२०८३, १ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

‘मुलुकको आर्थिक समृद्धिका लागि कांग्रेस आवश्यक ’

२०७८, २७ फाल्गुन शुक्रबार ०७:५५

फागुन २७, बैतडी । नेपाली कांग्रेसका केन्द्रीय सहमहामन्त्री बद्री पाण्डेयले देशको आर्थिक समृद्धिका लागि कांग्रेसकै नेतृत्व आवश्यक पर्ने बताउनुभएको छ । उहाँले भन्नुभयो“विगतका कांग्रेसको नेतृत्वका सरकारले शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास तथा आर्थिक समृद्धि क्षेत्रमा महत्वपूर्ण काम गरी जनताको जीवनस्तर माथि उकास्ने काम गरेको थियो । अगामी दिनमा पनि देश विकास लागि कांग्रेसको नेतृत्व आवश्यक छ । ” 

बैतडीको शिवनाथ गाउँपालिकाको सुल्लेखानमा बिहीबार आयोजित आमसभालाई सम्बोधन गर्दै उहाँले कांग्रेस जननायक बिपी कोइरालाको प्रजातान्त्रिक समाजवादमा अगाडि बढेको छ भन्नुभयो ।  उहाँले भन्नुभयो, “ प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइराला नेपालको प्रजातान्त्रिक समाजवादका व्याख्याता हुन्, सोही बाटोमा कांग्रेस हिँडिरहेको छ । हामी कसैको विरोध गर्दैनाँ ।” 

उहाँले नेपालका कम्युनिष्ट गलत बाटोमा बरालिएका आरोप समेत लगाउनुभयो । सहमहामन्त्री पाण्डेयले उहाँले भन्नुभयो, “राष्ट्रियता नारा लगाएर मात्रै हुँदैन । देशका लागि केही गर्नुपर्छ । नीति, विचार र सिद्धान्त नै नभएकाले राष्ट्रियताको कुनै अर्थ हुँदैन । कम्युनिष्टले  जनताका पक्षमा कहिले पनि काम गर्न सक्दैनन् । देश विकासका लागि कांग्रेस नै चाहिन्छ ।” 

सहमहामन्त्री पाण्डेयले एमसिसीका विषयमा नेपाली कांग्रेस जहिले पनि प्रष्ट रहेको जनाउँदै एमसिसी अनुदान सहयोग भएकाले त्यसलाई संसद्बाट पारित गरेको स्पष्ट पार्नुभयो ।  उहाँले भन्नुभयो, “एमसिसी धनी देशले गरिब देशलाई अनुदान दिने कार्यक्रम हो, यो अनुदानले राष्ट्रको हितमै काम गर्छ ।” 

एमसिसी कम्युनिष्ट पार्टीका नेता प्रधानमन्त्री भएकै बेलामा अगाडि बढेकाले अहिले उनीहरुले विरोध गरेको कुनै अर्थ नहुने उहाँले बताउनुभयो । नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दका अध्यक्षतामा सम्पन्न सो सभामा नेकपा (एमाले)बाट निर्वाचित शिवनाथ गाउँपालिकाकी उपाध्यक्ष कुस्मा चन्द, कार्यपालिका सदस्य राजेन्द्र दयाललगायत नेता तथा कार्यकर्ता कांग्रेसमा प्रवेश गर्नुभएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्विया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ मर्स्याङ्दी नदीको ड्याममा नुहाउने क्रममा एक जना पुरूष बेपत्ता स्रोत नखुलेको १४ लाख भारतीय रुपैयाँ सहित एक युवक पक्राउ अनिवार्य श्रम गर्नेलाई निशुल्क स्वास्थ्य सेवा सरकारले सार्वजनिक गर्‍यो १८ बुँदे राष्ट्रिय प्रतिबद्धतापत्रको मस्यौदा मलामी बोकेको ट्याक्टरबाट खसेर एकजनाको मृत्यु पार्टीको कार्यालयबाहिर यो जुन अनाधिकृत हुने गतिविधिहरू यसको एउटा सीमा हुन्छ: गगन थापा म पार्टीको जिम्मेवारीमा छु, म सबै साथीहरूलाई समेटेर लैजाने कोसिस गर्छु: गगन थापा मलाई कुनै डर छैन, यी सम्पूर्ण सम्पत्तिहरू मेरो परिवारको इमानदार मेहनतको कमाइ हुन्: शिक्षामन्त्री पोखरेल काठमाडौँमा आजदेखि रात्रिकालीन बस चल्ने झापामा दुई उद्योगमा आगलागी गृहमन्त्री गुरुङद्वारा नारायणगढ–बुटवल सडक खण्ड अनुगमन सुनचाँदीको मूल्यमा वृद्धि तोकिएकै समयमा संसद् भवन निर्माण सम्पन्न गर्न सभामुखको निर्देशन राजनीतिमा युवाको आगमनले राष्ट्रलाई मद्दत पुग्ने विश्वास लिएको छु: पूर्वराजा ज्ञानेन्द्र विमानस्थलबाट गाँजासहित एक भारतीय नागरिक पक्राउ कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट प्रधानमन्त्री शाहले गरे बागमतीका सांसदसँग छलफल तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो: गृहमन्त्री गुरुङ