भदौ ११, तनहुँ । बन्दीपुर नगरपालिका कार्यालयले बन्दीपुर क्षेत्रभित्र र बाहिरको करिब ५०० मि क्षेत्रलाई संरक्षित उपक्षेत्रका रुपमा घोषणा गरेको छ । 

पर्यटकीय नगरी बन्दीपुरमा घर निर्माण गर्दा पश्चिमेली शैली झल्किने वस्तु प्रयोग गर्न नपाइ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ११, तनहुँ । बन्दीपुर नगरपालिका कार्यालयले बन्दीपुर क्षेत्रभित्र र बाहिरको करिब ५०० मि क्षेत्रलाई संरक्षित उपक्षेत्रका रुपमा घोषणा गरेको छ । 

पर्यटकीय नगरी बन्दीपुरमा घर निर्माण गर्दा पश्चिमेली शैली झल्किने वस्तु प्रयोग गर्न नपाइ"/>

२०८३, ३ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तनहुँ - TNH

बन्दीपुर नगरपालिकाद्वारा संरक्षित उपक्षेत्र घोषित

२०७३, ११ भाद्र शनिबार ०५:३३

भदौ ११, तनहुँ । बन्दीपुर नगरपालिका कार्यालयले बन्दीपुर क्षेत्रभित्र र बाहिरको करिब ५०० मि क्षेत्रलाई संरक्षित उपक्षेत्रका रुपमा घोषणा गरेको छ । 

पर्यटकीय नगरी बन्दीपुरमा घर निर्माण गर्दा पश्चिमेली शैली झल्किने वस्तु प्रयोग गर्न नपाइने र पुराना शैलीका घरलाई संरक्षण गर्ने उद्देश्यले उक्त क्षेत्रलाई संरक्षित उपक्षेत्रका रुपमा घोषणा गरिएको हो । 

उक्त क्षेत्रमा घर बनाउँदा बस्ती विकास सहरी योजना तथा भवन निर्माणसम्बन्धी आधारभूत मापदण्ड र नगरपालिकाले बनाएको नियम पालना गर्नुपर्ने व्यवस्था रहेको कार्यकारी अधिकृत लेखनाथ न्यौपानेले बताउनुभयो । 

बन्दीपुर बजार क्षेत्रमा पुरानो शैलीका घर पर्यटकको आर्कषणको केन्द्रबिन्दु रहेकाले उपक्षेत्रभित्र घर निर्माण गर्दा आधुनिक र पश्चिमेली शैलीका घर निर्माण गर्न नपाइने उहाँले जानकारी दिनुभयो । 

उक्त क्षेत्रमा भएका पुराना संरचनाका घर भत्काउन समेत स्थानीय निकायको स्वीकृति लिनुपर्ने छ । घर निर्माण गर्दाका हकमा भने पराम्परागत नेपाली शैली एवम् आकार प्रकारका काठका झ्यालढोका राख्नुपर्ने, बार्दली कोठा निकाल्न नपाइने, बाहिरी गारामा प्लास्टर नगरी प्रस्टसँग इँटा देखाउनुपर्ने प्रावधान छ । 

त्यसैगरी कला, वास्तुकला एवम् धार्मिक दृष्टिकोणले महत्वपूर्ण रहेको ठाउँमा स्मारक वा स्मारकको परिसर वरिपरिका पहिलो पङ्क्तिमा घर स्मारकभन्दा होचो हुने गरी निर्माण गर्नुपर्ने लगायत नियम रहेको नगरपालिकाले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दोश्रो राष्ट्रिय कुलिनरि प्रतियोगिताको उपाधि आरोमा हस्पिटालिटि बुटवललाई मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु म पार्टी विभाजनको बाटोमा जान हुन्न भन्दै आइरहेको छु: पूर्णबहादुर खड्का प्रधानमन्त्री कार्यालयको नाम लिएर फोन गरी धम्की दिने १ जना पक्राउ अमेरिकामाथि नेपालको सानदार जित वीरगञ्ज भन्सारबाट १० महिनामा झन्डै दुई खर्ब रुपैयाँ राजस्व संकलन दुल्लुका वडा सचिवलाई धम्की दिनेलाई तत्काल कारबाही गर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुन्धारा कारागारबाट महिला कैदी फरार काठमाडौँ उपत्यकाभित्र सञ्चालनमा रहेका विभिन्न कन्सल्टेन्सीमा प्रहरीको छापा, ६९ सञ्चालक पक्राउ नेपालविरुद्ध पहिले ब्याटिङ गर्दै अमेरिका ५६ लाखको अवैध भेपसहित सात जना पक्राउ ट्राफिक कारबाहीमा एकै दिन २० लाख ३९ हजार राजस्व सङ्कलन दमकमा नेपाली खाना पकाउने प्रतियोगिता सहित फुड फेस्टिभल सुरु, ६६ जना प्रतिष्पर्धी सहभागी कांग्रेसले बोलायो केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक सात खर्ब ५५ अर्ब पुग्यो बेरुजु अनुदानमा उपलब्ध गराएको रासायनिक मलको कालोबजारी गर्नेलाई कारबाही गरिने नयाँ सामग्री खरिद नगर्न निर्देशन मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु राष्ट्रपति पौडेलसँग राष्ट्रसंघीय प्रतिनिधिको भेट सुनचाँदीको मूल्यमा गिरावट