१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

पार्टीको हितविपरीत काम गरेको भन्दै गाउँपालिका उपाध्यक्ष पार्टीबाट निष्काशित

२५ फाल्गुन २०७८, बुधबार ०५:१६

फागुन २५, बैतडी । नेकपा (एमााले) ले जिल्लाको शिवनाथ गाउँपालिकाकी उपाध्यक्ष कुश्मा चन्दलाई कारबाही गरेको छ । एमालेले चन्दलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको हो । विसं २०७४ को स्थानीय तह निर्वाचनमा एमालेबाट उपाध्यक्षमा निर्वाचित चन्दले पार्टीको हितविपरीत काम गरेको भन्दै साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको हो ।

मङ्गलबार जारी गरिएको प्रेस विज्ञप्तिमा राष्ट्रियसभाको निर्वाचनमा अन्तर्घात गरेको भन्दै कारबाही गरेको उल्लेख गरिएको छ । माघ १२ गते भएको राष्ट्रियसभा निर्वाचनमा स्थानीय तहका पाँच प्रमुख–उपप्रमुखले अन्तर्घात गरेको निष्कर्ष निकाल्दै एमालेको सुदूरपश्चिम प्रदेश कमिटीले जिल्लालाई छानबिन गरी कारबाही गर्न निर्देशन दिएको थियो ।

“पार्टीको निर्देशनबमोजिम पदीय आचरण र भूमिका निर्वाह नगर्ने र बेवास्ता गर्दै हिँड्ने, सामाजिक सञ्जालमा पार्टीको नीति, नेतृत्वविरुद्ध जाने र विरोधी पार्टीसँग साँठगाँठ गरी पदीय आचरणको दुरुपयोग गरेको भेटिएको छ”, जिल्ला अध्यक्ष सुरेन्द्र पाल र सचिव चक्र कार्कीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, “हाल पनि विरोधी पार्टीसँग हिमचिम गरेकाले पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको छ ।”

यस्तै  पार्टीलाई बुझाउनुपर्ने लेबीसमेत नबुझाएको, पार्टीको हितविपरीत काम गरेको र स्पष्टीकरण सोध्दासमेत नदिएकाले चन्दमाथि कारबाही गरिएको जनाइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार