भास्कर के.सी | भदौ ९, कञ्चनपुर | सुदुरपश्चिमेली जनताको सदभाव, एकता र आस्थाको महान चाड गौरा "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

भास्कर के.सी | भदौ ९, कञ्चनपुर | सुदुरपश्चिमेली जनताको सदभाव, एकता र आस्थाको महान चाड गौरा "/>

2026-09-19 01:52 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

सुदूरपश्चिमेलीहरूको महान् पर्व गौरा, धुमधामका साथ मनाइदै


भास्कर के.सी | भदौ ९, कञ्चनपुर | सुदुरपश्चिमेली जनताको सदभाव, एकता र आस्थाको महान चाड गौरा पर्व धुमधामका साथ मनाइदै छ । पौराणिक कालमा भगवान् महेश्वरको प्राप्तिका लागि गौरादेवी अर्थात् पार्वतीले निराहार नित्यरुपमा आराधना गरी शिवको प्राप्ति भएको विश्वास गरिन्छ । त्यतिबेलादेखि गौरा र महेश्वरको विवाहको सम्झानाका रूपमा यो पर्व मनाउने परम्परा चल्दै आएको ।

   कञ्चनपुर जिल्लाको गौरा मन्दिर, हल्दुखाल, बनगाउ, झलारी, पिपलाडी, दोधारा, चादनी ,बेलौरी लगायत सुदुरपश्चिमका नौ वटै जिल्लाहरुमा धुमधामका साथ गौरा पर्व मनाइदै छ । गौराको पहिलो दिन ब्रतालु महिलाहरुले निराहार रही आ आफ्नो घरमा तामा वा पित्तलको भाँडोमा पाँचथरीका गेडागुडी भिजाउने गर्दछन् जसलाई बिरुडा भन्ने गरिन्छ ।  विरुडाको रूपमा गहुँ, गहत, मास, केराउ र गुराउँस अन्नहरु भिजाउने चलन रहिआएको छ ।

   त्यसै भोलि पल्ट नजिकको धारा, तलाउ तथा कुवामा गएर फाग गाउदै बिरुडा धुने चलन रहिआएको छ । बिरुडा धोइ सकेपछि ५ अथवा ७ कन्याहरू द्धारा सामूहिक रूपमा धान, साउँ, तिल, अपामार्ग आदि बिरुवाका बोटहरु नजिकै रहेको खेतवारि वाट ल्याइ गौरा देवीको प्रतिमा  बनाई पानिको धारा नजिक पुजा गरिन्छ । उक्त पुजा पश्चात गौरादेवीको प्रतिमा लाइ गौरा घरमा भित्र्याउँछन् । धार्मिक अनुष्ठान एवं पूजाआजाका साथै गौरालाई गौराघरमा भित्र्याइसकेपछि गोःरियाहरुले नयाँ वस्त्र,गर गहना धारण गरि शिव र गौरीको पूजाआजा गर्ने गरिएको छ ।

यसरि गौरा भित्र्याइसकेपछि विसर्जन नगरिएसम्म गौराघर स्थित आगनमा पुरुष तथा महिलाहरू छुट्टाछुट्टै रूपमा गोलबद्ध भई स्थानीय लोक भाषामा देउडा, चैतलो, ढुस्को, धुमारी, जस्ता धार्मीक संदेश पूर्ण खेल खेलेर आनन्द लिन्छन् । यसो गर्नाले सुखशान्ति प्राप्त हुनुका साथै कुलदेवता प्रसन्न हुने जनविश्वास रहिआएको छ ।

   गौराको मुख्य दिन आज दुर्वाष्टमी अर्थात गौराष्टमीका दिन व्रत बसेर महिलाहरू बिहानैदेखि गौरालाइ गोलवद्ध भइ फाग गाएर पूजा आजागर्नुका साथै गौरालाइ पालै पालो सबै महिलाहरुले टाउको माथी राखेर लोरी गाउदै खेलाउने समेत गर्दछन । पुर्व, पश्चिम, उत्तर,दक्षिण तथा आकाशमा पर्ने गरी अर्चना गरिएका बिरुडा फल, द्रव्य आदि प्रसादका रुपमा कपडामा राखेर सबैको हातमा परोस भनि फल फ्टकाउने गरिन्छ । उपासना गर्ने  महिलाहरुले प्रसाद स्वरुप घाटिमा दुब्धाको लगाउने गर्दछन । सोही दिन महिलाहरुले प्रसादका रूपमा बिरुडा ग्रहण गरी आफ्ना परिवारका सम्पूर्ण सदस्यहरुको टाउको पुजी आर्शीवाद समेत दिने गर्दछन् । 

  यस पर्वमा महिलाहरुले आफनो श्रीमानको दिर्घायुको कामना गर्दै ब्रत बस्ने गर्दछन भने युवतीहरुले राम्रो वर प्राप्तीको कामना गर्ने गर्दछन् । गोःरादेविलाइ विर्सजन नगरुन्जेल प्रतिदिन पुजा गरिन्छ भने उचित साइत हेरि द्धादशी या पूर्णीमाका दिन गौरादेवीलाइ विर्सजन गरि माइँत पठाउने चलन छ । यसरी गौरा विर्सजनका बेला खेलिने डेउडा, ढुस्को, धुमारि खेलमा माँइत गएकी गौरा लाइ फेरि अर्को वर्ष वोलाउने बाँचा गर्दै गौरा पर्व सम्पन्न गरिने पण्डित आचार्य घनश्याम लेखकले बताउनुभयो ।

   सुदूरपश्चिमेलीहरुले दशैं भन्दा पनि बढी महत्वका साथ यस पर्वलाई मनाउँछन् । त्यसैले गौरामा एकै छिन भए पनि डेउडामा रमाउन परदेशिएकाहरू पनि घरपरिवार सम्झिएर फर्किने गर्छन् । यस वर्ष पनि छिमेकी भारतका विभिन्न सहरमा मजदुरी गर्ने हजारौं सुदूरपश्चिमेली सीमावर्ती नाकाहरुबाट गौराका लागि घर फर्किएका छन् ।

   गौरामा विवाहित चेलीहरू पनि माइत आउने र जाने चलन छ । गौरा पर्वको प्रमुख आकर्षण ठाडो खेल, ढुस्को, धुमारी, फाग डेउडा हो । यी खेलहरुमा पौराणिक कथा देवी देवताका गाथा र धार्मिक ग्रन्थ गाउने गरिन्छ । त्यति मात्रै नभएर सामाजिक विकृति विरुद्ध पनि डेउडाका माध्यमले तिखो व्यग्यं गरिन्छ । पछिल्लो समयमा भने युवाहरुमा पर्नगएको पश्चिमा संस्कृतिको नराम्रो प्रभावका कारणले लोप हुँदै जान थालेको छ । यस प्रति संबन्धित पक्षको ध्यान जानु जरुरि देखिन्छ 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई