२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

विदेशमा रहेका युवाको सहयोगमा स्वास्थ्यचौकीलाई एम्बुलेन्स

१९ माघ २०७८, बुधबार ०६:२९

माघ १९, टीकापुर | रोगजारीका सिलसिलामा विदेशमा रहेका कैलालीको टीकापुर नगरपालिका–८ का युवाहरूले एम्बुलेन्स सहयोग गरेका छन् । धनसिंहपुर प्रवासी युवा समितिले टीकापुर नगरपालिका–८ स्थित धनसिंहपुर स्वास्थ्यचौकीलाई उक्त एम्बुलेन्स हस्तान्तरण गरेको छ । 

युवाहरूले ग्रामीण क्षेत्रका नागरिकलाई उपचारका लागि सहयोग पुगोस भन्दै एम्बुलेन्स खरिद गर्नका लागि आफ्नो कमाइको केही अंश सहयोग गरेका हुन् । धनसिंहपुर प्रवासी युवा समितिका अध्यक्ष ओमबहादुर साउदले सहयोग रकमले एम्बुलेन्स खरिद गरी स्वास्थ्य संस्थालाई हस्तान्तरण गरिएको बताउनुभयो । “यो सहयोग रोजगारीका लागि देश बाहिर गएका युवाको गाउँका नागरिकलाई देखाएको माया हो”, उहाँले भन्नुभयो । विभिन्न देशमा रोजगारी गर्दै आएका यहाँका २२ युवाको आर्थिक सहयोगमा रु ११ लाख ७६ हजारमा एम्बुलेन्स खरिद गरिएको हो ।

एम्बुलेन्सको साँचो बुझ्दै टीकापुर नगरपालिकाका प्रमुख तपेन्द्रबहादुर रावलले एम्बुलेन्स सहयोगका  लागि धन्यवाद दिनुभयो । “एम्बुलेन्स टीकापुर नगरपालिकाको सम्पत्तिका रुपमा जोडिएको छ । पैसा भएकाले होइन समाजसेवा र सहयोग गर्ने मन भएकाले मात्र यो गर्न सक्छन्”, उहाँले भन्नुभयो । हाल नगरपालिकाले रेडक्रसमार्फत सुत्केरी र गर्भवतीलाई सेवा दिन एम्बुलेन्स सञ्चालन गरिरहेको छ । 

टीकापुरमा हाल योसहित आठ एम्बुलेन्स सञ्चालनमा छन् । नगरपालिकाले हरेक वडामा एउटा एम्बुलेन्स सञ्चालन गर्ने योजनाअनुरुप काम गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने