Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

चितवनमा आजदेखि सुकुम्बासीको जग्गा नापिने

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>माघ २०, चितवन | जिल्लाका तीन पालिकामा आजदेखि सुकुम्बासीको जग्गा नापिने भएको छ । राष्ट्रिय भूमि आयोगले जग्गा नापिको काम सुरु गर्न लागेको हो ।&nbsp;<br></p><p>आयोगले जग्गा नाप्नु पूर्व तीन पालिका भरतपुर महानगरपालिका, कालिका र माडी नगरपालिकाका अमिन तथा सर्वेक्षकलाई बुधबार प्रशिक्षण दिएको थियो । आयोगका जिल्ला अध्यक्ष बद्रि तिमिल्सीनाका अनुसार भरतपुरका छ वडा, कालिका र माडीका ३÷३ वडाबाट काम सुरु गर्न लागिएको हो । सुरुवाती गरेका वडा सकिएसँगै अन्य वडाको काम थालिने छ ।&nbsp;</p><p>भरतपुरमा ३५ दिन, कालिका नगरपालिकामा २० दिन र माडी नगरपालिकामा १५ दिनमा काम सम्पन्न गरि सम्बन्धित पालिकामा लगत बुझाउने गरि योजना बनाइएको छ । पालिकाले जिल्लास्थित राष्ट्रिय भूमि आयोगमा सो लगत पठाउने छ । तिमिल्सीनाका अनुसार नापजाँचका लागि २७ अमिन र नौ सर्वेक्षकलाई प्रशिक्षण दिइएको छ ।</p>