२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रसुवा - RSW

बिस्थापितलाई खाद्यान्न बितरण

१३ भाद्र २०७२, आईतवार ०६:०६

हेमन्त खतिवडा/भदौ १३, रसुवा । २०७२ बैशाख १२ गतेको
विनाशकारी भुकम्पले बिस्थापित परिवारलाई जिल्ला भूमिअधिकार मञ्चले खाद्यान्न बितरण गरेको छ ।
खाद्यान्नको समस्या भईरहेको अवस्थामा चामल पाएपछि बिस्थापितहरू खुशी भएका छन् ।pidit

धेरै
परिवार बिस्थापित भएको गाविस गाविस मध्ये हाकु गाविसक भौगोलिक, आर्थिक हरेक हिसाबले पिछडिएको, शत
प्रतिशत जनजातीहरूको बसोबास रहेको हाकु गाविसका नागरिकहरूलाई भुकम्पले असर मात्र गरेन् गाविस नै
विस्थापित बनायो ।

यँहाका हाकु गाविसका सबै नागरिकहरू गाविसवाट विस्थापित भई रसुवा जिल्लाको
सदरमुकाम धुन्चेलगायत अन्य स्थानहरूमा छरिएर बसोबास गर्द आएका छन् ।

भुकम्पबाट यहाँका १५ जनाले
ज्यान गुमाएका छन् । ११ जना घाईते भएका छन् । हाकुको वडा नं २ देखी ७ सम्म विगतको वर्षहरूमा पनि
भूमिअधिकार तथा कृषिवन प्रतिष्ठानले काम गरिएको थियो । वडा नं २ र ३ मा डब्लुजेआर, सामुदायिक आत्मनिर्भर
केन्द्रको सहयोगमा खाद्यान्न वितरण गरिएकोले बाकी वडाहरू ४, ५, ६ र ७ का विस्थापित परिवारलाई एक्सनएड
नेपालको सहयोग तथा कृषिवन प्रतिष्ठान र भूमिअधिकार मञ्चको सहकार्यमा खाद्यान्न वितरण गरियो

राहत स्वरुप वितरण गरिएको खाद्यान्नमा प्रति परिवार २५ केजी चामल, ५ केजी दाल, २ लिटर तेल, १
केजी चिनि, १ प्याकेट नुन र सर्वोत्तम पिठो वितरण गरिएको छ । हाकु त्यसै पनि धान लगायत अन्न नफल्ने ठाउ
। किनेर ल्याएको तथा घरमा भएका थोरै अन्नपात पनि घरहरू पूर्ण ध्वस्त भएकाले निकाल्न नपाएको अवस्था छ ।
हाकुका जनताले हालसम्ममा पाएको खाद्यान्न पनि सक्किएको र फर्केर हाकु जाने अवस्था पनि नभएको हुँदा
पिडामा परेको समयमा राहत स्वरुप गरिएको सानो सहयोगले पनि हाकुवासीलाई धेरै सहयोग पु¥याएको छ ।
मञ्चका
केन्द्रीय सदस्यको सक्रियतामा धुन्चेमा राहत बितरण भएको थियो । बितरणमा जिल्ला मञ्च सचिव लगायत मञ्चका
पदाधिकारीहरू न्याफका जिल्ला संयोजक कमल आचार्य र हाकुका गुठी पीडित स्थानीय अगुवाहरू सहभागी थिए ।
त्यसैबीच खाद्यान्न अभाव भएको बिस्थापितहरूको क्याम्पमा खाद्यान्न आपुर्ति गर्नु पर्ने घुम्ती नागरिक
सहायता केन्द्रले जनाएको छ ।

लहरेपौवा गाविसको बोगटीटार तथा राम्चे गाविस १ गुम्चेतकाबाट
बिस्थापित भई राम्चे गाविसकै वडा नं ४ ग्राङ गाउँनजिकैको नर्सरीममा बस्दै आएक १३ परिवार बिस्थापितहरुलाई
खाद्यन्न अभाव सहायता कक्षका स्वयमसेवक केशव गँजुरेलले बताए ।

नदिकटान तथा पहिरोले बिस्थापित
हुनु प¥यो जग्गा जमिन बगायो के खाने आएको राहत पनि सकियो के खाने महिला बालबालिका र बृद्धहरुको बिचल्ली
हुन लाग्यो स्थानीय युवा समाजसेवी लवाङ तामाङले भने ‘ खाद्यान्न अभाव हुन थाल्यो कसले कहाँबाट जुटाउने
?

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने