२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

कर्णालीमा प्रविधियुक्त सुरक्षा ग्याविन वायर इण्डस्ट्रिज

२०७८, १९ फाल्गुन बिहीबार ०९:५९

फागुन १९, कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले कर्णालीमै पहिलो अत्याधुनिक प्रविधियुक्त सुरक्षा ग्याविन वायर इण्डस्ट्रिज प्रालिको समुद्घाटन गर्नुभएको छ ।

प्रदेश राजधानी वीरेन्द्रनगर सुर्खेतको औद्योगिक क्षेत्र परिसरमा तीन रोपनी जग्गामा स्थापना गरिएको इण्डस्ट्रिजको शुभारम्भ गर्दै उहाँले निजी क्षेत्रको लगानीमा सुरु भएको उद्योगले कर्णालीको आर्थिक समृद्धिमा सघाउ पुग्ने बताउनुभयो । उहाँले इण्डस्ट्रिज स्थापनाले कर्णालीमा रोजगारीका अवसर सिर्जना हुने जनाउनुभयो । 

“कर्णाली प्रदेशको आर्थिक समृद्धिको आयाम उद्योग व्यवसाय सञ्चालनका लागि प्रदेश सरकारले लगानीमैत्री नीति तर्जुमा गर्न लागेको छ”, मुख्यमन्त्री शाहीले भन्नुभयो, “प्रदेश सरकारको सहयोगीका रुपमा स्थापना भएको सुरक्षा ग्याविन वायर इण्डस्ट्रिज प्रालि वीरेन्द्रनगरलाई प्रगतिको शुभकामना छ ।”

निजी क्षेत्रद्वारा स्थापित आर्थिक वृद्धिको मेरुदण्डका रुपमा मानिएको यस इण्डस्ट्रिजबाट दैनिक नौ हजार ६०० ग्याविन एवं दुई हजार घेराबार जाली उत्पादन हुने र गुणस्तरीय निर्माण सामग्रीको सहज र सुलभ दरमा उपलब्ध हुने बताइएको छ । प्रदेश सरकारले इण्डस्ट्रिजको विकासका लागि आवश्यक सहयोग गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !