२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

मेची भन्सारद्वारा आयल निगम र गोर्खा टी इस्टेट सम्मानित

१२ माघ २०७८, बुधबार ०९:३९

माघ १२, झापा | मेची भन्सार कार्यालय काँकडभिट्टाले ७०औँ अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसर पारेर आज राजस्व सङ्कलनमा सहयोग पुर्याउने संस्था र उत्कृष्ट पाँच कर्मचारीलाई सम्मान गरेको छ ।

सबैभन्दा बढी चिया निकासी गर्ने इलामको गोर्खा टि इस्टेट प्रालि र पेट्रोलियम पदार्थ आयात गर्ने नेपाल आयल निगमलाई राजस्व सङ्कलनमा योगदान पुर्याएबापत सम्मान गरिएको छ ।

त्यसैगरी मेची भन्सार एजेन्ट सङ्घका नितम पौडेल, मेची भन्सार कार्यालयका लेखापाल लक्ष्मीबहादुर रामदान, नायब सुब्बा लक्ष्मीप्रसाद गुरागाईं, कम्प्युटर अपरेटर अरुणकुमार साह र कार्यालय सहयोगी जयबहादुर राई सम्मानित भएका छन् ।

प्रमुख जिल्ला अधिकारी छवि रिजालले कदरपत्र र दोसल्लाले उहाँहरुलाई सम्मान गर्नुभएको थियो । कार्यक्रममा भन्सार विभागबाट सम्मानित कार्यालयका नायब सुब्बा प्रेम सुवाललाई समेत सम्मान गरिएको थियो ।

प्रदेश नं १ सरकारको आन्तरिक मामिला तथा योजना मन्त्रालयका सचिव सुमन दाहालको अध्यक्षतामा भएको कार्यक्रममा भन्सार प्रमुख केशवप्रसाद ओलीले भन्सार गतिविधिको बारेमा जानकारी गराउनुभएको थियो ।

कार्यक्रममा मेची उद्योग वाणिज्य सङ्घका अध्यक्ष ऋषि तिम्सिना, झापा चेम्बर्स अफ कमर्सका कार्यबाहक अध्यक्ष ओम बिमली, मेची भन्सार एजेन्ट सङ्घका अध्यक्ष मोहन निरौलालगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ