२०८३, ८ जेष्ठ शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

भरतपुरको कैलाशनगरबाट पनि चितवन मेडिकल कलेजको सेवा

२०७८, १६ फाल्गुन सोमबार ०७:०७

फागुन १६, चितवन । चितवन मेडिकल कलेज शिक्षण अस्पतालले भरतपुर महानगरपालिका–५ कैलाशनगरबाट परीक्षण सेवा सुरु गरेको छ । अस्पतालले सेटेलाइट क्लिनिकलाई थप व्यवस्थित गरेर सेवा विस्तार गरेको हो ।

अस्पतालका निर्देशक डा दयाराम लम्सालका अनुसार उक्त क्लिनिकबाट सबै खालको रोगको परीक्षण गरिने छ । गुणस्तर कायम गर्दै सेवा विस्तार गरेको उहाँको भनाइ छ । क्लिनिकबाट हरेक दिन बिहान ९ बजेबाट दिउँसो ४ बजेसम्म बहिरङग सेवा उपलब्ध हुनेछ ।

 उहाँका अनुसार विशेषज्ञ चिकित्सकको निगरानीमा मेडिकल अधिकृत भई काम गरेको अनुभव प्राप्त चिकित्सक क्लिनिकमा उपलब्ध हुनेछन् । छिट्टै विशेषज्ञ सेवा दिने तयारी गरिएको लम्सालले बताउनुभयो ।

 क्लिनिकमा आउने बिरामीको एक्सरे, भिडियो एक्सरे, प्रयोगशाला परीक्षणको सुविधा समेत त्यहीबाट हुने छ । अस्पतालका प्रयोगशाला विभाग प्रमुख डा सञ्जय यादवका अनुसार यहीँबाट नमूना सङ्कलन गरेर मेडिकल कलेजको भरतपुरस्थित प्रयोगशालामा परीक्षण गर्ने व्यवस्था गरिएको छ । 

यादवले भन्नुभयो,“नमूना यही सङ्कलन हुन्छ, छिटोभन्दा छिटो भरतपुरमा पठाएर परीक्षण गराउँछौं । अनलाईनमार्फत् परीक्षणको रिपोर्ट यही आउँछ ।” क्लिनिकमा डे केयरसँगै फार्मेसीकोसमेत सुविधा रहेको छ । कलेजका प्रमुख कार्यकारी अधिकृत प्रताप देवकोटाले छिट्टै नेपाल सरकार, स्वास्थ्य कार्यालय र भरतपुर महानगरपालिकासँग समन्वय गरी नियमित खोप लगायतका सरकारी स्वास्थ्य सेवा पनि यहीँबाट सञ्चालन गर्ने तयारी गरिएको बताउनुभयो ।

स्थानीयवासीलाई सहज उपचार सेवा दिनका लागि यो क्लिनिक सञ्चालन गरिएको उहाँको भनाइ छ ।  क्लिनिकमा सबै खालका रोगको परीक्षण हुने उहाँले जानकारी दिनुभयो । चितवन मेडिकल कलेजको भरतपुरस्थित अस्पतालमा दैनिक एक हजार २०० हाराहारी बहिरङ्ग सेवामा बिरामी आउने गर्दछन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ संसदमा विपक्षीको चर्को नाराबाजी संसदमा विपक्षी दलले खोजेपछि प्रधानमन्त्री भेट्न पुगे सभामुख अर्याल प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित प्रतिनिधिसभामा विपक्षी दलहरूको उठेर विरोध नेपाली जनताले यो सरकारबाट, हामीबाट ठूलो आशा गरेका छन्: सांसद कार्की बरु रकेट बनाउन सजिलो छ, बाँदर आतंक कम गर्ने प्रविधि छैन: महावीर पुन पूर्वन्यायाधीश प्रधानको निधन, आज इजलास सञ्चालन नहुने सुनचाँदीको मुल्य बढ्यो यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक युवकको मृत्यु कक्षा ११ को पठनपाठन आगामी असार १ देखि दुर्गा प्रसाईलाई पक्राउ गर्नुको कारण पेस गर्न सर्वोच्चको आदेश विमानस्थलबाट ३७ थान राहदानीसहित एक जना पक्राउ हामी विरोध गरिरहन्छौँ, पाँचै वर्ष गर्छौँ: हर्कराज राई नेप्सेमा ३०.०८ अंकको वृद्धि निर्वाचनसम्बन्धी दुई विधेयक प्रस्तुत वैदेशिक रोजगारीको ठगी रोक्न प्रभावकारी रुपमा काम हुँदैछ : श्रममन्त्री यादव संसद्‌मा मर्यादित भएर प्रस्तुत हुन सभामुखको आग्रह