भदौ १०, काठमाडौ । हुम्लामा ९ देखि १५ सम्म स्थानीय तह निर्धारण गर्दा उपर्युक्त हुने"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १०, काठमाडौ । हुम्लामा ९ देखि १५ सम्म स्थानीय तह निर्धारण गर्दा उपर्युक्त हुने"/>
२८ मंसिर २०८२, शनिबार
समाज

हुम्लाको स्थानीय संख्या ९ देखि १५ सम्म हुनपर्नेमा जोड

१० भाद्र २०७३, शुक्रबार ०९:२८

भदौ १०, काठमाडौ । हुम्लामा ९ देखि १५ सम्म स्थानीय तह निर्धारण गर्दा उपर्युक्त हुने धारणा काठमाडौमा रहेका हुम्लीहरुको तर्फबाट उठेको छ । राजधानीको संवाद डवलीमा आयोजित अन्तरक्रियामा सहभागीहरुले भने, ‘हुम्लाको भूगोलअनुसार आयोगले प्रस्ताव गरेको ५ क्षेत्रले पुग्दैन ।’

 हुम्लाको विकासबारे विभिन्न क्षेत्रको अनुसन्धान गर्दै आएका दीपेन्द्र रोकायाले जनसंख्याजस्तै भूूगोलको उपयोग तथा ब्यवस्थापन गर्न सके हुम्लाको भाग्य फेरिने अवधारणा प्रस्तुत गरे ।  ‘यसका लागि बढी प्रतिनिधित्व हुने आधार निर्माण गर्न सकिएमा हुम्लाको स्रोत परिचालन गर्न सकिन्छ’ उनले भने,  यस आधारबाट हेर्दा १५ स्थानीय निकाय हुँदा राम्रो हुने देखिन्छ ।’ नेकपा माओवादी केन्द्रका नेता छिरिङ दम्डुल लामा ‘कार्चेन’ र लालकेश जोशीले स्थानीय निकायको पुनर्संरचना गर्दा जनसंख्याजस्तै भूगोललाई पनि मान्यता दिनपर्ने दावी गरे ।

उनीहरुले यसमा विशेषतः दलहरुको धारणा मुख्य हुने र आयोगको धारणा सहयोगी हुने टिप्पणी गरे । हुम्लाका प्रमुख जिल्ला अधिकारी डा। कृष्णबहादुर घिमिरेले हुम्लाको १९ प्रतिशत बस्न र खेतीयोग्य जमीन रहेको चर्चा गर्दै स्थानीय पुुनर्संरचना आयोगले गरेको प्रस्ताव चित्त बुझ्दो नभएको बताए । ‘यति उति भन्न म सक्तिनँ, तर संख्यामा सुधार गर्नै पर्दछ’ उनले भने ।

 हुम्लाका स्थानीय विकास अधिकारी वलदेवप्रसाद जोशीले यस विषयमा हुम्लामा पाँच वटा अवधारणा आएको बताए । उनले भने, ‘५, ७, ८, ९ र १३ को कुरा आएको छ, संख्या किटान भएपछि अरु काम अघि बढाउन सकिन्छ ।’ उनले संवैधानिक रुपमा २२ वटा अधिकार प्रयोग गर्ने स्थानीय सरकारलाई ७० जना कर्मचारी आवश्यक पर्ने जानकारी पनि दिए । संवाद डवलीका सचिव धनञ्जय बुढा लगायतका सहभागीहरुले वस्ती विकासलाई ध्यान दिन र प्राकृतिक स्रोतमा विशेष ध्यान दिनपर्ने बेला आएको बताए । उनीहरुले नुनदेखि सुनसम्मको खानी तथा यार्सागुम्बा लगायत जडीबुटीको चर्चा समेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ