2026-06-14

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पर्वतमा नेपालकै पहिलो ‘स्काई क्याफे’ सञ्चालन

माघ २४, पर्वत | सदरमुकाम कुश्माबजारमा नेपालकै पहिलो ‘स्काई क्याफे’ सञ्चालनमा आएको छ । कालीगण्डकी नदीमाथि ‘द क्लिफ’ कम्पनीले स्थापना गरेको विश्वकै दोस्रो अग्लो बञ्जीजम्प पुलमा नेपालमै पहिलोपटक ‘स्काई क्याफे’ सञ्चालनमा ल्याएको हो ।  

कालीगण्डकीमा निर्माण भएको बञ्जीजम्पको निर्माण तथा सञ्चालक कम्पनीले उक्त क्याफे सञ्चालनमा ल्याइएको जनाएको छ । ‘द क्लिफ’का सञ्चालक राजु कार्कीका अनुसार ‘स्काई साइक्लिङ’का लागि राखिने तारजस्तै गरेर कालीगण्डकी नदी किनारमा रहेको अग्लो भिरमा तार टाँगिएको छ । ‘क्याफे’ मा बस्नका लागि फलाममा काठका फ्ल्याक जडान गरेर बेञ्च र टेबल निर्माण गरिएको छ । त्यही टेबललाई घिर्नीका माध्यमबाट तारमा झुन्ड्याइएको छ, घिर्नीकै माध्यमबाट डरलाग्दो तारे भिरका माथि तारमा ‘क्याफे’ विस्तारै हिँडिरहेको हुन्छ ।

त्यहाँ बसिरहेका ग्राहकले यात्रा सुरु गर्ने बेला ‘अर्डर’ गरेका खानेकुरा खाँदै खुला आकाशमा यात्रा गर्न पाउँछन् । “बन्जीसहितका अन्य साहसिक खेलका लागि पर्वतको द क्लिफ पर्यायवाची भइसकेको छ, हामी सकेसम्मका फरक तर एडभेन्चर खालका खेल तथा पूर्वाधारको निर्माणमा जुटिरहेका छौँ, स्काई क्याफे पनि यही अवधारणामा तयार भएको हो”, कार्कीले भन्नुभयो, “तारमा झुन्डिएर हिँडिरहेको क्याफेमा बसेर खाजा खानुको मजा बेग्लै छ । 

कालीगण्डकी नदीको सतहबाट २२८ मिटरको उचाइमा रहेको बन्जी बराबरकै उचाइमा ‘स्काई क्याफे’ सञ्चालन गरिएको ‘द क्लिफ’ का अर्का सञ्चालक युवराज जोशीले बताउनुभयो । अहिले सुरुआती चरण भएको र प्रचार नगरिएकै अवस्थामा समेत दैनिक औसतमा ५० जनाले ‘स्काई क्याफे’ मा बसेर जुस र कफी लिने गरेको उहाँको भनाइ छ ।

क्याफेका लागि मात्रै झण्डै रु ९५ लाख लगानी गरेको बताउँदै उहाँले प्रतिव्यक्ति रु दुई हजार ५०० शुल्क राखिएको जानकारी दिनुभयो । सञ्चालक जोशीका अनुसार कालीगण्डकी नदीमाथि १२० मिटरको लम्बाइका तार राखेर क्याफे सञ्चालन गरिएको छ । अहिले सुरुआत मात्रै भएका कारण आगामी दिनमा थप साहसिक बनाउनका लागि थप विकल्पका बारेमा छलफल भइरहेको छ । 

कोभिड–१९ को सङ्क्रमण फैलिएका यसअघिका लहरभन्दा अहिलेको लहरमा व्यवसायलाई कम मार परेको छ । निषेधाज्ञा भए पनि स्मार्ट लकडाउनका कारण स्वास्थ्य सुरक्षा सतर्कता अपनाइएको र बजार पनि पहिलेको जस्तै ठप्प अवस्थामा नरहेका कारण भीडभाड नहुने गरी साहसिक खेलमा आएका पर्यटकले मनोरञ्जन लिन पाएका छन् ।

कम्पनीमा प्रशासनिक काम हेर्दै आएका ईश्वर कार्कीका अनुसार सबै खालका साहसिक खेलमा आउनेलाई खोप कार्ड अनिवार्य गरिएको छ । पालो बाँडेर थोरै थोरै सङ्ख्यामा मात्र पर्यटकलाई भित्रिन दिएर सञ्चालनमा राखिएको छ । त्यस कारण पर्यटकीय क्षेत्रले सङ्क्रमणका अघिल्ला चरणमा जस्तो बन्द नै गरेर बस्नुपर्ने अवस्था नरहेको उहाँको भनाइ छ ।

“अघिल्ला चरणमा त बन्द नै गरेर बस्नुपरेको थियो, अहिले भने स्मार्ट लकडाउनका कारण त्यति बेलाका जस्तो मारमा पर्नुपरेको छैन”, उहाँले भन्नुभयो, “हामीले पूर्णरूपमा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेका छौँ, ग्राहकलाई पालोअनुसार मात्रै साहसिक खेलमा रमाउन दिएका छौँ, जसले राज्य, हामी र पर्यटक सबैलाई फाइदा पुगेको छ ।” कोरोना सङ्क्रमण भए पनि दैनिक बन्जी र स्वीङ गर्नेको पनि उत्तिकै भीडभाड रहेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक