भदौ १२, पर्बत  औषधि पसल संचालन गर्न भनी स्वीकृति लिएका व्यक्तिले गै¥हकानूनी ढंगले अन्य स्वास्थ्य सेवा प"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १२, पर्बत  औषधि पसल संचालन गर्न भनी स्वीकृति लिएका व्यक्तिले गै¥हकानूनी ढंगले अन्य स्वास्थ्य सेवा प"/>
२३ मंसिर २०८२, सोमबार
पर्बत - PBT

सर्वसाधारणको स्वास्थ्य माथि गम्भीर खेलवाड, कानून विपरीत औषधि पसलबाटै अस्पतालको सेवा

१२ भाद्र २०७३, आईतवार ०८:१५

भदौ १२, पर्बत  औषधि पसल संचालन गर्न भनी स्वीकृति लिएका व्यक्तिले गै¥हकानूनी ढंगले अन्य स्वास्थ्य सेवा प्रदान गरी यहाँ रातारात करोडपति बनेको पाइएको छ । पर्वत जिल्ला खासगरी कुश्मा बजार क्षेत्रमा संचालनमा रहेका अधिकांश औषधि पसलहरुले औषधि व्यवस्था विभागबाट औषधि विक्री गर्ने भनी लाईसेन्स लिने तर मुनाफा कमाउनकै लागि अन्य स्वास्थ्य सेवा समेत गर्दै आएको देखिन्छ । औषधि पसलेले औषधि विक्री मात्र नगरी विरामी चेकजाँच, एक्स रे, भिडियो एक्स रे, ईसिजि, ल्याव लगायतका स्वास्थ्य सेवा समेत गर्दै आएका छन् भने स्वास्थ्य सेवाका लागि दक्ष कर्मचारी नराखेर आफै कामचलाउ ढंगले काम गर्दै आएको गुनासो सर्वसाधाणको छ ।

     स्वास्थ्य संस्था स्थापना, संचालन तथा स्तरोन्नति मापदण्ड सम्वन्धि निर्देशिका २०७० मा प्रष्ट ढंगले विरामी चेकजाँच, एक्स रे, भिडियो एक्स रे, ईसिजि, ल्याव जस्ता पाँच प्रकारका स्वास्थ्य सेवा प्रदान गर्न पोलिक्लिनिकको नाममा सम्वन्धित निकायमा दर्ता गरिएको हुनुपर्छ । यसरी कानूनमै प्रष्ट उल्लेख हुँदाहुँदै पनि यहाँका अधिकांश औषधि पसलेहरुले सर्वसाधारणको स्वास्थ्य माथि गंम्भीर खेलवाड गर्दै अन्य स्वास्थ्य सेवा समेत संचालन गरेका छन् । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा.फणिन्द्र प्रसाद बराल भन्छन्–‘कतिपय लाखौ रकम कमाउने औषधि पसलेहरुले समेत केही हजार रुपैया स्वास्थ्य सेवा कर तिर्नुपर्छ भनी कानून विपरितको स्वास्थ्य सेवा दिदै आएका छन् ।’ अव छिटै नै त्यस्तो कानून विपरित कार्य गर्ने मेडिकलहरुलाई अनुगमन गरी कारवाही गर्ने डा. बरालले बताए । स्वास्थ्य सेवाको नाममा मेडिकल पसलेले गै¥हकानूनी ढंंगले कार्य गर्दै आएको कुरा डा. बरालले समेत गुनासो व्यापक रहेको स्वीकार गरेका छन् । स्वास्थ्य सेवा  जिल्ला स्वास्थ्य कार्यालयका प्रशासनिक अधिकृत पोषनाथ शर्माका अनुसार कतिपय मेडिकल पसलले जिल्ला स्वास्थ्य कार्यालयमा दर्ता समेत गरेका छैनन् ।

       जिल्लाको सदरमुकाममा संचालित कतिपय मेडिकल पसलहरुले गै¥हकानूनी ढंगले अस्पताल नै हो जस्तो गरी बेड राखेर विरामी चेकजाँच गर्ने गरेका छन् । सदरमुकाममा संचालित औषधि पसल पर्वत मेडिकल हलले विरामी चेकजाँचका लागि बेडको नै व्यवस्था गरेको छ भने यहाँ ईसिजी, ल्याव, एक्स रे लगायतका स्वास्थ्य सेवा उपलव्ध छ भनी खुलेआम प्रचार समेत गरिदै आएको पाइन्छ । पर्वत मेडिकल हलले गै¥हकानूनी ढंगले औषधि पसलको नामबाट अस्पतालको सेवा दिई राजस्व छल्ने र रातारात करोडौ कमाउने धन्दा गर्न थालेको बर्षौ वितिसकेको एक वर्ष पहिले बजार अनुगमन गर्दा भेटिएको थियो तर अहिले पनि उक्त मेडिकल पसलले खुलेआम गै¥हकानूनी कार्य गर्न रोकेको छैन । जिल्लामा औषधि पसलको नाममा खुलेआम कानून विपरित स्वास्थ्य सेवा प्रदान गर्ने र रातारात करोडौ कमाउने मेडिकलहरु थुप्र्रै रहेको खुल्न आएको छ तर सम्वन्धित निकायले कानूनी कारवाहीमा ती मेडिकल पसललाई ल्याई कारवाही गर्न सकेको अवस्था छैन ।   

कतिपय मेडिकल हल संचालकहरुले गै¥हकानूनी तवरले स्वास्थ्य सेवा प्रदान गर्ने मात्र नभई सामान्य स्वास्थ्य नियम समेत पुरा नगरेको पाइन्छ । औषधिको भण्डारण स्टोर उपयुक्त नभएको, लागूऔषधी विक्रीको रेकर्ड राख्ने लगायतका गंम्भीर विषयमा पनि ध्यान नदिएको देखिन्छ ।

 सदरमुकाम कुश्मामै संचालनमा रहेको एक मेडिकल हलको संचालकले आफ्नो मेडिकल हलमा काम गर्ने दुई दुई वटी सिएमए पढेका युवतीसँग प्रेम लिलाको नाटक गरी गर्भवती बनाएर विचल्ली बनाएको घटना समेत अझै सेलाई सकेको छैन । ती युवतीहरुसँगको घटनालाई सामान्य बनाउन लाखौं रकम खर्चिदा पनि मेडिकल संचालकका आफन्तलाई हम्मेहम्मे परेको विषय बडो चर्चामा आएको थियो । पीडित बनेका युवतीहरु पर्वतकै पातीचौर क्षेत्रका थिए । मेडिकलवालाले विरामीको स्वास्थ्य माथि खेलवाड मात्र नगरी सामान्य नैतिकताको पालना समेत नगरेको केही घटनाहरुले देखाउँछ । यसबारे सरोकारवाला स्थानीय प्रासनिक निकाय बेखवर रहदै आएको छ ।

पर्वतमा मात्र औषधि पसलहरु १२ वटा छन् भने आयुर्वेदिक पसल, डेण्टल क्लिनिक समेत गरी ३२ वटा स्वास्थ्य सम्वन्धि नीजि पसलहरु रहेको जिल्ला स्वास्थ्य कार्यालयले उल्लेख गरेको छ । यो तथ्यांक गत वर्षको हो भने अहिलेको तथ्याङक जिल्ला स्वास्थ्य कार्यालय पर्वतमा समेत छैन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो