक रम्तेलका तीन महिनाका छोराको मृत्यु भएको महानगरीय प्रहरी वृत्त थिमिका प्रमुख एवं प्रहरी नायब उपरीक्षक नरहरि रेग्मीले जानकारी दिनुभयो ।

जाडो बढेपछि शनिबार बेलुका खाना खाएर आगो बलिरहेको कोइला कोठामै राखेर सुतेकामा बिहान अबेरसम्म पनि नउठेपछि स्थानीय र प्रहरीले ढोका फुटाएर अचेत अवस्थामा तीन जनालाई उपचारका लागि मध्यपुर अस्पताल लगेको उहाँले जानकारी दिनुभयो ।

शिशुको अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको र अभिषेक तथा उहाँकी श्रीमती २८ वर्षीया पसुना तामाङको उपचार भइरहेको र उनीहरुको अवस्था गम्भीर रहेको चिकित्सकले बताएको उहाँले जानकारी दिनुभयो ।

प्रहरी नायब उपरीक्षक रेग्मीले भन्नुभयो, “गाउँको घर जस्तो होइन, सहरका घरमा ढोका र झ्याल लगाएपछि बाहिरबाट हावा ओहोरदोहोर गर्ने ठाउँ नै हुँदैन, यस्तो अवस्थामा आगो तापेर कोठामा सुत्दा अक्सिजन सकिएर स्वास फेर्न नसकेर ज्यान जान्छ, यस्तो मामिलामा सबैले सचेत भएर कोठाभित्र रातभरि आगो र हिटर बालेर सुत्नु हँुदैन, यो घटना पनि यसैको परिणाम हो ।”

त्यसैगरी आजै चाँगुनारायण नगरपालिका–१ दुवाकोट बेँसीस्थित रमेश बुढाथोकीको जस्ताको टहरामा झुण्डिएर मृत्यु भएको अवस्थामा एक पूर्वसैनिकको मृत्यु भएको छ । सोलुखुम्बु लिखुपिके गाउँपालिका घर भई हाल दुवाकोटमा बस्दै आएका ३५ वर्षीय मोहन बस्नेतको मृत्यु भएको र दुवै घटनाको अनुसन्धान टोली बनाएर प्रहरीले अनुसन्धान सुरु गरेको प्रहरी उपरीक्षक रेग्मीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण