2026-08-31 08:03 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

क्यान्सर रोग पुरुषमा भन्दा महिलामा बढी

माघ २१, चितवन | पुरुषमा भन्दा महिलामा क्यान्सर रोग बढी देखिएको छ । यहाँको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचार गर्न आउने बिरामीको तथ्याङ्कले पुरुषभन्दा महिलाको सङ्ख्या बढी देखाएको हो । अस्पतालको तथ्याङ्कअनुसार कूल नयाँ क्यान्सरका बिरामीमध्ये ५५ प्रतिशत महिला र  पुरुष ४५ प्रतिशत छन् ।

 गत आर्थिक वर्षमा अस्पतालमा ९० हजार ५७१ ले सेवा लिएकामा चार हजार ६०८ नयाँ क्यान्सरका बिरामी थिए । अस्पतालका कार्यकारी निर्देशक डा देजकुमार गौतमका अनुसार नयाँ क्यान्सका बिरामीमध्ये दुई हजार ५१७ महिला र दुई हजार ९१ पुरुष रहेका छन् । पच्चिस हजार हाराहारी पुराना क्यान्सरका बिरामी रहेको उहाँको भनाइ थियो ।

अघिल्ला वर्षको तुलनामा कोभिडका कारण गत वर्ष बिरामीको सङ्ख्या कम देखिएको र त्यस अवधिमा महिलाको सङ्ख्या बढ्दै गएको कार्यकारी निर्देशक गौतमले बताउनुभयो ।  अस्पतालमा आएका बिरामीमध्ये सबैभन्दा बढी १२ प्रतिशत फोक्सोको क्यान्सरका थिए । दोस्रो धेरै पाठेघरको मुखको क्यान्सर १० दशमलव १७ प्रतिशत, स्तनको क्यान्सर १० दशमलव ११ प्रतिशत, मुखभित्रको क्यान्सर नौ दशमलव पाँच प्रतिशत रहेका थिए । यस्तै महिलाको पाठेघर, पित्तथैली, आमाशय, थाईराइड र कलेजोमा ल्युकेमिया, कोलनजस्ता क्यान्सर हुने गर्दछ । पुरुषको आमाशय, पिसाबथैली, ल्यारेक्स, कलेजो, ल्युकेमिया र जिब्रोमा रेक्टम, कोलनजस्ता क्यान्सर बढी हुने गरेका छन् ।

 क्यान्सर हुनाको यकिन कारण भन्न नसकिए  पनि स्तन र पाठेघरको मुखको क्यान्सर बढी भएका कारण महिलाको सङ्ख्या बढ्दै गएको हुनसक्ने अनुमान उहाँको थियो । पुरुष प्राय उपचारका लागि विदेश जाने तर धेरैजसो महिलाको यही उपचार हुने भएकाले पनि महिलाको तथ्याङ्क बढेको हुनसक्ने पनि अनुमान गरिएको छ । निर्देशक गौतमको भनाइमा नेपालमा २५ हजार हाराहारी नयाँ बिरामी थपिन्छन् । तीमध्ये आधाभन्दा बढी उपचारका लागि विदेश जाने गर्दछन् ।

अस्पतालका महिला क्यान्सर रोग विशेषज्ञ डा विजय आचार्यले महिलाको स्तन र पाठेघरको मुखको क्यान्सर धेरैजसोलाई हुने भएकाले महिलाको सङ्ख्या बढ्नामा एउटा कारण हुनसक्ने बताउनुभयो । पुरुष विदेश गएर उपचार गराउने र प्राय महिलाको नेपालमै उपचार हुने भएर सङ्ख्या बढेको हुनसक्ने उहाँको पनि आँकलन थियो । यहाँको क्यान्सर अस्पतालमा गत वर्ष थोरै सङ्ख्यामा उपचार भएकाले यही तथ्याङ्कको आधार नै सही हो भन्न सक्ने अवस्था नरहने उहाँको भनाइ थियो । पहिले पहिले दुई तीन प्रतिशत पुरुष बढी क्यान्सर रोगी हुने गरेको अस्पतालका पूर्वकार्यकारी निर्देशकसमेत रहनुभएका आचार्यको भनाइ थियो ।

सोही अस्पतालका नाक, कान, घाँटी रोग विशेषज्ञ डा अनिलविक्रम कार्कीले महिलामा जनचेतना बढेका कारण परीक्षण गराउन आउने सङ्ख्या बढेको हुनसक्ने बताउनुभयो । उहाँले भन्नुभयो, “पाठेघरको मुख र स्तनजस्ता क्यान्सर घटाउन स्थानीयस्तरमा जनचेतनाका कार्यक्रम गर्नुपर्यो ।” स्क्रिनिङ कार्यक्रम गरेर परीक्षण गर्ने र व्यापक जनचेतना जगाउन सकेमा क्यान्सर रोकथाम गर्न सहज हुने उहाँको भनाइ थियो  ।

अस्पतालका उपनिर्देशक डा कृष्णसागर शर्माले खानपान र आनीबानीबाट आधाभन्दा बढी क्यान्सर रोग घटाउन सकिनेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “समयमै उपचार गरे धेरैजसो क्यान्सर निको हुन्छ ।” सुर्तीजन्य पदार्थ, मदिरा र लागुपदार्थले क्यान्सर बढाउने गर्दछ । बासी, सडेगलेका र ढुसी परेका खानेकुरा, पोलेर वा डढेको मासुलगायत खानेकुरा  र अखाद्य रङ प्रयोग गरेका खानेकुरा खाएमा क्यान्सर हुनसक्ने सम्बद्ध चिकित्सकले बताए  ।

धुलो, धुँवा र वातावरणीय प्रदूषणबाट जोगिन, नियमित शारीरिक व्यायाम गर्न, मौसमअनुसारका सागपात, तरकारी र फलफूलको नियमित सेवन गर्न पनि उनीहरुले सुझाए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, चितवनमा मात्रै २४८ शव फेला त्रिशूली जलविद्युत् आयोजनाको सुरुङबाट २०८ जनाको उद्धार टनेलमा फसेकाको उद्धार गर्न नेपालले भारत र चीनसँग माग्यो सहयोग बाढी–पहिरोले मुख्य सडक अवरुद्ध भएपछि धादिङबेसी जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा भोटेकोशी बाढी प्रभावितको उद्धार–राहत तीव्र बनाउन प्रधानमन्त्रीलाई आङ्देम्बेको ९ बुँदे माग त्रिशूली बाढीले नुवाकोटमा ठूलो क्षति, ५१ शव फेला, ४०५ अझै बेपत्ता दुर्गन्ध र संक्रमणको जोखिमपछि चितवनमा २२९ शव जमिनमा व्यवस्थापन गरिँदै रसुवाको बाढीले नारायणीमा बढ्यो बहाव, पश्चिम चितवनका बस्ती उच्च जोखिममा भोटेकोशी बाढीले अवरुद्ध काठमाडौँ–मुग्लिन सडक खुल्यो भोटेकोशीमा फेरि बाढीको जोखिम, नदी थुनिएर बनेको ताल फुट्ने सम्भावना धादिङमा बाढीले बगाएर ल्याएको सेफ फोडेर रकम निकाल्ने २९ जना पक्राउ रसुवाको भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २ हजार ४२६ अझै बेपत्ता बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने