२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सहिदको त्याग र बलिदानको उच्च सम्मान गरौँ : प्रदेश प्रमुख

१६ माघ २०७८, आईतवार ०८:३५

माघ १६, कर्णाली | कर्णाली प्रदेशका प्रमुख तिलक परियारले देश र जनताका लागि आफ्नो जीवन अर्पण गर्ने सहिदको त्याग र बलिदानको उच्च सम्मान गर्नुपर्ने बताउनुभएको छ । 

‘सहिद दिवस, २०७८’ का अवसरमा प्रदेश प्रमुख परियारले आज एक सन्देश जारी गर्दै सो धारणा व्यक्त गर्नुभएको हो । सन्देशमा उहाँले भन्नुभएको छ, “हामीले आज प्राप्त गरेको स्वतन्त्रता र अधिकार सहिदको बलिदानीको प्रतिफल हो । उनीहरुको सङ्घर्ष, त्याग र बलिदानबाट मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा आइपुगेको छ ।” 

सहिदको बलिदानले प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाका माध्यमबाट मुलुकमा स्थायी शान्ति, सुशासन, न्यायपूर्ण समाज र समाजवादी लक्ष्यसहित समृद्धिको आकाङ्क्षा पूरा गर्नेतर्फ अग्रसर हुनुले सहिदप्रति सच्चा सम्मान हुने उहाँले विश्वास व्यक्त गर्नुभयो । प्रदेश प्रमुख परियारले देशको आर्थिक, सामाजिक रुपान्तरण गर्दै सामाजिक न्यायसहितको समृद्ध राष्ट्र निर्माणमा सहिदको सपना साकार गर्न दृढतापूर्वक काममा लाग्ने प्रेरणा सबैमा मिलोस् भन्ने शुभकामना दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ