२०८३, ७ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाँके - BNK

भेरी अस्पतालमा १२ घण्टाभित्र दुई सङ्क्रमितको मृत्यु

२०७८, १३ माघ बिहीबार ०६:०५

माघ १३, राँझा | नेपालगञ्जस्थित भेरी अस्पतालमा १२ घण्टाभित्र दुई कोरोना सङ्क्रमितको मृत्यु भएको छ । अस्पतालमा उपचाररत बर्दियाका ७१ वर्षीय सङ्क्रमित पुरुषको मृत्यु भएको १२ घण्टाभित्रै कालिकोटका १६ वर्षीय बालकको भेरी अस्पतालमा मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए ।

उनका अनुसार मधुवन नगरपालिका वडा नं ६ निवासी ७१ वर्षीय पुरुषको उपचारका क्रममा मङ्गलवार राती १०:३० बजे मृत्यु भएको थियो । भेरी अस्पतालमा यही माघ १० गते पिसिआर परिक्षण गर्दा उनलाई कोरोना पोजेटिभ भएपछि सोही दिन भर्ना गरिएको थियो । 

यस्तै कालिकोट शुभकालिका वडा नं ५ निवासी १६ वर्षीय बालकको भेरी अस्पतालमा बुधबार बिहान ११:१५ बजे मृत्यु भएको छ । यही माघ ४ गते पिसिआर परिक्षण गर्दा कोरोना पोजेटिभपछि भोलीपल्ट भेरी अस्पतालमा भर्ना गरिएकामा उपचारकै क्रममा बुधबार बिहान मृत्यु भएको जिल्ला कोभिड ब्यवस्थापन केन्द्रका स्रोत व्यक्ति वलीले बताए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक युवकको मृत्यु कक्षा ११ को पठनपाठन आगामी असार १ देखि दुर्गा प्रसाईलाई पक्राउ गर्नुको कारण पेस गर्न सर्वोच्चको आदेश विमानस्थलबाट ३७ थान राहदानीसहित एक जना पक्राउ हामी विरोध गरिरहन्छौँ, पाँचै वर्ष गर्छौँ: हर्कराज राई नेप्सेमा ३०.०८ अंकको वृद्धि निर्वाचनसम्बन्धी दुई विधेयक प्रस्तुत वैदेशिक रोजगारीको ठगी रोक्न प्रभावकारी रुपमा काम हुँदैछ : श्रममन्त्री यादव संसद्‌मा मर्यादित भएर प्रस्तुत हुन सभामुखको आग्रह श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ प्रतिनिधि सभाको बैठक शुरू सुनचाँदीको मूल्य घट्यो अब अनलाइन माध्यमबाटै प्रहरीमा उजुरी तथा गुनासो दर्ता गर्न सकिने यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु प्रधानन्यायाधीशको शपथ ६:१० बजे दुर्गा प्रसाईंविरुद्ध विद्युतीय कारोबार ऐन र राज्यविरुद्धको कसुरमा मुद्दा दर्ता मन्त्रीपरिषद बैठक सुरु नक्कली लालपुर्जा बनाएर जग्गा पास गराउन खोज्ने तीन जना पक्राउ विद्यार्थी संगठन खारेज गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट भगवानको रक्षा गर्नुपर्ने बेला भएको छ : सांसद खरेल