२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रसुवा - RSW

महाभूकम्पले रसुवामा अझै १ सय ५ जना बेपत्ता

२०७२, २४ भाद्र बिहीबार ००:३१

भदौ २४, रसुवा । गत बैशाख १२ गतेको विनाशकारी भूकम्पले
रसुवा जिल्लामा ६ सय ६१ जनाको मृत्यु भयो भने अझै १ सय ५ जना बेपत्ता भईरहेका छन् ।

जिल्ला दैवी प्रकोप उद्धार समितिले दिएको जानकारी अनुसार नेपाली ६ सय ३८ जना र
२३ जना विदेशी पर्यटक गरी ६ सय ६१ जनाको मृत्यु भएको छ । लाङटाङ, टिमुरे, मैलुङ्ग क्षेत्रमा विनाशकारी
भूकम्प पछिको सुख्खा र हिम पहिरोले पुरिएर बेपत्ताहरूको खोजी भईरहे पनि अझै हराएकाहरूको खोजी गरेपनि
अवस्था थाहा नभएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

१८ वटा
गाविसमा बिभाजित यस जिल्लाको कुल जनसंख्या ४३,२०० छ भने जम्मा घरधुरी लगभग १२,००० रहेको छ । विनाशकारी
भूकम्पमा मृत्यु हुने मध्ये बालबालिका १४३ जना थिए भने विद्यार्थी ४४ जना रहेका छन् ।

भूकम्प पछि सुख्खा तथा हिम पहिरोमा पुरिएर बेपत्ता भएका मध्ये केही स्वदेशी तथा
बिदेशीहरूको शव तथा कंकालको रुपमा भेटिएपनि अझै बेपत्ताहरूको अवस्था अज्ञात छ । बिस्थापितहरुको
क्याम्पमा खाद्यान्न अभाव भएको हाकु गाविसबाट बिस्थापित क्याम्पका छुकु लामाले घुम्ती नागरिक सहायता
कक्षका स्वयमसेवक केशव गँजुरेलसँग बताए । रसुवाका बिस्थापित क्याम्पहरुमा शिक्षा, स्वास्थ्य , खानेपानी,
खाद्यान्नर विद्युतको समेत समस्या देखिएको घुम्ती नागरिक सहायता कक्षले जनाएको छ ।

जिल्लाको हाकु र डाडागाउँ, लाङटाङ, ठूलोगाउँ स्याफ्रु र राम्चे गाविसबाट गरी
कुल १ हजार ५३ घरधुरी बिस्थापित भएका छन् । सम्भावित आपतकालिन अवस्थाका लागि खाद्यान्नको अवस्था ७८
मेट्रिक टन गोदाममा खाद्यान्न रहेको जिल्ला दैवी प्रकोप उद्धार समितिले जनाएको छ भने १४ वटा सवारी साधन
क्षती भएको सिफारिस जिल्ला प्रहरी कार्यालयबाट भएको छ भने अनय २ वटा सवारी साधनमा पनि क्षति पुगेको
प्रहरीले जनाएको छ ।

जिल्लामा राहतमा तथा पुर्न निर्माणमा
कार्यरत ३९ वटा संघ संस्थाहरू रहेको जस मध्ये जिल्ला विकास समितिमा १९ वटा संस्थाले मात्र आर्थिक तथा
अन्य बिबरण बुझाएको जिल्ला विकास समितिका स्थानीय विकास अधिकारी बिष्णुप्रसाद कोईरालाले बताए

बिस्थापित
बिबरण

bistapit bibaran rasuwa

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने