भदौ ११, नवलपरासी । नवलपरासीको सुस्तामा सुरक्षित आश्रय भवन निमार्ण गरिएको छ । विशेष गरी बाढी लगायतका विभिन्न विपत्को समयमा सुस"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ११, नवलपरासी । नवलपरासीको सुस्तामा सुरक्षित आश्रय भवन निमार्ण गरिएको छ । विशेष गरी बाढी लगायतका विभिन्न विपत्को समयमा सुस"/>
2026-09-19 01:53 AM
नवलपुर - NWL

नवलपरासीको सुस्तामा सुरक्षित आश्रय भवन निर्माण

भदौ ११, नवलपरासी । नवलपरासीको सुस्तामा सुरक्षित आश्रय भवन निमार्ण गरिएको छ । विशेष गरी बाढी लगायतका विभिन्न विपत्को समयमा सुस्तावासीलाई तत्कालका लागि सुरक्षित आश्रयस्थलमा राख्ने उद्देश्यले सो भवन निर्माण गरिएको हो । 

नेपाल भारत सीमा बाढी उत्थानशील समुदाय परियोजना अन्तर्गत बाढीको समयमा सुस्ताका समुदायलाई सुरक्षितस्थलमा रहनका लागि सो भवन निर्माण गरिएको हो । 

जिल्ला दैविक प्रकोप उद्धार समिति, नवलपरासीसँग समन्वय गरी ‘लुथरन वल्र्ड रिलिफ’को सहयोगमा सहमति संस्थाद्वारा सञ्चालित सो परियोजनाले सो सुरक्षित आश्रय भवन निर्माण गरिदिएको हो । 

सहमति संस्थाको रु १५ लाख र जनश्रम दान रु दुई लाख गरी कुल रु १७ लाखको लागतमा भवन निमार्ण पूरा भएको सहमति संस्थाका लेखा अधिकृत सुुवास देवकोटाले बताउनुभयो । 

सो सुरक्षित आश्रय भवनमा महिला र पुरुषलाई फरक ÷फरक कोठामा बस्ने गरी ५०० जनाको क्षमता रहेको छ । यसरी सुस्तामा पहिलो पटक गैरसरकारी संस्थाको सहयोगमा सुरक्षित आश्रय भवन निर्माण भएपछि सुस्तावासी हर्षित बनेका छन् । 

यसबाहेक सुस्तामा बाढी आएको बेलामा सबै सुस्तावासीलाई सूचना प्रदान गर्न आकश्मिक साइरन, स्टेचर, पूर्व सूचना प्रणालीलाई आधुनिकरण गर्न ‘स्माट’ फोन सहयोग गरेको कार्यक्रम संयोजक सुरेश पौडेलले जानकारी दिनुभयो । 

साथै सुस्तामा बाढी आएमा बच्न आवश्यक लाइफ जाकेटलगायत अन्य आवश्यक सामग्री समेत सुस्तावासीलाई प्रदान गरिएको छ । 

सुस्तामा वर्षाको समयमा पटक÷पटक नारायणी नदी गाउँमा बस्ने गरेपछि सुस्तावासीलाई वर्षाको समयमा निकै कठिनाइ हुने गरेको थियो । यद्यपि सुस्ताको अग्लोस्थानमा सुरक्षित आश्रय भवन निर्माण भएपछि वर्षाको समय थप सजिलो हुनेमा सुस्तावासी आसावादी बनेका हुन् । 

सुस्तामा सहमति संस्थाले यस अगावै रु चार लाखको लागतमा कल्वट, रु तीन लाखको लागतमा सडकको स्तरोउन्नति लगायतका काम समेत गरिसकेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई