२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

मेलम्ची बाढीबाट क्षतिग्रस्त विद्यालयका लागि १२ लाख सहयोग

२१ माघ २०७८, शुक्रबार ०६:३४

माघ २१, सिन्धुपाल्चोक | गत असार १ गते र त्यसपछिका दिनमा आएको बाढीका कारण भौतिक संरचनामा आंशिक क्षति भई उच्च जोखिममा रहेको मेलम्ची नगरपालिका–६ स्थित श्री तेर्से माध्यमिक विद्यालयलाई अत्याधुनिक प्रविधियुक्त फिल्टरसहितको शुद्ध पिउने पानी व्यवस्थापन गरेर विद्यालयको भौतिक पुनःव्यवस्थापनका निम्ति रु १२ लाख २५ हजार सहयोग रकम हस्तान्तरण गरिएको छ । मेलम्ची–४ थकनी निवासी हाल इटालीमा बस्दै आउनुभएका रवीन्द्र अर्यालको संयोजनमा गरिमा भोयज ट्राभल एण्ड टुर्स प्रालि र न्यूभिजन नेपालमार्फत उक्त सहयोग हस्तान्तरण गरिएको हो ।

बागमती प्रदेशका पूर्वसामाजिक विकासमन्त्री  युवराज दुलाल एवं मेलम्ची–६ का वडाध्यक्ष जीतराज थापा र न्यूभिजन नेपालका अध्यक्ष अशोक शर्माको आतिथ्यतामा विद्यालयमा आयोजित एक विशेष कार्यक्रमकाबीच बिहीबार सहयोग हस्तान्तरण गरिएको हो ।

सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै पूर्व सामाजिक विकासमन्त्री दुलालले बाढीपश्चात तत्काल संरक्षणका लागि विद्यालयले गरेको प्रयासको प्रशंसा गर्दै बाढीग्रस्त क्षेत्रको पुनःनिर्माणका लागि स्थानीय, प्रदेश र केन्द्र सरकारबीच समन्वय गरी ठोसरूपमा गराउन आफू निरन्तर लागिपरेको बताउनुभयो । विद्यालयका पूर्वप्रधानाध्यापक वडाध्यक्ष थापाले सहयोगीप्रति धन्यावाद दिनुभएको थियो भने विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद ढुङ्गानाले विद्यालयको संरक्षण र पुनःव्यवस्थापनमा सहयोगको उच्च प्रशंसा गर्दै सहयोगलाई उचित सदुपयोग गर्दै पारदर्शी र मितव्ययी ढङ्गबाट परिचालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ