2026-09-18 10:03 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काभ्रेपलान्चोक - KVP

प्रहरी कार्यालयको अनुगमनः जनमैत्री सेवा प्रवाह गर्न निर्देशन

माघ १२, काठमाडौँ | प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे र प्रहरी उपरीक्षक चक्रराज जोशीले काभ्रेपलाञ्चोकको विकट क्षेत्र कोसीपारिस्थित भुम्लु गाउँपालिका र चौँरीदेउराली गाउँपालिका क्षेत्रमा रहेका इलाका प्रहरी कार्यालय र प्रहरी चौकीको स्थलगत अनुगमन तथा निरीक्षण गरी त्यहाँका वस्तुस्थितिका बारेमा जानकारी लिनुभयो । 

सो अवसरमा उहाँहरुले त्यस क्षेत्रको शान्तिसुरक्षाको अवस्था, कोरोना भाइरस सङ्क्रमण जोखिमको अवस्था र त्यसले पार्न सक्ने प्रभाव तथा सङ्क्रमण रोकथाम एवम् नियन्त्रणका लागि चालिएका उपायका बारेमा आवश्यक जानकारी लिनुभयो । 

अनुगमनका क्रममा उहाँहरुले इलाका प्रहरी कार्यालय कात्तिकेदेउरालीमा गरेको नागरिकसँगको अन्तरक्रियामा इलाका प्रहरी कार्यालयमा आवश्यक जनशक्ति नहुँदा अपेक्षाकृत रुपमा सुरक्षा प्रदान गर्न समस्या भइरहेको स्थानीयवासीले गुनासो गरेका छन् । उनीहरुले आवश्यक जनशक्तिको अभावमा प्रभावकारी रुपमा जाँडरक्सी नियन्त्रण हुन नसकेकोमा यसप्रति गम्भीर हुन प्रमुख जिल्ला अधिकारीलाई आग्रह गर्नुभयो । 

सो अवसरमा प्रजिअ पाण्डेले समाजमा हुन सक्ने अन्याय, हिंसा र अपराधजन्य घटना न्यूनीकरणका लागि प्रहरी एक्लैको प्रयासले मात्र सम्भव नहुने भएकाले यस्ता कार्यमा समाजका अगुवाहरुको भूमिका महत्वपूर्ण हुने बताउँदै स्थानीय नागरिकको गुनासोलाई सम्बोधन गर्ने खालका गतिविधिहरु सञ्चालन गर्न सुरक्षाकर्मीलाई निर्देशन दिनुभयो ।

प्रहरी उपरीक्षक जोशीले प्रहरी जनशक्ति न्यून रहेका कारण नागरिकले सोचेअनुसारको जनशक्ति खटाउन नसकिएको बताउँदै आगामी दिनमा त्यसलाई सम्बोधन हुने गरी काम गर्ने बताउनुभयो । उहाँले ग्रामीण क्षेत्रमा लुकेका अपराधहरु लैङ्गिक हिंसा, जातीय छुवाछूतलगायतका घटनाका पीडित पक्षलाई कानुनी उपचारमा तदारुकता देखाउने गरी कार्य गर्नुपर्ने उल्लेख गर्दै कसैको दबाब, प्रभाव, करकाप तथा प्रलोभनमा नपरी निष्पक्ष र पारदर्शी रुपमा जनमैत्री सेवा प्रदान गर्न निर्देशन दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई