2026-11-01 10:16 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाँके - BNK

निर्वाचन घोषणाले बाँकेका जनप्रतिनिधि उत्साहित

माघ २५, राँझा | सरकारले स्थानीय तह निर्वाचनको मिति घोषणा गरेसँगै बाँकेका जनप्रतिनिधि उत्साहित देखिएका छन् । सरकारले निर्वाचनको घोषणा गरेसँगै अब स्थानीय तह जनप्रतिनिधिविहीन हुने आशङ्का हटेको कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावतले बताउनुभयो । 

उहाँले स्थानीय तह निर्वाचनको मिति घोषणा भएसँगै जनप्रतिनिधिसँगै राजनीतिक दल र आमजनतामा समेत नयाँ उत्साह आउनुपर्ने उल्लेख गर्नुभयो । 

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले स्थानीय तहको निर्वाचन २०७९ वैशाख ३० गते एकै चरणमा गर्ने निर्णय गरेको छ । खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले २०७४ सालको स्थानीय तहको निर्वाचनबाट स्थानीय सरकार सञ्चालन गर्दै आएका जनप्रतिनिधिलाई निर्वाचनको घोषणाले खुसी तुल्याएको बताउनुभयो । 

जनतामाझ जानु नै लोकतन्त्रको सुन्दर पक्ष रहेको उल्लेख गर्दै अब वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा जनताले विगतको कामको मूल्याङ्कन गरी आफ्नो मत जाहेर गर्न पाउनु सबैका लागि खुसीको कुरा भएको उहाँले बताउनुभयो । 

जानकी गाउँपालिकाका कार्यवाहक अध्यक्ष भूमिसरा धितालले अब नयाँ जनमतको लागि जनप्रतिनिधि तयार रहनुपर्ने बताउनुभयो । स्थानीय तहको निर्वाचन घोषणाले मुलुकलाई लोकतान्त्रिक विधिमा हिँडाउँदै संविधानको रक्षा गर्नमा सहयोग पुगेको उहाँको भनाइ छ ।

निर्वाचनको घोषणासँगै बाँकेका आठवटै स्थानीय तह र ८१ वटै वडामा राजनीतिक दलले आफ्ना गतिविधि सञ्चालन गर्न थालेका छन् । स्थानीय तह निर्वाचनको घोषणासँगै वडा तथा टोलटोलमा पार्टीको सङ्गठन सुदृढीकरण अभियान सञ्चालन सुरु गर्न लागिएको नेकपा एमालेका केन्द्रीय सदस्य एवम् बाँके जिल्ला इन्चार्ज सूर्य ढकालले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द