२६ चैत्र २०८१, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काभ्रेपलान्चोक - KVP

ऐतिहासिक सहर पनौतीमा पुरानो शैलीका घर बनाइँदै

२९ फाल्गुन २०७८, आईतवार ०७:४२

फागुन २९, काभ्रेपलाञ्चोक । पनौती नगरपालिकाको संरक्षित क्षेत्रमा पुरानो शैलीका घर बनाइँदैछ । यसका लागि नगरपालिकाले स्थानीयवासीलाई प्रोत्साहनस्वरुप आर्थिक सहयोग पनि गरेको छ । 

आर्थिक सहयोग प्राप्त गर्नका लागि स्थानीयवासीलाई पुरातत्व विभागले दिएको मापदण्डानुसारको पुरानो शैलीका निजी आवास बनाउनुपर्ने हुन्छ । यो योजनाअन्तर्गत वडा नं ७ का ११ परिवारलाई आर्थिक सहयोग प्रदान गरिसकेको नगरपालिकाले जनाएको छ । पुरातत्व विभागले ताकेअनुसारको सार्वजनिक बाटो, गल्ली र चोकतर्फ मोहडा फर्किएको पुरानो शैलीको घर बनाउनेलाई प्रोत्साहनस्वरुप आर्थिक सहयोग दिन थालिएको नगरपालिकाले जनाएको छ ।

“संरक्षित क्षेत्रमा विभागले तोकेअनुसारको घर बनाउनेलाई प्रोत्साहनस्वरुप आर्थिक सहयोग दिन थालेका छौँ”, नगरप्रमुख भीम न्यौपानेले भन्नुभयो । उहाँका अनुसार पुरानो शैलीका घर बनाउँदा महँगो पर्ने भएकाले ऐतिहासिकता जोगाउन नगरले सहयोग थालेको हो । यसका लागि रु ९९ हजारदेखि रु तीन लाख ७८ हजारसम्म प्रोत्सहान रकम प्रदान गरिएको नगरपालिकाले जनाएको छ । प्रमुख न्यौपानले भन्नुभयो, “प्रोत्साहन रकम दिन थालेपछि आवास पुनःनिर्माण गर्ने स्थानीयवासीले पुरानै शैलीमा घर बनाउन थालेका छन् ।”

प्रोत्सहान रकम दिन थालेपछि आवास पुनःनिर्माण गर्नेले पनि पुरानै शैलीमा बनाउने प्रस्ताव गर्न थालेकाको नगरप्रमुख न्यौपानेले बताउनुभयो । उहाँका अनुसार हालसम्म ७१ परिवारले पुरानो शैलीका घर बनाउने भएकाले नगरबाट सहयोगका लागि प्रस्ताव पेश गरेका छन् । काभ्रेपलाञ्चोकको उक्त नगरस्थित ७ नं वडा विश्वसम्पदामा सूचीकृत गर्न संयुक्त राष्ट्रसङ्घीय अङ्ग (युनेस्को)द्वारा २५ वर्षअघि प्रस्ताव गरिएको क्षेत्र हो ।

ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा पुरातात्विक नगर पनौतीलाई मन्त्रिपरिषद्को निर्णयलगत्तै विश्वसम्पदामा सूचीकृत गरिने जनाइएको छ । “सूचीकृत गर्न अन्तिम प्रक्रिया थालिएको छ”, नगरप्रमुख न्यौपानेले भन्नुभयो, “मन्त्रिपरिषद् बैठकको निर्णय गरेलगत्तै पनौतीलाई युनेस्कोले सूचीकृत गर्ने तयारीमा छ ।”  

पनौती नगरलाई विश्वसम्पदामा सूचीकृत गर्ने कार्य गत साल नै अघि बढाइएको थियो । यसपछि युनेस्कोको नेपाल प्रमुख क्रिष्टियन मनहर्टले पनौतीका ऐतिहासिक, धार्मिक तथा पुरातात्विकलगायत सम्पदाको अवलोकन गरेका थिए । अवलोकनका क्रममा मनहर्टले विशेष रुचिपूर्वक मठमन्दिर तथा पुराना नेपाली मौलिकता बोकेका घरलाई विश्वसम्पदामा सूचीकृत गर्न युनेस्को तयार भएको स्थानीय जनप्रतिनिधिलाई जानकारी गराएपछि नगरपालिकाले सो प्रक्रियाका लागि चालू आर्थिक वर्षमा रु एक करोड बजेटसमेत विनियोजन गरेको छ । 

पनौतीलाई सरकारले प्राचीन स्मारक संरक्षण ऐन २०३१ अनुसार २०५८ सालमा ‘स्मारक क्षेत्र’ घोषणा गरिसकेको छ । काभ्रेपलाञ्चोकको पनौती विश्वसम्पदामा सूचीकृत भएपछि ‘पनौती युनेस्को विश्वसम्पदा क्षेत्र’ भनिनेछ । युनेस्कोले कुनै पनि राष्ट्रको विशेष सांस्कृतिक महत्व राख्ने (जस्तैः वन, पहाड, ताल, द्वीप, मरुभूमि, स्मारक, भवन, वा सहर) धरोहरलाई आफ्नो सूचीमा सूचीबद्ध गर्ने गर्दछ । जुन विश्वसम्पदा समितिद्वारा चयन गर्ने गरिन्छ । सोही समितिले नै यस सम्पदा क्षेत्रको रेखदेख युनेस्कोको तत्वावधानमा हुनेछ । 

पुरातत्व विभागका अनुसार नेपालको चार क्षेत्रलाई विश्वसम्पदा सूचीमा सूचीकृत गरिएको छ । ती हुन्ः काठमाडौँ उपत्यका (उपत्यकाका सात क्षेत्रः काठमाडौँ दरबार क्षेत्र, पाटन दरबार क्षेत्र, भक्तपुर दरबार क्षेत्र, पशुपतिनाथको मन्दिर, स्वयम्भूनाथ, बौद्धनाथ र चाँगुनारायण मन्दिर), चितवन राष्ट्रिय निकुञ्ज, लुम्बिनी र सगरमाथा राष्ट्रिय निकुञ्ज रहेका छन् । नेपालले हालसम्म पनौतीसहित १५ वटा ऐतिहासिक एवं पर्यटकीयस्थललाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्न युनेस्कोसमक्ष प्रस्ताव गरेको छ । तीमध्ये पनौती विश्वसम्पदामा सूचीकृत पहिलो हुने देखिएको छ । 

भारतको प्रयागमा गङ्गा र यमुना नदीको सङ्गममा गुप्तरुपले सरस्वती मिसन नदी बहे झैँ पनौतीस्थित रोशीलाई रुद्रावती नदी, पुयणमाता नदीलाई लीलावती र गुप्तरुपले बहेकी ब्रह्मायणी मन्दिरको मुनिबाट दूध बग्ने नदी पद्मावती मानिँदै आइएको छ । पनौती सङ्घीय राजधानी काठमाडौँबाट पूर्वतर्फ २५ किलोमिटरको व्यापारिक नगर बनेपाबाट ६ किलोमिटर दक्षिणमा पर्दछ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भ्रष्टाचारलाई जरैदेखि सफा गर्नुपर्छ : महामन्त्री थापा राजतन्त्र फर्कन्छ भन्ने कुरा दिउँसै देखेको सपना मात्रै हो : प्रधानमन्त्री ओली सरकारले आन्दोलनरत शिक्षकलाई वार्तामा बोलायो केपी शर्मा ओलीले एमालेलाई कसैले हल्लाउन नसक्ने बताए राप्रपाका नेता कार्यकर्ताहरुले बल्खुमा सभा सकिएपछि आफैँ सडक सफा गरे नेपाल शिक्षक महासंघ आन्दोलनको समीक्षा गर्न बैठकमा जुटे नेपाललाई ग्रे लिष्टबाट बाहिर ल्याउन कार्य योजनालाई अन्तिम रूप दिने मंगलबारदेखि बिहीबारसम्म देशका विभिन्न स्थानमा वर्षाकाको सम्भावना राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले देश यही अवस्थामा जान सक्ने अवस्था नरहेको बताए हत्यापश्चात साधुको भेषमा लुकिछिपी बसेका अपराधी १७ वर्षपछि पक्राउ सामाजिक सुरक्षा कोषले सञ्चालन गरेको औषधि उपचार र दुर्घटनासम्बन्धी सेवा लिन परिवारकै राष्ट्रिय परिचयपत्र अनिवार्य विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले नेपालमा मातृ मृत्युदर घटेको जनाए दीपकबहादुर सिंहले देश बचाउनका लागि राजा फर्काउनुबाहेक अरु विकल्प नरहेको बताए भाटभटेनीमा चोरी गर्ने र तीनकुनेमा आगो लगाउने पूर्वमाओवादी रहेको आरोप : ज्ञानबहादुर शाही राष्ट्रिय प्रजातन्त्र पार्टीले बल्खुमा आफ्नो सभास्थल नजिक रहेका घरधनीहरूलाई चनाखो रहन आग्रह गरे संयुक्त राष्ट्रसंघको आयोगमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीको सम्बोधन शिक्षकहरूले मोबाइलको टर्च बालेर सरकारको विरोध गरे तीनकुने हिंसामा मारिएका सुरेश र सविनको परिवारलाई भाटभटेनीका अध्यक्ष मिनबहादुर गुरुङले नगद सहयोग गरे माधव कुमार नेपालले उपराष्ट्रपति बनिसकेका पासाङ माओवादी केन्द्रको उपाध्यक्ष बनेपछि विरोध गरे  राजतन्त्रको औचित्य छैन : माधवकुमार नेपाल