भदौ १२, परासी । मदरसा शिक्षक संघ नवलपरासीले जिल्लामा उर्दु, आरबी उच्च शिक्षाको माग गरेको छ । जिल्लाको विभिन्न धार्मिक विद्यालयहरुमा माध्यमिक तहदेखि उच्च शिक्षा सम्मको उचित व्यवस्था भएपनि भने उर्दु शिक्षाको माध्यमिक तहसम्म पनि व्यवस्था नरहेको संघले गुनासो"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १२, परासी । मदरसा शिक्षक संघ नवलपरासीले जिल्लामा उर्दु, आरबी उच्च शिक्षाको माग गरेको छ । जिल्लाको विभिन्न धार्मिक विद्यालयहरुमा माध्यमिक तहदेखि उच्च शिक्षा सम्मको उचित व्यवस्था भएपनि भने उर्दु शिक्षाको माध्यमिक तहसम्म पनि व्यवस्था नरहेको संघले गुनासो"/>
2026-09-19 08:10 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा उर्दु उच्च शिक्षाको माग

भदौ १२, परासी । मदरसा शिक्षक संघ नवलपरासीले जिल्लामा उर्दु, आरबी उच्च शिक्षाको माग गरेको छ । जिल्लाको विभिन्न धार्मिक विद्यालयहरुमा माध्यमिक तहदेखि उच्च शिक्षा सम्मको उचित व्यवस्था भएपनि भने उर्दु शिक्षाको माध्यमिक तहसम्म पनि व्यवस्था नरहेको संघले गुनासो गर्दै नेपाल सरकारसंग उच्च शिक्षा व्यवस्था मिलाउन माग गरेको हो ।

जिल्लामा प्राथमिक तहसम्मको उर्दु शिक्षा हासिल गरिसकेपछि उच्च शिक्षाका लागि केहि विद्यार्थीहरु भारततिर लाग्न गर्दछन् भने अधिकांश विद्यार्थीहरु उर्दु उच्च शिक्षाबाट बन्जित हुदै आएका छन् । धार्मिक शिक्षाका लागि सम्पन्नशाली विद्यार्थीहरु छिमेकी राष्ट्र भारत गई कठिनाईका साथ शिक्षा हासिल गर्नुपर्ने अवस्था छ भने अधिकांश गरिब विद्यार्थीहरु शिक्षाबाट बन्जित हुदै भारत र विदेश पलायन हुनु पर्ने अवस्था छ । सदरमुकाम परासीमा आयोजित हजयात्रीलाई बधाई ज्ञापन कार्यक्रममा जिल्लाका धर्मावलम्बीहरुले, विद्यार्थीहरुलाई शिक्षाबाट बन्चित हुन रोक्न नेपाल सरकारसंग नेपालमा पनि उर्दु र आरबीको उच्च शिक्षाको व्यवस्था मिलाउन यसै मन्चबाट आग्रह गरेका छन् ।

त्यसैबिच जिल्ला प्रशासन कार्यालयको लापरर्वाहीले यसवर्ष अधिकांश हजयात्रीहरु हजबाट बन्जित भएपछि जिल्लामा प्रशासनको चर्काे विरोध भएको छ । केन्द्रिय हज कमेटीले तोकेको समयभित्र २० जना हजयात्रीले जिल्ला प्रशासनमा आवेदन, पैसा र सम्पुर्ण कागजात बुझाईसक्दापनि प्रशासनले लापर्वाहि गर्दै काजगातहरु २५ दिन ढिलो सम्बन्धित निकाय पठाउँदा हजायात्री हजबाट बन्जित भएको मदरसा शिक्षक संघले आरोप लगाएका हुन् ।

विभिन्न राजनितिक दल, संघसंस्था र संचार माध्यमको चौतर्फि दबाबले हज कमेटीले जिल्लामा ५ वटा हजकोटा मिलाएको छ । कार्यक्रममा ति हजयात्रीहरुलाई बधाई ज्ञापन गर्दै अबदेखि प्रशासनले यसरी हजयात्रीहरु संग खेलवाड नगर्ने संघले चेतावनीे  दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई