२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काभ्रेपलान्चोक - KVP

प्रहरी कार्यालयको अनुगमनः जनमैत्री सेवा प्रवाह गर्न निर्देशन

१२ माघ २०७८, बुधबार ०८:४१

माघ १२, काठमाडौँ | प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे र प्रहरी उपरीक्षक चक्रराज जोशीले काभ्रेपलाञ्चोकको विकट क्षेत्र कोसीपारिस्थित भुम्लु गाउँपालिका र चौँरीदेउराली गाउँपालिका क्षेत्रमा रहेका इलाका प्रहरी कार्यालय र प्रहरी चौकीको स्थलगत अनुगमन तथा निरीक्षण गरी त्यहाँका वस्तुस्थितिका बारेमा जानकारी लिनुभयो । 

सो अवसरमा उहाँहरुले त्यस क्षेत्रको शान्तिसुरक्षाको अवस्था, कोरोना भाइरस सङ्क्रमण जोखिमको अवस्था र त्यसले पार्न सक्ने प्रभाव तथा सङ्क्रमण रोकथाम एवम् नियन्त्रणका लागि चालिएका उपायका बारेमा आवश्यक जानकारी लिनुभयो । 

अनुगमनका क्रममा उहाँहरुले इलाका प्रहरी कार्यालय कात्तिकेदेउरालीमा गरेको नागरिकसँगको अन्तरक्रियामा इलाका प्रहरी कार्यालयमा आवश्यक जनशक्ति नहुँदा अपेक्षाकृत रुपमा सुरक्षा प्रदान गर्न समस्या भइरहेको स्थानीयवासीले गुनासो गरेका छन् । उनीहरुले आवश्यक जनशक्तिको अभावमा प्रभावकारी रुपमा जाँडरक्सी नियन्त्रण हुन नसकेकोमा यसप्रति गम्भीर हुन प्रमुख जिल्ला अधिकारीलाई आग्रह गर्नुभयो । 

सो अवसरमा प्रजिअ पाण्डेले समाजमा हुन सक्ने अन्याय, हिंसा र अपराधजन्य घटना न्यूनीकरणका लागि प्रहरी एक्लैको प्रयासले मात्र सम्भव नहुने भएकाले यस्ता कार्यमा समाजका अगुवाहरुको भूमिका महत्वपूर्ण हुने बताउँदै स्थानीय नागरिकको गुनासोलाई सम्बोधन गर्ने खालका गतिविधिहरु सञ्चालन गर्न सुरक्षाकर्मीलाई निर्देशन दिनुभयो ।

प्रहरी उपरीक्षक जोशीले प्रहरी जनशक्ति न्यून रहेका कारण नागरिकले सोचेअनुसारको जनशक्ति खटाउन नसकिएको बताउँदै आगामी दिनमा त्यसलाई सम्बोधन हुने गरी काम गर्ने बताउनुभयो । उहाँले ग्रामीण क्षेत्रमा लुकेका अपराधहरु लैङ्गिक हिंसा, जातीय छुवाछूतलगायतका घटनाका पीडित पक्षलाई कानुनी उपचारमा तदारुकता देखाउने गरी कार्य गर्नुपर्ने उल्लेख गर्दै कसैको दबाब, प्रभाव, करकाप तथा प्रलोभनमा नपरी निष्पक्ष र पारदर्शी रुपमा जनमैत्री सेवा प्रदान गर्न निर्देशन दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ