२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

‘अर्थतन्त्रको बिग्रिँदो अवस्थामा सुधार ल्याउनुपर्छ’

२५ फाल्गुन २०७८, बुधबार ०८:०३

फागुन २५, विराटनगर । मोरङ व्यापार सङ्घले अर्थतन्त्रको विद्यमान अवस्था, कारण र समाधानका विषयमा सरोकारवालाबीच आज यहाँ छलफल गरेको छ ।

अर्थतन्त्रमा परिरहेको आर्थिक चाप, शोधनान्तर घाटा, तरलता अभावलगायतले मुलुकको आर्थिक अवस्था सङ्कटग्रस्त भइरहेको उल्लेख गर्दै उद्योगी व्यवसायीहरुले अर्थतन्त्रको बिग्रिँदो अवस्थामा सुधार ल्याउनका लागि सरकारले प्रभावकारी कदम चाल्नुपर्ने आवश्यकता औँल्याउनुभयो । 

छलफलमा अर्थशास्त्री डा भेषप्रसाद धमलाले निरन्तर घटिरहेको विदेशी विनिमय सञ्चिति, बढ्दो शोधनान्तर घाटा, घट्दो रेमिट्यान्स, तरलता अभाव र व्यापार घाटालगायत विषयमा तत्काल सुधार ल्यानुपर्नेमा जोड दिनुभयो । 

“अहिलेको अवस्थामा अर्थतन्त्रलाई चलायमान बनाउन सरकारले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्दछ”, उहाँले भन्नुभयो, “नेपालको आधाभन्दा बढी जनसङ्ख्या कृषिमा आधारित रहेकाले कृषिजन्य उत्पादन र उत्पादकत्वलाई पहिलो प्राथमिकतामा राख्न तथा मुलुकको अर्थतन्त्रलाई आयातमुखीभन्दा पनि निर्यातमुखी बनाउन सक्नुपर्दछ ।”

अर्थशास्त्री डा धमलाले सरकार र नेपाल राष्ट्र बैङ्कको अदूरदर्शी र अस्पष्ट नीतिकै कारण मुलुकमा तरलता अभाव देखिएको उल्लेख गर्दै देशको जनशक्ति विदेश पलायन हुनमा सरकारको अस्पष्ट नीति रहेको बताउनुभयो । दक्ष जनशक्ति अभावका कारण मुलुकको उत्पादनमा असर पुगेको उल्लेख गर्दै उहाँले बैंकको ब्याजदर अत्यधिक वृद्धि हुँदा उत्पादनमासमेत असर पुगेको हुँदा अर्थतन्त्रलाई चलायमान बनाउन करको दायरामा कटौती गर्नुपर्ने, नयाँ नयाँ शीर्षकमा कर सङ्कलन गर्ने कार्यलाई निरुत्साहित गर्नुपर्नेमा जोड दिनुभयो । 

प्रा डा पिके झाले नेपालका आर्थिक नीति प्रभावकारी हुन नसकेको बताउँदै विनियोजित बजेटको अधिकांश हिस्सा अनुत्पादन क्षेत्रमा खर्च हुने गरेको छ भन्नुभयो । उत्पादनमुखी क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड दिदैं उहाँले दिगो विकासको मेरुदण्ड नै उद्यमशीलता रहेकाले यसतर्फ राज्य गम्भीर हुनुपर्ने बताउनुभयो । प्रा डा झाले उद्योग, व्यापार र व्यवसाय क्षेत्र सङ्कटग्रस्त ठाउँमा उभिएको छ भन्नेमा सरकार गम्भीर हुनुपर्नेमा बताउँदै ठूलाभन्दा साना उद्योगलाई प्राथमिकतामा राखेर कार्य अगाडि बढाए मुलुकमा उद्यमशीलताको विकास हुने उल्लेख गर्नुभयो । 

उहाँले स्वदेशी प्रविधिलाई प्राथमिकता दिएर कच्चापदार्थको नाममा विदेशिने पुँजीलाई मुलुकमा नै चलायमान बनाउनुपर्ने बताउँदै नेपाल स्रोतसाधन सम्पन्न मुलुक हुँदाहुँदै नेपालको अर्थतन्त्र दुरावस्थामा पुग्नु खेदको विषय हो भन्नुभयो । उहाँले भन्नुभयो, स्वार्थ अनुकुलको निर्णय लिँदा हालको समस्या उत्पन्न भएको छ ।”

डा सन्देशदास श्रेष्ठले यस्ता छलफलले मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउन सरकारलाई पथप्रदर्शक हुने विश्वास व्यक्त गर्नुभयो । सङ्घका उपाध्यक्ष विकास वेगवानी, महासचिव अनिल सारडा, अमित सारडालगायतले अर्थतन्त्रको विधमान समस्याका विविध पक्षमाथि प्रकाश पार्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे