२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

राष्ट्रिय एकता कायम गर्न मौलिक संस्कृतिको योगदानः प्रदेश प्रमुख

१९ माघ २०७८, बुधबार ०५:४७

माघ १९, कर्णाली | कर्णाली प्रदेशका प्रमुख तिलक परियारले राष्ट्रिय एकता कायम गर्न मौलिक संस्कृतिको ठूलो योगदान भएको बताउनुभएको छ । 

तामाङ समुदायले नयाँ वर्षका रुपमा मनाउँदै आएको पर्व ‘सोनाम ल्होसार, २०७८’ का अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख परियारले विविधतापूर्ण संस्कृति हाम्रा सम्पदा र मौलिक पहिचान भएको बताउनुभयो । उहाँले साँस्कृतिक महत्व र मौलिक पहिचान बोकेको ‘सोनाम ल्होसार, २०७८’ को पावन अवसरमा कर्णालीसहित देश, विदेशमा रहेका सम्पूर्ण तामाङ समुदायका दाजुभाइ दिदीबहिनीहरुमा दीर्घजीवन र उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ । 

“सोनाम ल्होसार, २०७८ ले मुलुकको राष्ट्रिय एकता सुदृढ, सांस्कृतिक पहिचान कायम राख्न र सामाजिक सद्भाव अभिवृद्धि गर्न सहयोग पुर्याउने विश्वास लिएको छु”, जारी सन्देशमा उहाँले भन्नुभएको छ, “नेपालीहरुबीच आपसी सद्भाव, माया, बन्धुत्व कायम हुन गई सामाजिक न्यायसहितको समाजवादी देश निर्माणमा लाग्न मुलुकवासी सम्पूर्णलाई यस पर्वले उत्प्रेरणा दिनेछ  ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने