२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

पर्यटकीय गन्तव्य बन्दै बैकुण्ठपुरी सङ्ग्रहालय

२३ माघ २०७८, आईतवार ०८:३३

माघ २३, अर्घाखाँची | अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–४ वाङगलामा रहेको बैकुण्ठपुरी सङ्ग्रहालय अहिले पर्यटकीय गन्तव्य बन्दै गएको छ । 

परम्परागत मौलिक संस्कृति, संस्कार र जीवनशैली चिनाउने बैकुण्ठपुरी सङ्ग्रहालयमा हिजोआज घुम्न आउने आन्तरिक पर्यटकको सङ्ख्या  दिनानुदिन बढ्दै गएको छ । 

पत्रकार निमबहादुर रिजालको सक्रियतामा सन्धिखर्क नगरपालिका–४ वाङ्गलाको आमडाँडामा स्थापित सङ्ग्रहालयमा लोप हुने अवस्थामा रहेका पुराना भाँडाकुँडा तथा प्रयोग गर्ने सामान राखिएको छ । नेपाल पत्रकार महाङ्घका पूर्वअध्यक्षसमेत रहनुभएका रिजालको सक्रियतामा ज्येष्ठ नागरिक जिल्ला सङ्घ अर्घाखाँचीले बाबु–बाजेले प्रयोग गरेका पुराना वस्तु लोप हुन थालेकाले यसलाई भावी पुस्तामा जानकारी गराउने उद्देश्यले सङ्ग्राहलयको स्थापना गरेको हो । सङ्ग्रहालयमा मौलिक वस्तु सङ्कलन गरेर राखिएका छन् । 

पहिला बाबु बाजेले प्रयोग गरेका तर अहिलेका पुस्ताले नदेखेका सामग्री उक्त सङ्ग्रहालयमा राखिएका छन् । कपडा राख्ने काठको मदुस, घ्यू राख्ने हर्पे, तेल राख्ने चौठी, मोही पार्ने काठको ठेको, मदानी, दही जमाउने काठको आरी सङ्ग्रहालयमा राखिएको व्यवस्थापक उमा रिजालले बताउनुभयो । यसैगरी उखु पेल्ने काठको कोल, तेल पेल्ने काठको कोल, धान कुट्ने ढिँकी, मकै पिस्ने जाँतो, खेतबारी जोत्ने हलो, असारमा हिलोमा लगाउने खोक, काठको दूध निकाल्ने डाडु, काठका चप्पललगायतका वस्तु सङ्ग्रहालयको मुख्य आकर्षणको रुपमा रहेका छन् ।

“बाबुबाजेले प्रयोग गरेका पुराना वस्तुको लोप हुन थालेको र भावी पुस्तालाई सो कुराको जानकारी समेत नहुने भएकाले सङ्ग्रहालय बनाएर पुराना वस्तु सङ्कलन गरिएको पत्रकार रिजालले जानकारी दिनुभयो । उहाँका अनुसार पानी आउँदा ओढ्ने सिउ, धर्मशालामा राखिने घँैटो, भजनमा बजाउने खैजडी, डाला, सुपा, तमाखु खान प्रयोग गरिने हुका, चिलिम, पुराना टेपरेकर्डर, भोटे ताल्चा, दाउ, बाँसको काइियो लगायतका थुप्रै वस्तु सङ्ग्रहालयमा राखिएको छ ।

त्यस्तै रुखमा बनाइएको घर र घरमै पालेको कछुवा तथा कमलको फुल पनि आकर्षणको केन्द्रको रुपमा रहेका छन् । प्रचारप्रसार गर्न सकेमा अर्घाखाँचीमा बाहिरबाट आउने पर्यटकको अबको गन्तव्य बैकुण्ठपुरी सङ्ग्रहालय हुनेछ । यसका लागि सबैको ध्यान जान जरुरी छ । 

सो क्षेत्रमा नयाँ पर्यटकीय गन्तव्य निर्माण गर्ने अभियानअनुसार काम शुरु भएको बताइएको छ । यसलाई अझै थप व्यवस्थित बनाउने काममा लागिपरेको पत्रकार रिजालको भनाइ छ । अहिले यहाँ घुम्न र हेर्नका लागि आन्तरिक पर्यटक आउने गरेको बताइएको छ । नयाँ र आकर्षक गन्तव्य निर्माणमा गाउँपालिकाले पनि सहयोग गर्न लागिएको उहाँले बताउनुभयो । योसँगै त्यहाँ रोजगारीसमेत बढने विश्वास लिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली