२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

स्याबासी पाउँदै एम्बुलेन्स चालक दाहाल

१८ माघ २०७८, मंगलवार १०:३२

माघ १८, सुदूरपश्चिम | एम्बुलेन्स चालक गोविन्दप्रसाद दाहाल सेती प्रादेशिक अस्पतालको आइसियु कक्षसम्म कोरोनाका पोजेटिभ बिरामी पुर्याउँदै गर्दा हतारमा हुनुहुन्थ्यो । बिरामी आइसियु कक्षसम्म पुर्याउन पाउँदा नपाउँदै अर्को बिरामी लिन जानु परेपछि उहाँ हतारो गरिरहेको अवस्थामा भेटिनु भएको हो । स्टेचरको सहायताले एम्बुलेन्सबाट अरू कसैको सहयोग विना बिरामीबाहिर निकालेर उहाँ आइसियुमा राख्नुपर्ने अर्को बिरामी लिन जाँदै गर्दा त्यहाँ रहेका बिरामीका कुरुवाबाट उहाँले स्याबासी पाउँदै हुनुहुन्थ्यो ।  

बिरामी कुरुवा नारायण रेग्मीले भन्नुभयो, “आफूलाई जोखिममा राखेर एम्बुलेन्स चालक दाहालमा आफ्नो कामभन्दा पनि बिरामीको छिटो उपचार गराउने सेवाको भावना देखिन्छ”, स्याबासी पाएर खुसी देखिनुभएका ५५ वर्षीय दाहालले भन्नुभयो, “आफ्नो  पदीय जिम्मेवारीसँगसँगै कोरोनाको महामारीको बेला मानवीय कर्तव्य सम्झेर बिरामीलाई समयमै उपचार व्यवस्थापन गर्ने काममा सघाइरहेको छु, धेरैले आफ्नो कामबाट खुसी व्यक्त गर्ने गरेका छन् ।” 

बिरामी बोक्दाबोक्दै उहाँ कोभिड वार्डको आइसियु, भेन्टिलेटर, नन कोभिड आइसियु लगायतका सबै कक्षमा राख्नुपर्ने बिरामीको अवस्थाका बारेमा चासो पनि राख्नुहुन्छ ।

उहाँ जोखिम मोलेरै आफैँ बिरामीको मुखमा अक्सिजन सिलिन्डर मिलाउने, सिलिन्डर अभाव भए तत्काल एम्बुलेन्समा अर्को सिलिन्डरको व्यवस्थापन गर्ने र समयमै बिरामीलाई उपचार कक्षसम्म पुर्याउने काममा दक्ष भइसक्नुभएको छ । 

चार वर्षदेखि करारमा कार्यरत दाहालले रासससँग कुराकानीमा भन्नुभयो, “बिरामीले थलिएको मान्छेको छिटो उपचार गराउने ठाउँमा पुर्याउन पाउँदा आफूलाई पनि शान्ति हुन्छ हजुर ।”  

पछिल्ला हप्तामा कोरोना सङ्क्रमण दर बढेसँगै बिहानदेखि अबेर रातिसम्म एम्बुलेन्समा सङ्क्रमित बिरामी बोक्नमा यति बेला व्यस्तता बढ्दा उहाँको खाना र खाजा खाने समय पनि अनिश्चित बन्ने गरेको छ ।  

अस्पतालमा उपचाररत बिरामीका आफन्त पवन जाग्रीले पनि एम्बुलेन्स चालक दाहालको सक्रियताले धेरै बिरामीको समयमै उपचार व्यवस्थापन गर्न सहज भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “आफ्नो स्वास्थ्य जोखिममा पारेर निरन्तर खटिने यस्ता निष्ठावान् र इमान्दार कर्मचारीको उचित मूल्याङ्कन गनुपर्छ ।” 

अग्रपङ्क्तिमा खटिएर काम गर्ने एम्बुलेन्स चालकसहितका स्वास्थ्यकर्मीले गएको वैशाखदेखि जोखिम भत्ता पाउन सकेका छैनन् । दाहालले गएको वैशाखदेखि जोखिम भत्ता नपाएरै भए पनि कोरोना बिरामी उपचार व्यवस्थापनमा कमीकमजोरी हुन नदिइएको बताउनुभयो ।

आइसियु कक्षबाहिर बिरामीका आफन्त र कुरुवाका लागि भने उभिनेसम्मको ठाउँको व्यवस्थापन  नहुँदा बिरामीका कुरुवा र आफन्त नै बिरामी हुनुपर्ने अवस्था छ । शीतलहरसँगै बढेको अत्यधिक चिसो मौसममा खुला आकासमुनि उभिएर कुरुवा बस्नुपर्दा बिरामी कुरुवाको बिचल्ली हुने गरेको हो । 

अस्पतालमा भर्ना भएका बिरामीका आफन्त नारायण रेग्मीले भन्नु भयो, “नर्सले एकजना कुरुवा बस्नैपर्छ भन्छन् तर अस्पताल परिसरमा उभिनेसम्मको ठाउँ नहुँदा चिसो मौसममा स्वस्थ्य व्यक्ति पनि बिरामी पर्ने जोखिम बढेको छ ।” 

दुई दिनयता भने आइसियु कक्षबाहिर बिरामी कुरुवाका लागि प्लाष्टिक बेरेर बस्न मिल्ने कटेरो बनाइएको छ । आइसियु कक्षमा पुगेर कुरुवा आफैँले बिरामीलाई खाना खुवाउनुपर्ने अवस्था छ । नर्सिङ स्टाफले पिपिआर, ग्लोब, मास्क जस्ता स्वास्थ्य सामग्री प्रयोग गरेर बिरामीको उपचार व्यवस्थापनमा खटिएका हुन्छन् । तर कुरुवाहरुले मास्क मात्रै प्रयोग गरेर बिरामीलाई आफैँ खाना खुवाउनु पर्दा स्वास्थ्य सतर्कतामा लापरबाही भइरहेको छ ।  

कोरोना सङ्क्रमण दर उकालो लागेसँगै सुदूरपश्चिम प्रदेशको ठूलो सेती प्रदेशिक अस्पतालमा बिरामीको चाप पनि बढ्न थालेको छ । अस्पतालका शय्याहरु सङ्क्रमित बिरामीले भरिन थालेका छन् । स्वास्थ्य निर्देशालय दीपायलको तथ्याङ्कका अनुसार गएको दुई हप्तामा छ हजार २९४ व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । यो अवधिमा सङ्क्रमित सातजनाको मृत्यु भएको छ ।

सङ्क्रमणको समस्या भएको देश भारतबाट भित्रिनेको सम्पर्कमा आउनेहरुको गर्नुपर्ने ‘कन्ट्याक्ट ट्रेसिङ’ र भित्रिनेलाई समयमै क्वारेन्टिन अथवा आइसोलेसनमा राख्नमा देखिएको कमीकमजोरीले कोरोना समुदायस्तरसम्म फैलिएको स्वास्थ्यकर्मीको बुझाइ छ ।

सीमाबाट भित्रिनेहरुको व्यवस्थापनका लागि भनेर निर्माण सुरु गरिएको होल्डिङ सेन्टरको अझै निर्माण पूरा हुन सकेको छैन । कैलाली र कञ्चनपुरमा एक/एक हजार क्षमताको होल्डिङ सेन्टर गएको असारदेखि नै निर्माण सुरु गरिएको थियो ।हालकै गतिमा भइरहेको कोरोना सङ्क्रमण दर नरोकिएमा अस्पतालको हालको भौतिक तथा जनशक्तिको पूर्वाधारले धान्न नसकेर उपचार व्यवस्थापनमा थप चुनौती आउने देखिन्छ । 

कोरोना भाइरसको सम्भावित जोखिम हुन नदिन सुरुका वर्षको तुलनामा हाल अस्पताल र स्वास्थ्य संस्थामा आवश्यक पूर्वाधारहरु जुटेको भए पनि दक्ष जनशक्तिको भने अझै अभाव रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य