2026-09-12 06:39 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाँके - BNK

निर्वाचन घोषणाले बाँकेका जनप्रतिनिधि उत्साहित

माघ २५, राँझा | सरकारले स्थानीय तह निर्वाचनको मिति घोषणा गरेसँगै बाँकेका जनप्रतिनिधि उत्साहित देखिएका छन् । सरकारले निर्वाचनको घोषणा गरेसँगै अब स्थानीय तह जनप्रतिनिधिविहीन हुने आशङ्का हटेको कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावतले बताउनुभयो । 

उहाँले स्थानीय तह निर्वाचनको मिति घोषणा भएसँगै जनप्रतिनिधिसँगै राजनीतिक दल र आमजनतामा समेत नयाँ उत्साह आउनुपर्ने उल्लेख गर्नुभयो । 

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले स्थानीय तहको निर्वाचन २०७९ वैशाख ३० गते एकै चरणमा गर्ने निर्णय गरेको छ । खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले २०७४ सालको स्थानीय तहको निर्वाचनबाट स्थानीय सरकार सञ्चालन गर्दै आएका जनप्रतिनिधिलाई निर्वाचनको घोषणाले खुसी तुल्याएको बताउनुभयो । 

जनतामाझ जानु नै लोकतन्त्रको सुन्दर पक्ष रहेको उल्लेख गर्दै अब वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा जनताले विगतको कामको मूल्याङ्कन गरी आफ्नो मत जाहेर गर्न पाउनु सबैका लागि खुसीको कुरा भएको उहाँले बताउनुभयो । 

जानकी गाउँपालिकाका कार्यवाहक अध्यक्ष भूमिसरा धितालले अब नयाँ जनमतको लागि जनप्रतिनिधि तयार रहनुपर्ने बताउनुभयो । स्थानीय तहको निर्वाचन घोषणाले मुलुकलाई लोकतान्त्रिक विधिमा हिँडाउँदै संविधानको रक्षा गर्नमा सहयोग पुगेको उहाँको भनाइ छ ।

निर्वाचनको घोषणासँगै बाँकेका आठवटै स्थानीय तह र ८१ वटै वडामा राजनीतिक दलले आफ्ना गतिविधि सञ्चालन गर्न थालेका छन् । स्थानीय तह निर्वाचनको घोषणासँगै वडा तथा टोलटोलमा पार्टीको सङ्गठन सुदृढीकरण अभियान सञ्चालन सुरु गर्न लागिएको नेकपा एमालेका केन्द्रीय सदस्य एवम् बाँके जिल्ला इन्चार्ज सूर्य ढकालले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस