२६ चैत्र २०८१, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

कोरोना सङ्क्रमणको बढ्दो जोखिमः परीक्षण नै नगराई धेरै नागरिक एकान्तवासमा

२० माघ २०७८, बिहीबार ०९:३९

माघ २०, सुदूरपश्चिम |  केही हप्ता देखिको बढेको अत्यधिक चिसोले कष्टकर बनेको जनजीवन एकाएक फैलिएको कोरोना भाइरस सङ्क्रमणका कारण यहाँका स्थानीयवासी थप सास्ती खेप्न बाध्य छन् ।

अत्यधिक चिसो मौसमसँगै घाँटी खसखस हुने, दुख्ने, ज्वरो आउने, रुखाखोकी लाग्ने, टाउको दुःख्नेजस्ता कोरोना भाइरससँग मिल्दो लक्षण देखिएका बिरामी बढ्ने क्रम रोकिएको छैन । आफू कोरोना सङ्क्रमित भएको आशङ्कामा यस्तो लक्षण भएका धेरै व्यक्ति नमूना परीक्षण नगराई घरकै एकान्तवासमा बस्न बाध्य भएका छन् ।

यतिबेला हरेक घरमा यस्ता लक्षण भएर थलिएका कतिपयले नमूना परीक्षण गराए पनि धेरै नागरिक नमूना परीक्षणबिना नै एकान्तवासमा छन् । ‘‘नमूना जचाउँदा कोरोना ‘पोजेटिभ’ देखाइहाल्छ, यो भन्दा घरकै एकान्त कोठामा बस्न उचित ठानेकाले नमूना परीक्षण नगराएरै बसेको छु’’, धनगढीका एक स्थानीयवासीले भन्नुभयो । नमूना सङ्कलन केन्द्रसम्म पुगेर नमूना दिन जाँदा लाग्ने भीडले सङ्क्रमित भइने डर नागरिकमा देखिन्छ ।

धनगढीमा भेटिनुभएकी कञ्चनपुर कृष्णपुर नगरपालिका–९ की रोमती चौधरीले रुघाखोकी ज्वरोको समस्याले आफ्नो घर परिवारका सदस्य पालैपालो बिरामी पर्दा सबैलाई घरेलु उपचार गरेर सञ्चो पारिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘यति बेला गाउँमा धेरै व्यक्ति कोरोना भाइरस सङ्क्रमणजस्तै लक्षण देखिएर ज्वरोले थलिएका छन्, नमूना परीक्षण नगराउँदै धेरै व्यक्ति सञ्चो पनि भइरहेका छन् ।’’ यो लक्षण कोरोना भाइरसको नयाँ भेरियन्टकै कारण रहेको स्वास्थ्यकर्मीले बताएका छन् । हाल फैलिएको कोरोनाको ओमिक्रोन भेरियन्टको सङ्क्रमण दर डेल्टा भेरियन्ट भन्दा छ/सात गुणाले बढी हुने गरेको बताइएको छ 

अहिले फैलिएको कोरोना भाइरसलाई धेरै नागरिकले सामान्य रुपमा लिँदा पनि यसको सङ्क्रमण दर बढेको स्वास्थ्यकर्मीको भनाइ छ । ‘‘कोरोना फैलिएको सुरुको वर्ष मानिस निकै डराएका थिए’’, कैलालीका असिफ अन्सारीले भन्नुभयो, ‘‘मानिसमा अब भने विस्तारै कोरोनाको डर हराउँदै गएको देखिन्छ ।’’ स्थानीय प्रशासनले कोरोना रोकथामका लागि निषेधाज्ञा जारी गरेपनि त्यसको पालना गर्ने गराउनेमा नागरिकबाट लापरबाही भइरहेको छ ।

जोखिम मोलेरै स्याहार गर्दै बिरामीका कुरुवा

सेती प्रादेशिक अस्पताल धनगढीको कोभिड वार्डमा उपचाररत बिरामीका कुरुवा जोखिम मोलेरै बिरामीको स्याहार गर्नुपर्ने बाध्यतामा छन् । चिकित्सक र नर्सिङ् स्टाफले उपचार व्यवस्थापन गर्दा कुरुवा स्वयमले सघन उपचार कक्षसम्म पुगेर बिरामीलाई खाना खुवाउनुपर्ने अवस्था छ । जसका कारण  कुरुवामासमेत सङ्क्रमणको जोखिम देखिएको छ । 

सघन उपचार कक्ष बाहिर भेटिनुभएका कुरुवा वीरसिंह धामीले भन्नुभयो,‘‘एकतिर अहिलेको चिसो मौसम बेला बाहिर कठ्याङ्ग्रिएर रात काट्नु परेको छ,अर्कोतिर बेडसम्म पुगेर बिरामीको स्याहार गर्नु पर्दा आफै सङ्क्रमित भइने जोखिम छ ।’’ बिरामीलाई उपचार व्यवस्थापनमा सहयोग पुर्याउन २४सै घन्टा कुरुवा बस्नै परेको उहाँको भनाइ छ । गत वर्षको कारोना महामारीका बेला अस्पतालले नै कोरोनाका बिरामीलाई निःशुल्क खाना खुवाउँदै आएको थियो । बजेट अभावका कारण यसवर्ष भने खानाको जोहो सम्बन्धित बिरामीका कुरुवाले गर्नुपरेको बताइएको छ ।

  कोरोना भाइरस फैलिएयता हालसम्म सुदूरपश्चिम प्रदेशमा ५८ हजार २८२ हजार व्यक्ति सङ्क्रमित भइसकेका छन् । विगत एक हप्ताभित्रमा सङ्क्रमितमध्ये छ जनाको मृत्यु भइसकेको छ । स्वास्थ्य निर्देशनालय दीपायलको तथ्याङ्कका अनुसार प्रदेशमा पछिल्लो एक हप्ताभित्रमा तीन हजार १८४ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भ्रष्टाचारलाई जरैदेखि सफा गर्नुपर्छ : महामन्त्री थापा राजतन्त्र फर्कन्छ भन्ने कुरा दिउँसै देखेको सपना मात्रै हो : प्रधानमन्त्री ओली सरकारले आन्दोलनरत शिक्षकलाई वार्तामा बोलायो केपी शर्मा ओलीले एमालेलाई कसैले हल्लाउन नसक्ने बताए राप्रपाका नेता कार्यकर्ताहरुले बल्खुमा सभा सकिएपछि आफैँ सडक सफा गरे नेपाल शिक्षक महासंघ आन्दोलनको समीक्षा गर्न बैठकमा जुटे नेपाललाई ग्रे लिष्टबाट बाहिर ल्याउन कार्य योजनालाई अन्तिम रूप दिने मंगलबारदेखि बिहीबारसम्म देशका विभिन्न स्थानमा वर्षाकाको सम्भावना राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले देश यही अवस्थामा जान सक्ने अवस्था नरहेको बताए हत्यापश्चात साधुको भेषमा लुकिछिपी बसेका अपराधी १७ वर्षपछि पक्राउ सामाजिक सुरक्षा कोषले सञ्चालन गरेको औषधि उपचार र दुर्घटनासम्बन्धी सेवा लिन परिवारकै राष्ट्रिय परिचयपत्र अनिवार्य विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले नेपालमा मातृ मृत्युदर घटेको जनाए दीपकबहादुर सिंहले देश बचाउनका लागि राजा फर्काउनुबाहेक अरु विकल्प नरहेको बताए भाटभटेनीमा चोरी गर्ने र तीनकुनेमा आगो लगाउने पूर्वमाओवादी रहेको आरोप : ज्ञानबहादुर शाही राष्ट्रिय प्रजातन्त्र पार्टीले बल्खुमा आफ्नो सभास्थल नजिक रहेका घरधनीहरूलाई चनाखो रहन आग्रह गरे संयुक्त राष्ट्रसंघको आयोगमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीको सम्बोधन शिक्षकहरूले मोबाइलको टर्च बालेर सरकारको विरोध गरे तीनकुने हिंसामा मारिएका सुरेश र सविनको परिवारलाई भाटभटेनीका अध्यक्ष मिनबहादुर गुरुङले नगद सहयोग गरे माधव कुमार नेपालले उपराष्ट्रपति बनिसकेका पासाङ माओवादी केन्द्रको उपाध्यक्ष बनेपछि विरोध गरे  राजतन्त्रको औचित्य छैन : माधवकुमार नेपाल