१९ मंसिर २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

पछिल्लो २४ घण्टामा देशभर २५ जनाले गरे आत्महत्याको प्रयास

१४ माघ २०७८, शुक्रबार ०७:२७

माघ १४, काठमाडौँ | गएको २४ घण्टामा देशभर २५ जनाले आत्महत्याको प्रयास गरेका छन्। आत्महत्याको प्रयास गर्नेमध्ये दशजनाको मृत्यु भएको छ भने १५ जनाको उद्धार गरिएको छ। 

त्यसमध्ये झुण्डिएर आत्महत्या गर्नेको संख्या ९ र विष सेवन गर्नेको संख्या एक रहेको छ । भुण्डिएर आत्महत्या गर्न खोज्ने चार र विष सेवन गर्न खोज्ने ११ जनालाई उद्धार गरिएको हो। 

सुरक्षा निकायले सरकारलाई बुझाएको एक प्रतिवेदनका अनुसार झुण्डिएर आत्मत्या गर्नेमा मोरङका एक पुरुष, भोजपुरकी एक महिला, नवलपुर पूर्वमा एक महिला, स्याङ्जामा एक महिला, नुवाकोेटमा एक महिला, सिधुपाल्चोकमा एक महिला, कैलालीमा एक महिला र संखुवासभामा एक महिला रहेका छन्। 

मोरङमा एक महिलाले विष सेवन गरी आत्महत्या गरेकी छन्। 

त्यस्तै, झापा र सुनसरीमा एक–एक पुरुष, एक महिला र दाङमा एक महिलालाई झुण्डिएर आत्महत्या गर्दै गरेको अवस्थाबाट उद्धार गरिएको हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेलको शल्यक्रिया सम्पन्न लुम्बिनीलाई पहिलो झट्का! नेपाल समाजवादी पार्टीनिकट प्रेस नेपालका अध्यक्ष शर्मा माओवादी केन्द्रमा प्रवेश विराटनगरले जित्यो टस, लुम्बिनीलाई दियो ब्याटिङको निम्तो चितवनमा प्रहरी र लामिछाने समर्थकबीच झडप, पानीको फोहोरा र अश्रु ग्यास प्रहार काठमाडौंले हरायो कर्णालीलाई, काठमाडौँको पहिलो जित काठमाडौंको पाँचौं विकेट पतन, जितका लागि ३ ओभरमा ३६ रन आवस्यक ९ महिनापछि खुल्यो आईपीओ, वैदेशिक रोजगारमा रहेकालाई गार्डियन माइक्रोलाइफको अवसर काठमाडौं गुर्खाजले १० ओभरमा ४ विकेट गुमाएर बनायो ५२ रन आज बुधबार बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदै छ कारोबार ? एनपीएल: कर्णाली याक्सले काठमाडौं गोर्खाजलाई दियो १५० रनको लक्ष्य माओवादी केन्द्रको अन्तरमहादेशीय समितिद्वारा बाढीपहिरो पीडितका लागि ५ लाख सहयोग बिचार: पोखरा–काठमाडौँ ‘हाइवे’ मा राज्यको उपस्थिति शुन्य ! एनपीएल: काठमाडौं गोर्खाजले टस जितेर बलिङ् गर्दै संघीय सांसद अन्तरगत आज दुई समितिको बैठक बस्दै एनपिएलमा आज पनि दुई खेल: पहिलो खेल कर्णाली याक्स र काठमाडौं गोर्खाजबीच हुने यस्तो छ आजको मौसम ! राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना कतारमा नेपाली श्रमिकलाई २४ घण्टे बीमाको व्यवस्था गर्न उपराष्ट्रपतिको आग्रह हवाई इन्धनमा २ रुपैयाँ वृद्धि हुँदा भाडा ९० रुपैयाँसम्म बढ्यो