2026-09-18 09:43 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रसुवा - RSW

रसुवा र नुवाकोटमा कारितासको सहयोग

असोज २०,
रसुवा ।
 कारितास नेपालले नुवाकोट र रसुवाका विभिन्न गाविसमा राहत वितरण कार्य सम्पन्न गरेको छ
। मानवीय सेवामा रहेको कारितास नेपालले नुवाकोट र रसुवाका गरि नौ हजार घरधुरीलाई राहतका विभिन्न सामग्री
वितरण गरेको जनाएको छ ।

कारितासको नुवाकोट कार्यालयवाट विगत
पाँच महिनामा आपतकालीन राहत स्वरुप रसुवाको लहरेपौवा, यार्सा र धैबुङ्ग गरी जम्मा २ हजार चारसय चार
घरधुरीलाई कम्मल र नुवाकोटको गेर्खु, दुइपीपल, जिलिङ्ग र बर्सुन्चेतका गरि चारहजार ५८ घरधुरीलाई
आपतकालीन राहतस्वरुप त्रिपाल, प्लाष्टिक सिट, ब्ल्याङ्केट, डोरी, प्लाष्टिकको गुन्द्रीलगायतका सामग्री
वितरण गरेको कार्यालय प्रमुख दलवहादुर शाहीले जानकारी दिनुभयो ।

संस्थाले गेर्खु, दुइपीपल र बर्सुन्चेतका ३ हजार ७ सय ९६ घरघुरीलाई स्वस्थ्य र सरसफाईका
सामाग्रीहरु तथा किम्ताङ्ग र बर्सुन्चेत गाविसका एकहजार तीन घरघुरीलाई खाद्यान्नका सामाग्रीहरु ९प्रतीघर
३० केजी चामल, ५ केजीदाल, २ लिटर तेल र १ केजीनुन० वितरण गरेको शाहीले जानकारी दिनुभयो ।

यता, गेर्खु, दुईपीपलका तीनहजार आठ ४७ घरघुरीलाई अस्थायी बसोबासको लागि
प्रतिघरधुरीलाई दुई बन्डलका दरले ७ हजार ६सय ९४ बन्डल जस्तापाता गरि नुवाकोट र रसुवाकाजम्मा आठहजार आठ
सय ८९ घरधुरीहरुलाई वितरण गरिएको कारितास नेपालको नुवाकोट कार्यालयले जनाएको छ । नुवाकोटको गेर्खुका १२,
दुइपीपलका १४, तुप्चेका भैरमकोट, बच्छलादेवी, र जनज्योती तीन, र विदुरको पृथ्वी मावि र च्वाडी मावि गरि
दुई विद्यालयसहित ३१ विद्यालयहरुलाई अस्थायी सिकाई केन्द्र निर्माणको लागि संस्थाले जस्तापाता उपलब्ध
गराएको छ ।

संस्थाले गेर्खु, दुइपीपल, बर्सुन्चेत, तुप्चेका १०
कक्षामा अध्यनरत ४ सय २७ जना विद्यार्थीहरुलाई पठनपाठनमा सहजताका लागी सोलार लाईट वितरण गर्नुका साथै
नुवाकोटका बिभिन्न स्वास्थ्य केन्द्रहरुमा अस्थायी सेवा सञ्चालन गर्न सहजतका लागी जिल्लास्वास्थ्य
कार्यालय नुवाकोटलाई संस्थाले ७८ थान टेन्ट प्रदान गरेको छ ।


वटा स्वास्थ्य केन्द्रलाई १५ थान स्टेचर बेड र जिल्ला विपद व्यवस्थापन समितिलाई कार्य सञ्चालन सहजताको
लागि एक थान कम्प्युर र प्रिन्टर प्रदान गरिएको संस्थाले जनाएको छ ।संस्थाको उक्त कार्यक्रम सम्पन्न
गर्न कार्यक्रम खर्च र प्रशाशनिक खर्च गरी कुल १० करोड २१ लाख ५७ हजार ४ सय ८६ रुपैया खर्च भएको
संस्थाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई