Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

फोनिजको महाधिवेशन चितवनको सौराहामा

By साझासवाल 2 मिनेट पढाइ

<p>चैत ४, चितवन । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज)को सातौ राष्ट्रिय महाधिवेशन पर्यटकीय नगरी सौराहामा हुने भएको छ । महाधिवेशन यही चैत ६ र ७ गते हुने तय भएको छ ।&nbsp;<br></p><p><span style="font-size: 13px;">फोनिजका महासचिव मनोज घर्ती मगरका अनुसार महाधिवेशनमा देशभरका ६० जिल्लाबाट ४८८ पत्रकार सहभागी हुनेछन् । यस्तै बेलायत, अमेरिका, जापान, दक्षिण कोरिया, मलेसियालगायत देशमा रहेका आठ विदेश शाखा, आठ संस्थागत सदस्य संस्था तथा सात प्रदेश समितिका पदाधिकारी सहभागी हुने उहाँले जानकारी दिनुभयो । सौराहाको थारु सांस्कृतिक घरमा हुने महाधिवेशनले तीनवर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नेछ ।&nbsp;</span></p>