ललित बोहरा | भादौ १२, डडेल्धुरा | डडेल्धुरामा यातायात व्यवस्था सेवा कार्यालयको स्थापना भएको डेढ बर्ष बित्नै लाग्दा पनि कामलाई तिब्रता दिन सकेको छैन । कार्यालयबाट प्रदान गरिने सेवा सुविधा स्थापनाको डेढ बर्ष पुग्नै लाग्दा समेत दिन नसक्दा यातायात व्यवसायीहरु मर्का"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ललित बोहरा | भादौ १२, डडेल्धुरा | डडेल्धुरामा यातायात व्यवस्था सेवा कार्यालयको स्थापना भएको डेढ बर्ष बित्नै लाग्दा पनि कामलाई तिब्रता दिन सकेको छैन । कार्यालयबाट प्रदान गरिने सेवा सुविधा स्थापनाको डेढ बर्ष पुग्नै लाग्दा समेत दिन नसक्दा यातायात व्यवसायीहरु मर्का"/>
२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

यातायात व्यवस्था सेवा कार्यालय डडेल्धुरा नामले मात्र स्थापित, काम शुन्य

१२ भाद्र २०७३, आईतवार ०२:५६

ललित बोहरा | भादौ १२, डडेल्धुरा | डडेल्धुरामा यातायात व्यवस्था सेवा कार्यालयको स्थापना भएको डेढ बर्ष बित्नै लाग्दा पनि कामलाई तिब्रता दिन सकेको छैन । कार्यालयबाट प्रदान गरिने सेवा सुविधा स्थापनाको डेढ बर्ष पुग्नै लाग्दा समेत दिन नसक्दा यातायात व्यवसायीहरु मर्कामा परेका छन । 

यातायात व्यवस्था कार्यालय डडेल्धुराले सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सञ्चालन हुने लामो तथा छोटो दुरीका सवारी साधनको रुट परमिट उपलब्ध गराउन नसक्दा निकै समस्या खेप्नु परेको उग्रतारा यातायात व्यवसायी समिति ईन्चार्ज तेज बहादुर ऐरले गुनासो गरेका छन । उनले बिना परमिट अन्य जिल्लाहरुमा सवारीका साधन सञ्चालन गर्नु पर्ने बाध्यताले ट्राफिक प्रहरीबाट दुःख पाउने गरेको बताएका छन । कार्यालयले प्रदान गर्ने सेवा सुबिधाबाट बञ्चित हुदा दैनिक जरिवाना तिर्नु पर्ने बाध्यता रहेको यातायात व्यवसायीको गुनासो छ । 

कार्यालय स्थापना मात्र गरिएको र कर्मचारीको पद पुर्ती नगरिएकाले सेवा उपलब्ध गराउन नसकिएको यातायात व्यवस्था सेवा कार्यालय डडेल्धुरा प्रमूख शङ्कर भण्डारीले बताएका छन । कार्यालयले सामान्य काम पनि गर्न नसक्दा कार्यालय प्रमुख पनि कार्यालयमा उपस्थित नहुने गरेको पाईएको छ । कार्यालय प्रमुख भण्डारीले कार्यालयमा आवश्यक कर्मचारी पद पुर्ती हुन नसक्दा चौबिसै घण्टा रुट परमिट दिन नसकेको रेडियो अमरगढीलाई बताएका छन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो