२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

सार्वजनिक सेवा प्रभावित

१० माघ २०७८, सोमबार ०७:०५

माघ १०, बागलुङ | कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन समुदायमा फैलिएसँगै सार्वजनिक सेवा प्रभावित हुन थालेका छन् । सेवाग्राहीको भीडभाड हुने सरकारी कार्यालयमा सङ्क्रमणको जोखिम तीव्र छ । बढ्दो सङ्क्रमणलाई हेरेर सार्वजनिक निकायले सेवा कटौतीदेखि स्वास्थ्य सुरक्षा मापदण्डमा कडाइ गरेका छन् ।

मालपोत कार्यालयले आइतबारदेखि लागू हुने गरी अत्यावश्यकबाहेक नियमित सेवा प्रवाहलाई स्थगन गरेको छ । चार जना कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएको र अन्य कर्मचारीमा पनि मिल्दाजुल्दा लक्षण देखिएर घरमै एकान्तबासमा बसेकाले कार्यालय सञ्चालनमा कठिनाइ उत्पन्न भएको मालपोत अधिकृत देवेन्द्रबहादुर थापाले बताउनुभयो ।

अर्को सूचना नआइञ्जेलसम्मलाई कार्यालयको सेवा प्रवाह स्थगन गरिएको उहाँले जनाउनुभयो । मालपोत सेवाग्राहीको बढी भीड लाग्ने कार्यालय हो । सेवा रोकिएपछि बेलैमा सेवा लिनबाट सर्वसाधारण वञ्चित हुने स्थिति सिर्जना भएको छ । मालपोतको सेवा लिन दूरदराजदेखि सर्वसाधारण सदरमुकाम आउँछन् । यातायात व्यवस्था कार्यालयले पनि कोरोना महामारीको नयाँ लहर आएपछि सवारी चालक अनुमतिपत्रका लागि प्रयोगात्मक परीक्षा लिन सकेको छैन । कार्यालय प्रमुख पारसिंह थापाले अन्य सेवा प्रवाहमा पनि स्वास्थ्य सुरक्षाका मापदण्ड पालनामा ध्यान दिइएको बताउनुभयो । 

“लाइसेन्सको ट्रायलमा बढी भीडभाड हुने र व्यवस्थापनमा चुनौती देखिएपछि अहिले त्यसको परीक्षा हुन सकिरहेको छैन”, उहाँले भन्नुभयो, “अरु नियमित सेवा लिन आउने सेवाग्राहीको पनि अहिले कार्यालयमा चाप कम छ ।” उहाँले रोकिएको ट्रायल परीक्षाबारे सरोकार भएका पक्षसँगको छलफलपछि थप निर्णय लिइने बताउनुभयो । सेवाग्राही बढी आउने जिल्ला प्रशासन, नापीलगायतका कार्यालयमा सङ्क्रमणको जोखिम उच्च छ । कतिपय सार्वजनिक क्षेत्रमा जनस्वास्थ्य मापदण्डको पालनामा हेलचेक्राइँ भएको देखिन्छ । सार्वजनिक सेवा प्रवाहलाई व्यवस्थित र सुरक्षित बनाउन जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रले नयाँ नियम बनाएको छ ।

बढ्दो सङ्क्रमणलाई दृष्टिगत गरी जिल्ला प्रशासन, मालपोत र नापी कार्यालयले अबदेखि स्थानीय तहअनुसार दिन बाँडेर सेवा दिने भएका छन् । आइतबार÷सोमबार बागलुङ नगरपालिका र काठेखोला गाउँपालिका, मङ्गलबार÷बुधबार गलकोट नगरपालिका र ताराखोला गाउँपालिका, बिहीबार÷शुक्रबार जैमिनी नगरपालिका र बरेङ गाउँपालिकाका सेवाग्राहीलाई सेवा दिइने भएको छ । 

यस्तै बुर्तिबाङमा रहेको इलाका प्रशासन, मालपोत र नापी कार्यालयले आइतबार÷सोमबार ढोरपाटन नगरपालिका, मङ्गलबार/बुधबार निसीखोला गाउँपालिका, बिहीबार÷शुक्रबार बडिगाड र तमानखोला गाउँपालिकाका सेवाग्राहीलाई सेवा दिनेछ ।

तालिकामा उल्लेख गरिएकाबाहेक अन्य स्थानीय तहका सेवाग्राहीलाई सबै दिन सेवा दिने निर्णय भएको केन्द्रले जनाएको छ । केन्द्रको सिफारिस र जिल्ला सुरक्षा समितिको निर्णयका आधारमा प्रमुख जिल्ला अधिकारी रमेश ढकालले आज जारी गरेको आदेशमा सो कुरा उल्लेख छ । 

प्रजिअ ढकालका अनुसार महामारीसँग जुध्न सोमबार मध्यरातदेखि लागू हुने गरी थप नियम र मापदण्ड तोकिएको हो । मानिस भेला भएर गरिने सबैखाले कार्यक्रम, सभा, सम्मेलन माघ मसान्तसम्म गर्न नपाइने भएको छ । धार्मिकस्थलमा नित्य पूजापाठ मात्र गर्न पाइने नियम तोकिएको छ । यस्तै बैंक तथा वित्तीय संस्थासहित सबै सार्वजनिक निकायबाट सेवा लिन  १८ वर्ष उमेर पुगेका व्यक्तिलाई खोप कार्ड अनिवार्य गरिएको छ ।

विवाह, व्रतबन्ध, धार्मिक तथा सांस्कृतिक जात्रा, अनुष्ठान आदिमा पनि २५ भन्दा बढी सहभागी हुन नपाइने गरी मापदण्ड तोकिएको छ । होटल तथा रेष्टुराँमा पनि मङ्गलबारदेखि खोपको पूर्ण मात्रा लगाएका सेवाग्राहीले खोप कार्डका आधारमा मात्र सेवा लिन पाउनेछन् । स्वास्थ्य कार्यालयको आँकडा अनुसार जिल्लामा हाल ३३९ जना कोरोनाका सक्रिय सङ्क्रमित छन् । पछिल्ला दिनमा दैनिक सङ्क्रमितको सङ्ख्या बढ्दो छ । आइतबार मात्र ३६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयका कोभिड–१९ स्रोत व्यक्ति देवप्रकाश घिमिरेले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह