2026-09-12 06:39 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाँके - BNK

भेरीमा उपचाररत एक सङ्क्रमितको मृत्यु

माघ १९, राँझा | नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत एक कोरोना सङ्क्रमित बिरामीको आज बिहान मृत्यु भएको छ । बाँकेको खजुरा गाउँपालिका–२ निवासी ८५ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेका स्रोतव्यक्ति तेज वलीले बताउनुभयो । उहाँका अनुसार गत पुस २३ गते भेरी अस्पतालमा पिसिआर गर्दा कोरोना सङ्क्रमण पुष्टि भएपछि भेरी अस्पतालमा भर्ना गरी उहाँको उपचार हुँदै आएको थियो । स्वास्थ्य अवस्थामा सुधार नभएपछि उहाँको आज बिहान मृत्यु भएको छ । योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ३४७ जना पुगेको छ ।

बाँकेमा आजदेखि १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाउन सुरु गरिएको छ । कोरोनाका नयाँ भेरियन्ट ओमिक्रोन फैलिएसँगै गएको पुस २९ गतेदेखि बाँकेका विद्यालय बन्द छन् ।

लक्षित समूहका बालबालिकालाई खोप लगाउन आज र भोलि दुई दिन विद्यालय खोलिएको छ । अधिकांश विद्यालयलाई खोप केन्द्र स्थापना गरेर खोप लगाउने काम सुरु भएको स्वास्थ्य कार्यालय बाँकेका खोप स्रोतव्यक्ति नरेश श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लाका आठवटै स्थानीय तहमा भोलिसम्म कोरोनाविरुद्धको मोडर्ना खोप लगाउने कार्यक्रम छ । करिब २४० वटा विद्यालयलाई केन्द्र बनाएर ६९ हजार बालबालिकालाई खोप लगाइने छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस