2026-10-21 02:45 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

भरतपुरको कैलाशनगरबाट पनि चितवन मेडिकल कलेजको सेवा

फागुन १६, चितवन । चितवन मेडिकल कलेज शिक्षण अस्पतालले भरतपुर महानगरपालिका–५ कैलाशनगरबाट परीक्षण सेवा सुरु गरेको छ । अस्पतालले सेटेलाइट क्लिनिकलाई थप व्यवस्थित गरेर सेवा विस्तार गरेको हो ।

अस्पतालका निर्देशक डा दयाराम लम्सालका अनुसार उक्त क्लिनिकबाट सबै खालको रोगको परीक्षण गरिने छ । गुणस्तर कायम गर्दै सेवा विस्तार गरेको उहाँको भनाइ छ । क्लिनिकबाट हरेक दिन बिहान ९ बजेबाट दिउँसो ४ बजेसम्म बहिरङग सेवा उपलब्ध हुनेछ ।

 उहाँका अनुसार विशेषज्ञ चिकित्सकको निगरानीमा मेडिकल अधिकृत भई काम गरेको अनुभव प्राप्त चिकित्सक क्लिनिकमा उपलब्ध हुनेछन् । छिट्टै विशेषज्ञ सेवा दिने तयारी गरिएको लम्सालले बताउनुभयो ।

 क्लिनिकमा आउने बिरामीको एक्सरे, भिडियो एक्सरे, प्रयोगशाला परीक्षणको सुविधा समेत त्यहीबाट हुने छ । अस्पतालका प्रयोगशाला विभाग प्रमुख डा सञ्जय यादवका अनुसार यहीँबाट नमूना सङ्कलन गरेर मेडिकल कलेजको भरतपुरस्थित प्रयोगशालामा परीक्षण गर्ने व्यवस्था गरिएको छ । 

यादवले भन्नुभयो,“नमूना यही सङ्कलन हुन्छ, छिटोभन्दा छिटो भरतपुरमा पठाएर परीक्षण गराउँछौं । अनलाईनमार्फत् परीक्षणको रिपोर्ट यही आउँछ ।” क्लिनिकमा डे केयरसँगै फार्मेसीकोसमेत सुविधा रहेको छ । कलेजका प्रमुख कार्यकारी अधिकृत प्रताप देवकोटाले छिट्टै नेपाल सरकार, स्वास्थ्य कार्यालय र भरतपुर महानगरपालिकासँग समन्वय गरी नियमित खोप लगायतका सरकारी स्वास्थ्य सेवा पनि यहीँबाट सञ्चालन गर्ने तयारी गरिएको बताउनुभयो ।

स्थानीयवासीलाई सहज उपचार सेवा दिनका लागि यो क्लिनिक सञ्चालन गरिएको उहाँको भनाइ छ ।  क्लिनिकमा सबै खालका रोगको परीक्षण हुने उहाँले जानकारी दिनुभयो । चितवन मेडिकल कलेजको भरतपुरस्थित अस्पतालमा दैनिक एक हजार २०० हाराहारी बहिरङ्ग सेवामा बिरामी आउने गर्दछन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ