२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

लागु औषध सहित दुई युवा पक्राउ

१० माघ २०७८, सोमबार ०५:२८

माघ १०, कर्णाली | जिल्ला प्रहरी कार्यालय सुर्खेतले वीरेन्द्रनगर नगरपालिका –६ शनिहल लाइनस्थित एस.के.मोबाइल मर्मत केन्द्रबाट लागु औषध बरामद गरेको छ । ब्राउन सुगरको कारोवार गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा लागु औषध नियन्त्रण ब्यूरो शाखा कार्यालयबाट खटिएको टोलीले आइतबार लागु औषधसहित मोबाइल मर्मत केन्द्रका सञ्चालक २७ वर्षीय सुनिल खत्रीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिनुभयो । 

प्रहरीले खत्रीलाई पक्राउ गर्नुका साथै उनीबाट १४० मिलिग्राम ब्राउन सुगर र  एक थान स्क्रीनटच मोबाइल बरामद गरेको प्रहरी नायब उपरीक्षक घर्तीले बताउनुभयो ।यसैगरी प्रहरीले वीरेन्द्रनगर नगरपालिका ८ सुर्खेत कुईनेपानी जंगलमा अवैध लागुऔषध ब्राउन सुगर कारोबार गर्दै गरेका अवस्थामा आइतबार  युवालाई पनि पक्राउ गरेको छ । उहाँका अनुसार ब्राउन सुगर जस्तो देखिने दुई क्वार्टर खैरो धुलो पदार्थसहित तिला गाँउपालिका ५ जुम्ला निवासी २६ वर्षीय दीपक बुढालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका दुवैजनाको हिरासत कक्ष राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने