2026-07-09 07:15 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रसुवा - RSW

बिस्थापितलाई खाद्यान्न बितरण

हेमन्त खतिवडा/भदौ १३, रसुवा । २०७२ बैशाख १२ गतेको
विनाशकारी भुकम्पले बिस्थापित परिवारलाई जिल्ला भूमिअधिकार मञ्चले खाद्यान्न बितरण गरेको छ ।
खाद्यान्नको समस्या भईरहेको अवस्थामा चामल पाएपछि बिस्थापितहरू खुशी भएका छन् ।pidit

धेरै
परिवार बिस्थापित भएको गाविस गाविस मध्ये हाकु गाविसक भौगोलिक, आर्थिक हरेक हिसाबले पिछडिएको, शत
प्रतिशत जनजातीहरूको बसोबास रहेको हाकु गाविसका नागरिकहरूलाई भुकम्पले असर मात्र गरेन् गाविस नै
विस्थापित बनायो ।

यँहाका हाकु गाविसका सबै नागरिकहरू गाविसवाट विस्थापित भई रसुवा जिल्लाको
सदरमुकाम धुन्चेलगायत अन्य स्थानहरूमा छरिएर बसोबास गर्द आएका छन् ।

भुकम्पबाट यहाँका १५ जनाले
ज्यान गुमाएका छन् । ११ जना घाईते भएका छन् । हाकुको वडा नं २ देखी ७ सम्म विगतको वर्षहरूमा पनि
भूमिअधिकार तथा कृषिवन प्रतिष्ठानले काम गरिएको थियो । वडा नं २ र ३ मा डब्लुजेआर, सामुदायिक आत्मनिर्भर
केन्द्रको सहयोगमा खाद्यान्न वितरण गरिएकोले बाकी वडाहरू ४, ५, ६ र ७ का विस्थापित परिवारलाई एक्सनएड
नेपालको सहयोग तथा कृषिवन प्रतिष्ठान र भूमिअधिकार मञ्चको सहकार्यमा खाद्यान्न वितरण गरियो

राहत स्वरुप वितरण गरिएको खाद्यान्नमा प्रति परिवार २५ केजी चामल, ५ केजी दाल, २ लिटर तेल, १
केजी चिनि, १ प्याकेट नुन र सर्वोत्तम पिठो वितरण गरिएको छ । हाकु त्यसै पनि धान लगायत अन्न नफल्ने ठाउ
। किनेर ल्याएको तथा घरमा भएका थोरै अन्नपात पनि घरहरू पूर्ण ध्वस्त भएकाले निकाल्न नपाएको अवस्था छ ।
हाकुका जनताले हालसम्ममा पाएको खाद्यान्न पनि सक्किएको र फर्केर हाकु जाने अवस्था पनि नभएको हुँदा
पिडामा परेको समयमा राहत स्वरुप गरिएको सानो सहयोगले पनि हाकुवासीलाई धेरै सहयोग पु¥याएको छ ।
मञ्चका
केन्द्रीय सदस्यको सक्रियतामा धुन्चेमा राहत बितरण भएको थियो । बितरणमा जिल्ला मञ्च सचिव लगायत मञ्चका
पदाधिकारीहरू न्याफका जिल्ला संयोजक कमल आचार्य र हाकुका गुठी पीडित स्थानीय अगुवाहरू सहभागी थिए ।
त्यसैबीच खाद्यान्न अभाव भएको बिस्थापितहरूको क्याम्पमा खाद्यान्न आपुर्ति गर्नु पर्ने घुम्ती नागरिक
सहायता केन्द्रले जनाएको छ ।

लहरेपौवा गाविसको बोगटीटार तथा राम्चे गाविस १ गुम्चेतकाबाट
बिस्थापित भई राम्चे गाविसकै वडा नं ४ ग्राङ गाउँनजिकैको नर्सरीममा बस्दै आएक १३ परिवार बिस्थापितहरुलाई
खाद्यन्न अभाव सहायता कक्षका स्वयमसेवक केशव गँजुरेलले बताए ।

नदिकटान तथा पहिरोले बिस्थापित
हुनु प¥यो जग्गा जमिन बगायो के खाने आएको राहत पनि सकियो के खाने महिला बालबालिका र बृद्धहरुको बिचल्ली
हुन लाग्यो स्थानीय युवा समाजसेवी लवाङ तामाङले भने ‘ खाद्यान्न अभाव हुन थाल्यो कसले कहाँबाट जुटाउने
?

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो नेप्से २४.५७ अंकले बढ्यो असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो