भदौ १०, भोजपुर । सडक यातायातलाई व्यवस्थित बनाउन रुट पर्मिटका आधारमा मात्र सवारीसाधन चलाउनुपर्ने निर्देशनअनुसार भोजपुर जिल्लामा रुट पर्मिटका लागि सडकको अवस्था सिफारिस गरिएको छ । 

जिल्ला प्रशासन कार्यालय भोजपुरले यातायात व्यवस्था विभाग क्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १०, भोजपुर । सडक यातायातलाई व्यवस्थित बनाउन रुट पर्मिटका आधारमा मात्र सवारीसाधन चलाउनुपर्ने निर्देशनअनुसार भोजपुर जिल्लामा रुट पर्मिटका लागि सडकको अवस्था सिफारिस गरिएको छ । 

जिल्ला प्रशासन कार्यालय भोजपुरले यातायात व्यवस्था विभाग क्"/>

२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भोजपुर - BJP

भोजपुरमा रुट पर्मिटका लागि सिफारिस

१० भाद्र २०७३, शुक्रबार ०६:४८

भदौ १०, भोजपुर । सडक यातायातलाई व्यवस्थित बनाउन रुट पर्मिटका आधारमा मात्र सवारीसाधन चलाउनुपर्ने निर्देशनअनुसार भोजपुर जिल्लामा रुट पर्मिटका लागि सडकको अवस्था सिफारिस गरिएको छ । 

जिल्ला प्रशासन कार्यालय भोजपुरले यातायात व्यवस्था विभाग क्षेत्रीय कार्यालयमा जिल्लाको सडकको यथार्थ विवरणको सिफारिस पठाएको हो । जिल्लामा सञ्चालनमा रहेका १० भन्दा बढी सडकको नाम, सडकको लम्बाइ, कस्ता खालका सवारीसाधन सञ्चालन गर्न सकिने, सडकमा सञ्चालन हुने यातायातका साधनमा लाग्ने यथार्थ भाडादर साथै वर्षमा सञ्चालन हुने सडकको समयावधिसमेत उल्लेख गरी जानकारीका लागि पठाइएको हो । 

जिल्लामा सञ्चालन भएका सडकमा लेगुवा–भोजपुर सडकखण्ड ६६ किलोमिटर, भोजपुर– चखेवा ४२ किलोमिटर, भोजपुर–ओख्रे ३४ किलोमिटर, भोजपुर–लेखर्क २३ किलोमिटर, भोजपुर–मानेभन्ज्याङ ३० किलोमिटर सडकखण्डको विस्तृत विवरण पठाइएको हो । 

यसैगरी, जिल्लामा सञ्चालनमा रहेका भोजपुर–दिंला ३९ किलोमिटर, दिंला–सतिघाट १७ किलोमिटर, भोजपुर–घोरेटार–रानीबास ५६ किलोमिटर र भोजपुर–बैकुण्ठे सडकका लागि पनि रुट पर्मिट निर्धारण गर्न सिफारिस गर्ने तय भएको प्रमुख जिल्ला अधिकारी अर्जुनकुमार शर्माले बताउनुभयो । 

सिफारिस भएपछि यातायात व्यवसायीले रुट पर्मिट इजाजतपत्र लिएर मात्र सवारीसाधन चलाउनुपर्ने भएको छ । 

अस्थायी रुपमा दिन लागिएको इजाजतपत्र स्थायीरुपमा दिनसके थप प्रभावकारी हुने संयुक्त बस व्यवसायी सङ्घ भोजपुरका अध्यक्ष गोपाल मोक्तानले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह