१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

‘मुलुकको आर्थिक समृद्धिका लागि कांग्रेस आवश्यक ’

२७ फाल्गुन २०७८, शुक्रबार ०७:५५

फागुन २७, बैतडी । नेपाली कांग्रेसका केन्द्रीय सहमहामन्त्री बद्री पाण्डेयले देशको आर्थिक समृद्धिका लागि कांग्रेसकै नेतृत्व आवश्यक पर्ने बताउनुभएको छ । उहाँले भन्नुभयो“विगतका कांग्रेसको नेतृत्वका सरकारले शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास तथा आर्थिक समृद्धि क्षेत्रमा महत्वपूर्ण काम गरी जनताको जीवनस्तर माथि उकास्ने काम गरेको थियो । अगामी दिनमा पनि देश विकास लागि कांग्रेसको नेतृत्व आवश्यक छ । ” 

बैतडीको शिवनाथ गाउँपालिकाको सुल्लेखानमा बिहीबार आयोजित आमसभालाई सम्बोधन गर्दै उहाँले कांग्रेस जननायक बिपी कोइरालाको प्रजातान्त्रिक समाजवादमा अगाडि बढेको छ भन्नुभयो ।  उहाँले भन्नुभयो, “ प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइराला नेपालको प्रजातान्त्रिक समाजवादका व्याख्याता हुन्, सोही बाटोमा कांग्रेस हिँडिरहेको छ । हामी कसैको विरोध गर्दैनाँ ।” 

उहाँले नेपालका कम्युनिष्ट गलत बाटोमा बरालिएका आरोप समेत लगाउनुभयो । सहमहामन्त्री पाण्डेयले उहाँले भन्नुभयो, “राष्ट्रियता नारा लगाएर मात्रै हुँदैन । देशका लागि केही गर्नुपर्छ । नीति, विचार र सिद्धान्त नै नभएकाले राष्ट्रियताको कुनै अर्थ हुँदैन । कम्युनिष्टले  जनताका पक्षमा कहिले पनि काम गर्न सक्दैनन् । देश विकासका लागि कांग्रेस नै चाहिन्छ ।” 

सहमहामन्त्री पाण्डेयले एमसिसीका विषयमा नेपाली कांग्रेस जहिले पनि प्रष्ट रहेको जनाउँदै एमसिसी अनुदान सहयोग भएकाले त्यसलाई संसद्बाट पारित गरेको स्पष्ट पार्नुभयो ।  उहाँले भन्नुभयो, “एमसिसी धनी देशले गरिब देशलाई अनुदान दिने कार्यक्रम हो, यो अनुदानले राष्ट्रको हितमै काम गर्छ ।” 

एमसिसी कम्युनिष्ट पार्टीका नेता प्रधानमन्त्री भएकै बेलामा अगाडि बढेकाले अहिले उनीहरुले विरोध गरेको कुनै अर्थ नहुने उहाँले बताउनुभयो । नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दका अध्यक्षतामा सम्पन्न सो सभामा नेकपा (एमाले)बाट निर्वाचित शिवनाथ गाउँपालिकाकी उपाध्यक्ष कुस्मा चन्द, कार्यपालिका सदस्य राजेन्द्र दयाललगायत नेता तथा कार्यकर्ता कांग्रेसमा प्रवेश गर्नुभएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार