2026-06-14

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

‘प्रदेश लोकसेवा आयोगको निष्पक्ष कार्यले विश्वनियता कायम’

माघ ९, मोरङ | प्रदेश नं १ का प्रदेश प्रमुख परशुराम खापुङले प्रदेश लोकसेवा आयोगले निष्पक्ष रुपमा कार्यसम्पादन गर्दा जनतामा यसले विश्वसनीयता कायम गरेको बताउनुभएको छ ।
प्रदेश लोक आयोगको दोस्रो वार्षिकात्सवको उपलक्ष्यमा आयोजित कार्यक्रमको आज यहाँ उद्घाटन गर्दै उहाँले निष्पक्ष, दक्ष, इमान्दार, समक्ष कर्मचारी उत्पादन गरेमा सार्वजनिक प्रशासनमा सबैको विश्वास आर्जन सफल हुने बताउनुभयो । उहाँले प्रदेश सरकारले आगामी दिनमा आयोगको आन्तरिक कार्य सञ्चालनमा रहेको समस्या समाधान गर्न सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले आयोगले आफ्नो कार्य समस्यारहित ढङ्गले छिटो छरितोरुपमा सम्पादन गर्नुपर्नेमा जोड दिनुभयो । 
प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले  आयोगलाई जनमुखी, विश्वसनीय र समक्ष बनाउन आवश्यक सहयोग गर्ने बताउनुभयो । उहाँले जनशक्ति, कानुन र पूर्वाधार अभावबीच आफ्नो दायित्व सफलतापूर्वक सम्पन्न गरकोमा आयोग धन्यवादको पात्र रहेको उल्लेख गर्नुभयो । मुख्यमन्त्री राईले आयोगले  विवादरहित ढङ्गले दत्तचित्त भएर कार्यमा लाग्नुपर्नेमा जोड दिँदै स्वास्थ्यलगाय अन्य आवश्यक जनशक्ति नियुक्त गर्ने सम्बन्धमा बाधा फुकाउन सरकारले अध्ययन गरिरहको जानकारी गराउनुभयो ।
उहाँले सङ्घको निजामती ऐन जारी नभए पनि प्रदेश निजामती ऐनमार्फत के कसरी आवश्यक कर्मचारी पदपूर्ति गर्ने सम्बन्धमा आवश्यक सुझाव दिन आग्रह गर्नुभयो । मुख्यमन्त्री राईले सङ्घीय सरकारले  अनुदानको बजेट रकम अत्यन्त कम, राजस्व सङ्कलन सीमित दायराको कारणले सरकारले अपेक्षित रुपमा आफ्नो दायित्व पूरा गर्न नसकेकामा गुनासो व्यक्त गर्नुभयो ।प्रदेश लोकसेवा आयोगका अध्यक्ष उत्तमकुमार भट्टराईले सङ्घीय सरकारको समायोजन ऐनलाई टेकेर खाली भएका माग अनुसार कर्मचारी पदपूर्ति गर्न सकिने धारणा राख्नुभयो । प्रदेश लोकसेवा आयोगका सचिव यज्ञराज कोइराला र सदस्य सजना दाहालले भौगोलिक दूरीका कारण आयोग उत्तीर्णहरुले नियुक्ति लिन नआएकालाई प्राथमिकता दिनुपर्ने, परीक्षामा अनियमितता गर्नेलाई कालो सूचीमा राखी सबै प्रदेशको आयोगको परीक्षामा रोक लगाउनुपर्ने र प्रदेशका स्थानीय निकायले लोकसेवा आयोग तयारी कक्षा सञ्चालन गर्नुपर्ने जस्ता सुझाव दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक