२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

प्रदेश नं. १ मा प्रहरीद्वारा रु १९ करोड बढी राजस्व सङ्कलन

१० माघ २०७८, सोमबार ०७:१६

माघ १०, झापा |आर्थिक वर्ष २०७८/०७९ मा प्रदेश नम्बर १ बाट प्रहरीले रु १९ करोड आठ लाख ५९ हजार राजस्व सङ्कलन गरेको छ ।प्रदेशका १४ जिल्लाको प्रहरीले छ महिनाको अवधिमा विभिन्न अपराधमा सजाय तथा जरिवाना फैसला भई फरार रहँदै आएका एक हजार १६८ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरी कैद भुक्तान गराउँदा रु करोड २५ लाख ९० हजार ४५२ राजस्व सङ्कलन भएको छ । 

यसैगरी अवैधरुपमा समान चोरी निकासी गर्ने ४७ जना मानिस पक्राउ गर्नुका साथै उनीहरुबाट रु पाँच करोड ५८ लाख ८० हजार ५६७ राजस्व सङ्कलन भएको छ । नदीजन्य पदार्थको अवैध दोहन गर्ने ३२ जना मानिस र ५१५ वटा नदीजन्य पदार्थ उत्खनन गर्ने र ओसारपसार गर्ने सवारी साधनलाई पक्राउ गर्नुका साथै रु २० लाख १९ हजार २५० राजस्व सङ्कलन भएको छ । अवैध काठ चोरी निकासी गर्ने ४२ जना मानिस पक्राउ गरी १९५२ क्युफिट काठ बरामद गर्दा रु ४४ लाख चार हजार ६६६ राजस्व सङ्कलन भएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

प्रदेशका प्रहरी प्रवक्ता नवीनराज राईले ट्राफिक व्यवस्थापनतर्फ सोही अवधिमा ट्राफिक नियम उल्लङ्घन गर्ने एक लाख ३१ हजार ५७६ वटा सवारी साधनलाई कारबाही गर्दा रु आठ करोड ५९ लाख ६४ हजार ५०० राजस्व सङ्कलन भएको बताउनुभयो । उहाँ अनुसार चालु आवको साउनदेखि पुस मसान्तसम्ममा १४ जिल्लामा जम्मा तीन हजार ६२७ मुद्दा दर्ता भएका छन् । समाजमा हुने आपराधिक घटना, फैसला कार्यान्वयन, भन्सार चोरी निकासी, नदीजन्य पदार्थ अबैध दोहन, अवैध काठ चोरी निकासी र ट्राफिक व्यवस्थापनमा प्रभावकारीरुपमा जिल्लामा प्रहरी परिचाल गरिएपछि सो सफलता हासिल भएको उहाँले जानकारी दिनुभयो । 

यसैगरी लागुऔषध नियन्त्रणतर्फ गाँजा ३८२ किलो ८९९ ग्राम, चरेश १४ ग्राम ५०० मिलिग्राम, ब्राउन सुगर एक किलो ४२५ मिलिग्राम, विभिन्न मनोद्धिपक क्याप्सलु १० हजार ६८, मनोद्धिपक एम्पुल तीन हजार ८७५ र मनोद्धिपक औषधि ४७५ क्याप्सुल नियन्त्रण गरिएको र १६६१ रोपनी क्षेत्रफलमा लगाएको सात लाख ५१ हजार ७७८ बोट गाँजा नष्ट प्रहरीले नष्ट गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने