2026-06-14

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

वैदेशिक रोजगारीबाट फर्किएकामा कुष्ठरोग देखियो

माघ १७, बनियानी | झापामा वैदेशिक रोजगारीको सिलसिलामा खाडी मुलुकबाट फर्किएकाहरुमा कुष्ठरोग देखिएको छ । जिल्लामा चालू आव २०७८/०७९ को पुस मसान्तसम्म यस्ता पाँच जनमाा कुष्ठरोग फेला परेका छ ।

नेपाल कुष्ठरोग  जिल्ला कार्यक्रम प्रमुख परशुराम पोखरेलले बुद्धशान्ति गाउँपालिकामा दुई, झापा गाउँपालिका, दमक र बिर्तामोड नगरपालिकामा एक/एक जना कुष्ठरोगी फेला परेको जानकारी दिनुभयो  । उनीहरुको रोग पहिचानपछि उपचार सुरुआत भइसकेको छ । यसबाट वैदेशिक रोजगारीबाट फर्किएकाहरु समेत कुष्ठरोगको जोखिम रहेको देखिन्छ । “विदेशमा काम गर्ने क्रममा धेरै जना एउटै कोठामा बस्ने गर्छन्”, उहाँले भन्नुभयो, “यसका कारण उनीहरु कुष्ठरोगको जोखिम हुन्छ ।”

जिल्लामा चालु आवको पुष मसान्तसम्ममा ३६ जना नयाँ कुष्ठरोगी फेला परेको स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक विश्वनाथ श्रेष्ठले जानकारी दिनुभयो । तीमध्ये एक/एक बालक र  बालबालिका  छन् । कुष्ठरोग निर्मूल पार्न ०–१४ वर्ष उमेर समूहलाई विशेष रुपमा हेरिन्छ । तर, दुई जना बालबालिकामा कुष्ठरोग देखिनुले उनीहरु कुष्ठरोगको जोखिममै रहेको देखिन्छ । जिल्लामा गत वर्ष १०  बालबालिकामा कुष्ठरोग देखिएको कार्यालयले जनाएको छ । 

यसरोगको जटिलता अनुसार १४ जनालाई ६ महिने र २२ जनालाई एक वर्षे कुष्ठरोगको औषधि सेवन गराइँदैछ । जिल्लामा औषधिबाट मात्रै उपचार सम्भव नभएका बिरामीलाई कुष्ठरोग सेवा केन्द्र लालगढ र आनन्दवन पठाइँदै आएको छ । गत वर्ष त्यस्ता २१ जना कुष्ठरोगीलाई पठाइको जानकारी दिँदै उहाँले भन्नुभयो, “यस वर्षपछि तीन÷चार जना रोगीलाई थप उपचारका लागि पठाएका छौँ । ”जिल्लामा पछिल्लो चार वर्षयता कुष्ठरोगीको संख्या भने घट्दै गएको स्वास्थ्य कार्यालयको तथ्यांकले देखाउँछ छ । जिल्लामा आव २०७५/०७६ मा २१२ , आव २०७६/०७७ मा १४० र आव २०७७/०७८ मा ९५ जना कुष्ठरोगी फेला परेका थिए । यसैगरी चालु आवको छ महिनाका अवधिमा ३६ जनामा कुष्ठरोग देखिएको छ । यसले जिल्लामा कुष्ठरोगीको संख्या घट्दै गएको देखाउँछ । 

 यसरोग निवारण अभियानमा जुटेका भने कोरोना भाइरसको सङ्क्रमणका कारण रोगीको पहिचान गर्न नसकिएकाले तथ्याङ्क कम आएको बताउँछन् । जिल्ला कार्यक्रम संयोजक पोखरेलले भन्नुभयो, “कोरोना कारण ‘केश फाइण्डिङ’को काम हुन सकेको छैन, अहिले देखिएका कुष्ठरोगी स्वतस्फूर्तरुपमा हाम्रो सम्पर्कमा आएका हुन् ।”जनस्वास्थ्य निरीक्षणक श्रेष्ठ सक्रिय खोजपड्ताल अर्थात् घरघरमा गएर चेकजाँच गर्ने हो भने कुष्ठरोगीको संख्या बढ्ने बताउनुहुन्छ । उहाँले भन्नुभयो, “यो एउटा सामाजिक रोग हो, यो सामाजिक संस्कारसँग जोडिएको छ, त्यसैले यसलाई निर्मूल पार्नु चुनौतिपूर्ण काम हो ।”

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख ईश्वरी पौडेल मानिसमा व्याप्त अज्ञानताले कुष्ठरोगलाई मलजल गरेको बताउनुहुन्छ । “सामाजिक विभेदको डर पनि लक्षण देखिए पनि कुष्ठरोग पहिचानका लागि मानिस आउँदैनन्”, उहाँले भन्नुभयो, “यसले रोगको पहिचान नभएर समुदायमा कुष्ठरोगको जोखिम बढिरहेको छ ।” छाला र स्नायूमा असर गरी मानिसको शरीर अंगभंग हुने कुष्ठरोगको एक मात्रा औषधि सेवनले मात्र पनि रोगको सर्ने सम्भावना ९९ प्रतिशत घट्ने उहाँले बताउनुभयो ।

कपिलवस्तु र बाँकेपछि झापा मुलुकभरमा कुष्ठरोगी संख्या बढी भएको झापा तेस्रो जिल्ला हो भने प्रदेश नं. १ मा पहिलो हो । झापापछि मोरङ दोस्रो स्थानमा छ । सन् २०३० भित्रमा कुष्ठरोग मुक्त मुलुक बनाउने सरकारको लक्ष्य छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक