2026-09-12 06:07 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

बागलुङमा बाँझो जग्गामा खेती गर्न चक्लाबन्दी

फागुन १७, बागलुङ । व्यावसायिक कृषि उत्पादनका लागि वर्षौँदेखि बाँझो पल्टिएको जग्गालाई चक्लाबन्दी गर्न थालिएको छ । गलकोट नगरपालिका–४ निलुवामा छरिएर रहेको खेतीयोग्य जग्गा एकीकरण गर्न चक्लाबन्दी कार्यक्रम सुरुआत गरिएको हो ।

त्यहाँका ७३  किसानको एक सय ५० रोपनी जग्गालाई चक्लाबन्दी गर्न लागिएको सयपत्री बहुउद्देश्यीय सहकारी संस्था लिले जनाएको छ । “पाँच सय गरामा बाँडिएको जग्गा अब ४३ ‘प्लट’मा झर्छ”, सहकारीका अध्यक्ष चिन्तामणि शर्माले भन्नुभयो, “दुई महिनामा चक्लाबन्दी गर्ने काम सकिन्छ ।”

गण्डकी प्रदेशको भूमि व्यवस्था, कृषि, सहकारी तथा गरिबी निवारण मन्त्रालयको रु ३६ लाख ४९ हजार अनुदान सहयोगमा सहकारीले चक्लाबन्दीको योजना ल्याएको उहाँको भनाइ छ । सहकारीले प्रतिरोपनी वार्षिक  दुई हजार रुपैया तिर्ने गरी आउँदो २०८० साल सम्मलाई जग्गा भाडामा ल्याएको हो । 

व्यावसायिक कृषि खेती गर्ने उद्देश्यले बाँझो जग्गालाई चक्लाबन्दी गरी प्रयोगमा ल्याउन लागिएको सहकारीका सचिव हेमराज गैरेले बताउनुभयो । सहकारीले त्यस जग्गामा तरकारी, बीउबिजन र अन्नबाली उत्पादन गर्ने उहाँको भनाइ छ । चक्लाबन्दी सँगसँगै आलु खेती लगाइहाल्ने तयारीमा सहकारी छ ।

तरकारीजन्य उत्पादनतर्फ आलु, मुला, सिमी, सागलगायतको खेती गरिने भएको छ । अन्नमा मकै बाली लगाइनेछ । माटो परीक्षणपछि कृषि क्षेत्रका प्राविधिकले दिएको सुझावका आधारमा याम अनुसारको खेतीपाती गरिने सहकारीले जनाएको छ ।

माटो परीक्षणमा सुक्ष्म जैविक तत्वको कमी पाइएकाले यही वर्ष एक सय ट्याक्टर गोठे मल हालिने भएको छ । माटोमा अम्लीयपन भने नपाइएको सचिव गैरेले बताउनुभयो । दुई वटा उपकरण लगाएर जग्गा चक्लाबन्दी गर्ने काम भइरहेको उहाँको भनाइ छ । 

निलुवामा लोकनाथ, यामलाल सुवेदी, झुमाकुमारी गैरेलगायत ७३ जग्गाधनीको जग्गा छ । खेती गर्न छाडेपछि बाँझो रहेको जग्गामा चक्लाबन्दी कार्यक्रम सुरु भएपछि उनीहरु पनि खुसी छन् । निलुवा पशुपालन र खेतीपातीका लागि उर्बर ठाउँ हो । त्यसलाई पहिले पहिले गोठथरीका रुपमा चिनिन्थ्यो । किसानहरु पुशचौपाया लगेर महिनौँसम्म त्यही गोठथरीमा बस्थे । खेतीपाती गर्थे । पछिल्लो समय भने त्यो चलन हराउँदै गयो । जसका कारण बारी बाँझै पल्टिए । गोठ रित्तिए ।

निलुवामा मात्रै ८० भन्दा बढी परम्परागत खरका गोठ छन् । परम्परागत कृषि प्रणालीको झल्को दिने पुराना संरचनालाई संरक्षण गर्ने योजना पनि अघि सारिएको छ । सहकारीले चक्लाबन्दीमा क्रममा जीर्ण अवस्थामा रहेका १५ वटा गोठ नासिने जनाएको छ । 

कृषि उत्पादनसँगै निलुवालाई पर्यटकीय गन्तव्यस्थलका रुपमा पनि विकास गर्न पहल भइरहेको छ । निलुवा पर्यटकीय क्षेत्र प्रवद्र्धन केन्द्रले पूर्वाधार निर्माण र प्रवद्र्धनका काम गरिरहेको छ । केही वर्षअघि त्यहाँ मह सिकार महोत्सवकोसमेत आयोजना गरिएको थियो । निलुवामा पाँच सय मिटर अग्लो महभीर छ । 

गोठथरीको संरक्षण, पदमार्ग निर्माणलगायतका योजना केन्द्रकै अगुवाईमा भएका हुन् । निलुवामा सडकको पनि पहुँच पुगिसेको छ । बागलुङ सदरमुकामदेखि ४५ किमी दुरीमा त्यो अवस्थित छ । २१ सयदेखि २२ सय मिटरसम्मको उचाइमा फैलिएको निलुवाको भू–बनोट र हावापानी लोभलाग्दो छ । त्यहाँबाट हिमशृङ्खला पनि देख्न सकिन्छ ।

वैदेशिक रोजगार, बजारमा निर्भरता, श्रमको अभाव जस्ता कारणले कृषिमा आकर्षण घटेका बेला चक्लाबन्दी कार्यक्रमले गाउँका किसानलाई लाभ पु¥याउने गलकोट नगरपालिकाका कृृषि शाखा प्रमुख हरिदत्त सुवेदीले जानकारी दिनुभयो । “धेरै कित्ता र स्वामित्वमा बाँडिएको जग्गामा ठूलो लगानीको कृषि व्यवसाय गर्न कठिनाई हुने गर्छ”, उहाँले भन्नुभयो, “चक्लाबन्दी गरेर जग्गालाई एकीकृत गर्दा भूमिको सदुपयोग बढ्नुका साथै कृषि उत्पादनमा वृद्धि हुन्छ, यसबाट किसानको आयआर्जन थपिन्छ र रोजगारी पनि सिर्जना हुन्छ ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग