2026-10-21 02:46 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

केन्द्रीय शिक्षक अस्पताल भरतपुरमा बन्ने भएपछि उत्साह

माघ १८, चितवन | मेडिकल सिटीका रुपमा परिचय बनाउँदै गएको भरतपुरमा केन्द्रीय शिक्षक अस्पताल बन्ने भएपछि यहाँका स्थानीय, राजनीतिक दल र सरोकारवाला उत्साहित भएका छन् । शिक्षक अस्पतालले सेवासँगै यहाँको विकास, रोजगारी सिर्जना गर्ने भन्दै उनीहरु उत्साहित भएका हुन् ।

दुई ठूला सरकारी अस्पताल, दुई वटा मेडिकल कलेज र २० भन्दा बढी साना ठूला निजी अस्पताल रहेको भरतपुरमा शिक्षक अस्पताल स्थापनासँगै स्वास्थ्य क्षेत्रको थप विकास हुने भएको छ । भरतपुर महानगरपालिका–१५ भगवानपुरमा जग्गा उपलब्ध गराउन महानगर सहमत भएसँगै सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले अस्पताल बनाउने सैद्धान्तिक सहमति दिएको हो । शिक्षा मन्त्रालयले शिक्षक अस्पताल बनाउन सम्भाव्यता अध्ययन र जग्गा पहिचान समिति गठन गरेसँगै यहाँ अस्पताल बनाउन भरतपुर महानगरपालिकाले पहल थालेको थियो ।

अस्पताल बनाउन प्रस्ताव गरिएको ठाउँ नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालको क्षेत्र एवं गाउँसमेत हो । महानगरपालिकाका प्रमुख रेनु दाहालले सो ठाउँमा ८ बिघा १६ कठ्ठा जग्गा उपलब्ध गराएसँगै सोही ठाउँमा अस्पताल बनाउने निर्णय भएको बताउनुभयो । महानगरपालिकाको प्रयास सफल भएको भन्दै उहाँले यस क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

प्रमुख दाहालले भन्नुभयो,“अस्पताल बनेसँगै स्थानीयवासीको जीवनस्तर उकासिने छ । रोजगारी सिर्जना हुने, व्यापार व्यवसाय फस्टाउने र स्थानीय उत्पादन खपत हुनेछ ।” यसले मेडिकल सिटीका रुपमा अघि बढेको भरतपुरको विकासमा थप टेवा पुग्ने उहाँको भनाइ छ । आम नागरिकले सहज रुपमा स्वास्थ्य सेवा पाउन यो अस्पताल सहयोगी बन्ने उहाँ बताउनुहुन्छ ।

नेपाली कांग्रेस चितवनका सचिव उत्तम जोशीले शिक्षक आन्दोलनले स्थापित गरेको शिक्षक अस्पताल चितवनमा बन्ने निर्णयले यहाँको समग्र विकास हुने बताउनुभयो । शिक्षकको छुट्टै अस्पताल हुँदै गर्दा यसबाट आम नेपालीले लाभ लिनसक्ने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “चितवनलाई मेडिकल हबको रुपमा विकास गर्न सहयोग पुग्छ ।” नेकपा (एमाले)का नेता रामप्रसाद न्यौपानेले भरतपुरलाई साच्चिकै मेडिकल सिटीको रुपमा विकास गर्न अस्पताल सहयोगी हुने बताउनुभयो ।

उहाँले भन्नुभयो, “कार्यान्वयन कसरी हुन्छ, त्यो हेर्न बाँकी नै छ ।” यसले यहाँको स्वास्थ्य सेवालाई थप सुधार गर्दै लैजाने उहाँको भनाइ छ । माओवादी केन्द्र चितवनका अध्यक्ष यमबहादुर परियारले महानगरको पहलमा जुन उपलब्धि जिल्लाले पायो यो हामी सबैका लागि गौरवको विषय भएको बताउनुभयो । उहाँले भन्नुभयो,“अन्य क्षेत्रको विकाससँगै स्वास्थ्य सेवाको विकासमा यसले थप ऊर्जा भरेको छ ।” महानगरका गाउँगाउँसम्म स्वास्थ्य सेवाको पहुँच पुर्याउन यो सहयोगी हुने उहाँको भनाइ छ ।

भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीले शिक्षक केन्द्रीय अस्पताललाई मेडिकल कलेजको रुपमा विकास गर्नुपर्ने बताउनुभयो । यसो हुँदा शिक्षा र स्वास्थ्य क्षेत्रको विकासमा टेवा पुग्ने उहाँको भनाइ छ । यो अस्पतालबाट चिकित्सक र सेवाग्राही दुवैले सहज सुविधा पाउने उहाँले बताउनुभयो । 

उहाँले भन्नुभयो “स्वास्थ्य शिक्षा पढ्ने विद्यार्थीले सहज र सर्वसुलभ रुपमा उपयोग गर्न पाउनेछन् ।”चितवन मेडिकल कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा डा हरिश्चन्द्र न्यौपानेले देशभरिबाट शिक्षक यहाँ उपचार गर्न आउँदा थप सुविधाका लागि मेडिकल कलेज उपयोग गर्न पाउने बताउनुभयो । यसबाट निजी क्षेत्र समेत लाभान्वित हुने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “राम्रो सेवा दिन सक्यौं भने त्यहाँबाट पठाइएका बिरामी अन्यत्र जान पर्दैन, हामीले सेवा दिने अवसर पाउँछौं ।”

नेपालमा स्थायी शिक्षक एक लाख सात हजार, राहत ४० हजार, पाठ शिक्षक ४० हजार, विद्यालय कर्मचारी ३६ हजार, निजी स्कुलका शिक्षक एक लाख ५० हजार र पूर्व शिक्षक ३० हजार रहेका छन् । यस अस्पतालले सर्वसाधारणको पनि उपचार गर्ने छ । अस्पताल बन्दै गर्दा कार्यविधि बन्ने र शिक्षक कर्मचारीले पाउने सुविधाको बारेमा निर्णय हुने छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ