विगत २१ वर्ष देखि उत्तरी थाहा नगरपालिकामा हुदैँ आइरहेको प्रतियोगिता यस बर्ष पनि थाहानगर"/>
विगत २१ वर्ष देखि उत्तरी थाहा नगरपालिकामा हुदैँ आइरहेको प्रतियोगिता यस बर्ष पनि थाहानगर"/>
भदौ १०, मकवानपुर । चर्चित खेलमा परिणत हुदैँ आइरहेको घैँटो फुटाई प्रतियोगिताको तिन वटै पुरस्कारमा आग्रा युवा क्लवले कब्जा जमाएको छ ।
विगत २१ वर्ष देखि उत्तरी थाहा नगरपालिकामा हुदैँ आइरहेको प्रतियोगिता यस बर्ष पनि थाहानगरको शिखरकोट वजारमा भयोको थियो । २५ फिट ,२० फिट र १८ फिड उचाईमा रहेको घैँटो फुटाउदै आग्रा युवा क्लवले उपाधि उचालेको हो ।
आग्राले जे.एफ सुनचादि पसल सिखरपुरका प्रोपाईटार दमिन दियाली बाट प्रमपुरस्कार स्वरुप ५ हजार, राप्रपा नेपाल थाहा नगर कमिटि अध्यक्ष हरेराम कार्कि बाट द्धितिय पुरस्कार स्वरुप ३५ सय र तृतिय पुरस्कार स्वरुप नदिप लघुवित्त थाहानगरका प्रमुख कृष्ण दाहालको प्रायोजनमा २५ सय प्राप्त गरेको छ ।
प्रत्येक वर्ष श्रीकृष्ण जन्माष्टमी पर्वको भोलि पल्ट विगत २०५२ साल देखि यस प्रतियोगिता हुँदै आइरहेको छ । शिखरकोट वजार व्यवस्थापन समितिले गर्दै आइरहेको प्रतियोगितो यस वर्ष देखि शिखर क्वल शिखरकोटले गरेको शिखरकोट वजार व्यवस्थापन समितिका अध्यक्ष अनित केसिले जानकारी दिनु भयो ।
आजको कार्यक्रममा हजारौँ दर्शकको उपस्थिति रहेको थियो । कार्यक्रममा यस वर्ष देखि थाहा कला केन्द्र मकवानपुरको सम्मन्वयमा सांस्कृतिक कार्यक्रमको समेत आयोजना भएको थियो । सांस्कृतिक कार्यक्रममा मकवापुर आईडल भएका दिपराज केसि,द्धितिय स्थान हाँसिल गर्नु भएका दिपक कालिराज लगायतले आफ्ने प्रस्तुति राखेका थिए ।