2026-09-19 07:00 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रातारात करोडपति बन्न बिरामीलाई झोला भरि औषधि

महेन्द्र केसी/भदौ पर्बत । तपाईलाई टाउको दुख्यो या ज्वरो आयो भने तपाई कहाँ जानुहुन्छ ? औषधि पसलमा जानुहुन्छ अनि मेडिकलवालाले दिएको औषधि पैसा तिरेर लिनुहुन्छ र खानुहुन्छ तर तपाईले कहिल्यै सोच्नुहुन्न कि औषधि पसलेले विशेषज्ञ डाक्टरको स्वीकृति विना औषधि बेच्न पाउदैन भन्ने कुरा ।

तपाई विशेषज्ञ डाक्टरकोमा स्वास्थ्य परीक्षण गर्नुभन्दा पहिले औषधि पसलेको मै गएर औषधि खानुहुन्छ र यसबाट निको भएन भने मात्र विशेषज्ञ डाक्टर खोज्नुहुन्छ । यो बानी तपाईको मात्र नभएर अधिकांश सर्वसाधारण नेपालीको बानी हो । 

औषधि पसलेहरु सर्वसाधारणको सोझोपनको फाईदा उठाएर झोला भरि अनावश्यक औषधि थमाउदै आफू रातारात करोडपति बनेका छन् । आफ्नो स्वास्थ्य जस्तो संवेदनशील कुरामा सर्वसाधारणले वेवास्ता गरेको पाइन्छ भने औषधिवालाले सोही वेवास्ताको फाईदा लिन सर्वसाधारण विरामीलाई झोलाभरि नचाहिदो औषधि भरिदिन्छन् । 

पर्वत जिल्ला अस्पतालका डाक्टर सरोजचन्द्र दाहालले पनि औषधि विक्रीवालाहरुले नचाहिदो औषधिले विरामीको झोला भरिदिने गरेको कुरालाई स्वीकार गर्छन् । 

‘मुनाफा कमाउने उद्देश्य रव्यापारीकरणक कारण मेडिकलवालाल विरामीको स्वास्थ्यलाई ख्याल नै नगरी झोलाभरी अनावश्यक औषधि राखिदिने गरेको पाइएको छ’– डा. दाहालले भने । डा.दाहालले भने–‘गाउँबाट विरामीले विमार निको नभएपछि झोलाभरि औषधि लिएर अस्पताल आउदा उनीहरुले खाँदै गरेको तर नचाहिदो औषधि मैले फ्याक्नु परेको छ ।’

औषधि स्टाण्डर्ड ट्रिटमण्ट प्रोटोकल(एसटिपी)का अनुसार एउटा विरामीलाई तीनथरी औषधिभन्दा बढी औषधि खुलाउन नपाईने नियम छ बढी खुलाउनु हानिकारक हुन जान्छ । त्यस्तै कुनै पनि फार्मेसी पढेर औषधि पसल राखेको व्यक्तिले डाक्टरको पे्रस्क्रिप्सन बेगर औषधि बिक्रि गर्न पाउदैन । यदि विक्री ग¥यो कानूनी कारवाहीमा पर्छ ।

फार्मेसी पढेको व्यक्तिले औषधि व्यवस्था विभागबाट लाईसेन्स प्राप्त गरेपछि मात्र औषधि विक्री गर्न पाउँछ तर डाक्टरको प्रेस्क्रिप्सन विना औषधि दिने र विरामी चेकजाँच गर्ने अधिकार उसलाई हुँदैन । स्वास्थ्य ऐनमा प्रष्ट उल्लेख भएपनि कानून विपरित औषधि विक्री गर्ने र रातारात करोडपति बन्ने धन्दा बजारमा मौलाउदो छ । बजारमा ब्रगेल्ती खुलेका औषधि पसलले विरामीको स्वास्थ्य र स्वास्थ्य ऐननियमको धज्जी उडाउदै जथाभावी औषधि विक्री गर्ने र औषधि पसलमै विरामी चेकजाँच गर्ने गरेको पाइन्छ ।

कानून विपरित औषधि विक्री गर्ने र विरामी चेकजाँच गर्ने औषधि व्यापारीहरुलाई कारवाही समेत भएको छैन । औषधि पसलमा  अनुगमन र नियमन गर्ने निकायले पनि कुनै चासो दिएको छैन । कुश्माकै एउटा मेडिकलहलमा दुर्लुङ स्थायी घर भएका एक व्यक्ति विरामी भई चेकजाँच गर्दा मेडिकलवालाले ईन्जेक्सन लगाएको केही बेरमै बेहास् भई ढलेको र पछि जिल्ला अस्पतालमा लग्दा मृत्यु भएको विषयले केही दिन पहिले चर्चा पाएको थियो । यो बारे कुनै खोजी र अनुसन्धान भने हुन सकेको छैन ।

कतिपय औषधि पसलेलाई कुन विमारीमा कुन औषधि दिने भन्ने समेत ख्याल छैन तर जथाभावी औषधि विक्री गरेको पाईएको छ । यतिखेर फैलिएको भाईरल ज्वरोका विरामीहरुलाई ब्रुफिन मिसिएको सिटामोल दिए हुनेमा औषधि पसलेहरुले सिफोडोक्सिन, सिफोसिन लगायत अन्य औषधि समेत दिने गरेको पाइएको छ । यो त एउटा सानो उदाहरण मात्र मान्छन् जिल्ला अस्पतालका स्वास्थ्यकर्मीहरु । 

जथाभावि औषधि खाएर थप समस्यामा परेको भन्ने सर्वसाधारणको गुनासो बढ्दो छ । विरामीलाई साइड ईफेक्ट भई थप स्वास्थ्य समस्या हुने कुरालाई औषधि व्यवसायीहरुले ख्याल नै नगरेको जिल्ला अस्पताल पर्वतका प्रशासकीय अधिकृत पोषनाथ शर्मा बताउँछन् ।

अधिकृत शर्माको आफ्नै छोरालाई भाईरल ज्वरो आएपछि उनले विशेषज्ञ डाक्टर सरोजचन्द्र दाहाल, डा. सुनिल आचार्य लगायतसँग परामर्शपछि ब्रुफिन सिटामोल खुलाएका थिए तर अन्य औषधि खुलाउन नपरेको उनको दावी छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो