मोहम्मद ईजहार शेष | भदौ १२, परासी । हजयात्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

मोहम्मद ईजहार शेष | भदौ १२, परासी । हजयात्"/>

२०८२, ४ फाल्गुन सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

मुस्लिमद्धारा सरकार विरुद्ध प्रदर्शन

२०७३, १२ भाद्र आईतवार १३:२२


मोहम्मद ईजहार शेष | भदौ १२, परासी । हजयात्रीको कोटा कटौती र मदरसामा सरकारद्धारा उपलब्ध गराउदै आएको अनुदान कटौतीको विरोधमा जिल्लाका मुस्लिमहरुले प्रदर्शन गरेका छन् । परासीको बुद्धचोकमा सभा आयोजना गरि नेपाली मुस्लिममाथी सरकारद्धारा गरिएको विभेदबारे आम मुस्लिम समुदायलाई जानकारी गराएर जुलुस सहित जिल्ला प्रशासन कार्यालय पुगेर प्रदर्शन गरेका हुन् ।

नेपाल सरकारले मुस्लिमलाई हज गर्न कोटा निर्धारण गर्ने र मदरसा सञ्चालन गर्दा उपलब्ध गराउदै आएको पिसिएफ अनुदान रकम कटौती गरेर जिल्लाका मुस्लिम माथि अन्याय र विभेद गरेको आरोप प्रदर्शनकारीको थियो । जिल्ला प्रशासन कार्यालयले बेलामा हजका लागि आवेदन फारम नपठाइदिइने हुदा कोटा कटौती भएको र मदरसालाई अनुदान कटौतीबारे कुनै नीतिगत निर्णय नभए पनि जिल्ला शिक्षा कार्यालयले रकम कटौती गरेको हाजी इसहाक मियाले बताए । सरकारले एउटा कुरा बोल्ने र सरकारी कर्मचारीले आर्को कुरा गर्ने हुदा मुस्लिम समुदाय र मदरसामा असर परेको उनको गुनासो थियो । बुद्धचोकबाट निस्केको जुलुस जिल्ला प्रशासन कार्यालयको प्रवेशद्धारमा आएर सरकार विरुद्ध नाराबाजी समेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँको फोहोर व्यवस्थापनमासमेत अन्तर्राष्ट्रिय चलखेल हुन्थ्यो: बालेन शाह आगामी निर्वाचनपछि बलियो सरकार बन्छ, जनताको समस्या समाधान हुन्छ : लामिछाने कांग्रेसले बोलायो अनुशासन समितिको बैठक लागू औषध ब्राउन सुगरसहित चार जना पक्राउ सुनचाँदीको मुल्य घट्यो पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल आउँदो बुधबार र बिहीबार सार्वजनिक बिदा फेब्रुअरी १२ मा देशले पूर्व नियोजित, भ्रामक र कपटी चुनाव देख्यो: शेख हसिना लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा कांग्रेस नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्छ: महामन्त्री घिमिरे